बन्दको मौका छोपी मनपरी रिक्सा ! ३ किलोमिटर ३ सय भाडा !!!!

कृष्ण खनाल
बुटवल, ६ साउन ।  


बुटवलमा सामान्य तया ३ किलोटिर यात्रा गरेको प्रति यात्रु रिक्सा चालकले ३० रुपैयाँ र दुई जना यात्रु भएको खण्डमा ६० रुपैयाँ लिन्छन् । बुटवलको गोलपार्क देखि राजमार्ग चौराहा सम्मको भाडा सामान्य तहा २ जना यात्रु चढेको ६० रुपैयाँ हो । तर आईतबार जनजाती महासंघ नेपालले गरेको बन्दको मौका छोपी एक रिक्सा चालकले मनपरी भाडा असुलेका छन् । उनले बुटवलको गोलपार्क देखि राजमार्ग चौराहा सम्मको ३सय रुपैयाँ भाडा लिएका हुन । जुन सामान्य अवस्थमा भन्दा ५ गुणा बढि हो ।
रिक्सा व्यवसायी समितिले निर्धारणा गरेको भाडा भन्दा झण्डै ५ गुणा बढि ति रिक्सा चालकले यात्रुबाट भाडा लिएका छन् । ‘बन्दको बेला यस्तै हो भन्दै ति रिक्सा चालकले ३ सय रुपैया लिएको  यात्रु गुल्मी मुर्भिङ्ग गाविसका रुद्र लम्सालले बताए । उनले पहिला १ सय रुपैयाँमा लैजानु भनेर हिडालेको विचबाटोमा आएपछि ३ सय दि लैजाने नत्र नलैजाने भन्दै झाराल्न खोजेको र राजमार्ग चौराहामा पुगेपछि ३ सय रुपैयाँ भाडा लिएको उनले गुनासो गरे । पिडीत यात्रु लम्सालले भने–‘पलिहा थोरै लिउला भनेको थिए तर पछि बेइज्यत गरेर ३ सय लिए ।’ उनले बन्दको बेला आफुहरुले यसरी नै मङ्गगो लिने गरेको भन्दै उनी संग ३ सय रुपैयाँ लिएका थिए ।
यो एउटा प्रतिनिधी घटना मात्र हो । यसरी बन्दको बेला अन्य सवारी साधन नचल्दा सास्ती खेपेका यात्रुलाई रिक्सा चालकले पटक पटक ठग्दै आएका छन् । अत्यावश्यक कामले  अस्पताल तथा अन्य स्थानमा जाँदा पटक पटक तोकिएको मूल्य भन्दा बढि लिने गरेका पाईन्छ । यता रिक्सा व्यवसायी समिति रुपन्देहीका सचिव गोपाल रिजालले नियम भन्दा बढि यात्रुभाडा नपाउने भन्दै कुनै रिक्सा चालकले महङ्गो भाडा लिएको पाईएमा आफुहरुले कारवाही गर्ने बताए । उनले समितिले निर्धाणरण गरेको भन्दै बढि भाडा लिने चालक र रिक्सा धनीलाई समेत कर्यालयमा बोलाएर स्पष्टीकरण सोध्ने र बढि लिएको पैसा फिर्ता  गराउने र केही दिन रिक्सा सञ्चालन गर्न रोक लगाउने सम्मको काम गर्ने  जानकारी दिए । उनले भने–‘हामी कार्यालयमा बोलाएर यात्रुको भाडा फिर्ता गर्नेदेखि लिएर केही दिनको लागि रिक्सा चलाउन नपाउने गरी लिनम्बन समेत गर्द छ, तर त्यसको लागि रिक्सा नम्बर र  कम्पनीको नाम ल्याउनु प¥यो ।’
तस्वीरः
बाध्याताः बन्दको बेला बुटवलको मिलनचोकमा रिक्सामा यात्रा गर्दै एक यात्रु । तस्वीरः कृष्ण खनाल÷बुटवल टुडे ।

Popular posts from this blog

यस बर्ष सय प्रकारका ब्रान्डीङ्ग उत्पादन बजारमा ल्याउदै छौं

कालिका उच्च माविको ५४ औं बार्षिक उत्सव, नेपालमै नमुना विद्यालय बन्न सुझाव

विषादी परीक्षण केन्द्र सञ्चालनमा ढिलाइ