डिभिजन सडक कार्यालयबुटवलद्वारा: अधिकांस अधुरा पुर्वाधारमा रकम खर्च


कृष्ण खनाल

बुटवल, ६ भदौ । 
सडक डिभिजन कार्यालय बुटवलले गत आर्थिक बर्षमा निर्माण गरेका अधिकांसभौतिक पुर्वाधारहरु अधुरा रहेको पाईएको छ । डिभिजन सडक कार्यालय बुटवलले उपमहानरपालिका भित्र निर्माण सम्पन्न गरिएको भनिएका विभिन्न सडक, कल्र्भट तथा पुल अधिकांस अधुरा रहेका छन् । कुनै पुलको जग मात्र परिएको छ भने सडकको पनी कालेपत्रे गरेर अन्य कतीपय ढल निर्माण र निकासको काम त्यतिकै छोडीएको पाइएको हो । 
उक्त, कार्यालयले गतआर्थिक बर्षमा  बुटवल उपमहानगरपालिकाभित्र १२ वटा सडक र ५ वटा पुल तथा कल्भर्ल निर्माण कार्य सुरु गरेको थियो । सडक निर्माणको लागि उक्त कार्यालयले कुल ३३ करोड २० लाख रुपैयाँ रकम विनियोजन गरिएकोमा कुल ३० करोड ४१ लख ५ हजार रुपैया खर्च गरेको  डिभिजन सडक कार्यालय, बुटवलका ईन्जीनियर  कृष्ण प्रसाद पन्थी बताउछन् । 
 नयाँगाउँ देखि बेलबरिया जोड्ने सकडमा निर्माण हुदै गरेको ‘दानो पुल’जुन पुलको केही पिलरमात्र निर्माण गरी अलपत्र छोडीएको छ । 

उक्तकार्यालयले सोही आर्थिक बर्षमा  विभिन्न ५ स्थानमा पुल तथा कल्र्भट निर्माण गरेको जनाएको छ । तर ति अधिकांस पुल तथा कल्र्भल अधुरो अवस्थामा रहेको स्थानियको भनाई रहेको छ ।  डिभिजनका ईन्जीनियर पन्थीका अनुसार कार्यालयले ५ वटा  पुल तथा कल्र्भको लागि कुल ३४ करोड ५९ लाख ९ हजार रुपैया विनियोजन गरेकोमा कुल २२ करोड ५४ हजार रुपैयाँ मात्र खर्च गरिएको छ । डिभिजन सडक कार्यालय बुटवलले गत आर्थिक बर्षमा ब्रम्हकुमारी जाने सडक  ७० मि. कालोपत्रे, ३ सय मि. ग्राभेल सम्पन्न गर्नको लागि कुल ६ लाख ५० हजार खर्च गरेको छ । जसको लागि कुल १० लाख रुपैया बजेट विनियोजन गरिएको थियो । 


त्यस्तै स्वामीनागराण पथको पनि १ सय ६० मिटर सडक कालेपत्रे र १ उटा ह्युमपपाईप कल्र्भट  बनाउँदा कुल ७ लाख ८० हजार रुपैयाँ खर्च गरेको छ । बुटवल उमनपा १४ र १५ चक्रपथ निर्माणको लागि भन्दै कुल १० लाख बजेट विनियोजन  भएकोमा ५ लाख ५ हजार रुपैयाँ मात्र खर्च गरेको छ । जसबाट १ सय ५० मिटर मात्र सडक निर्माण पुरा गरेको सडक डिभिजन कार्यालय बुटवलले जनाएको छ । बुटवल –११ मोतिमार्गको पनि जम्म १ सय १८ मिटर सडक  कालेपत्रे गर्दै ९ लाख ५० हजार रकम सकिएको छ ।  सडक डिभिजन कार्यालले सिद्धार्थराजमार्ग अन्र्तगत बुटवल राजमार्ग चौराह देखि गोलपार्क सम्म र महेन्द्र राजमार्गको बुटवल अस्पताल लाईन देखि तिनाउ पुल सम्म सडक विस्तारको लागि कुल १४ करोड ४६ लाख ५० हजार रकम विनियोजन भएकोमा कुल १४ करोड ४५ लाख रुपैयाँ खर्च गरेको छ । उक्त सडकमा अझै कयौं भौतिक संरचना निर्माण गर्न बाँकी छ । तर सडक डिभिजना कार्यालयले ४ सय मिटर सडक कालेपत्रे गरेको, फुटपाथ  र खानेपानीको पाईप समेत  स्तानान्तरण  गर्ने काम गरेको जनाएको छ । 

त्यस्तै सडक निर्माण तर्फ सुवर्णपथ टोलको ८० मिटर  सडक कालेपत्रे र ७० मिटर ग्राभेलको काम गरेको उल्लेख गरेको छ । जसका कुल १० लाख बजेट विनियोजन भएकोमा ८ लाख ५० हजारमा काम सकेको उल्लेख गरेको छ । बुटवल उपमहानर पालिकाको बार्षिक बजेट समिक्षा बैठकमा बुटवल उपमहानर पालिकालाई  सडक डिभिजन कर्यालले बुझाएको प्रगती प्रतिवेदनमा कुन स्थानको सुवर्णपथ हो उक्त कुरा उल्लेख गरिएको छैन । 
बुटवलको योगीकुटी देखि पुरानो बस पार्क सडकम कुल ५ लख ३० हजारु रकम खर्च गरी सडक  मर्मत काम गरेको, मंगला पथमा कुल ५ लाख ५० हजार खर्च गरी कुल १ सय ४० मिटर सडक कालेपत्रे गरेको, गंगा पथमा पनि कुल ६ लाख ५० हजार खर्च गरी ३ सय मिटर सडक कालेपत्रे गरेको र दक्षिणकाली मार्ग मा कुल १० लाख ३५ हजार रुपैयाँ खर्च गरी २ सय ३५ मिटर सडक कालेपत्रे गरेको आफ्नो बार्षिक प्रगती प्रतिवेदनमा उल्लेख गरेको छ । 

त्यस्तै यस क्षेत्रमा  सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकको विकल्पको रुपमा समेत विस्तार गर्ने उदेश्यका  साथ निर्माण गर्ने भनिएको बुटवल–नुवाकोट शान्तीमार्ग सडक मा कुल ९ लाख रुपैया खर्च गरी १ सय ३० घनमिटर टेवा प्रर्खाल लागाईको , २  वटा कल्भर्ट र पहिरो सफाईको काम गरिएको जनाएको छ । उक्त सडकको लागि १७ लाख रुपैया बजेट विनियोजन भएको थियो । 

बुटवल पुरानो बजार र नयां बजार जोड्ने तिनाउ नदि पूल निर्माणको लगि कुल ८३ लाख ५६ हजार रकम विनियोजन भएकोमा जम्मा ६८ लाख ४० हजार रुपैया खर्च गरी  ३ वटा फाउण्डेसन त्यहि पनि निर्माणाधिन अवस्थामा छोडेको छ । बुटवल देविनगर हात्तिसुर्ण पुल निर्माणको लागि पनि सडक डिभिजन कार्यालयले जिम्मा पाएको थियो । जसमा कुल ९२ लाख रुपैयामा अहिले ठेक्का सम्झौता समेत भएको र मोविलाईजेसनको भुक्तानी समेत दिएको जनाएको छ । 
नयाँगाउ–बेलवरिया जोड्ने दानो पुल निर्माणको लागि कुल ७५ लाख रुपैया विनियोजन गरिएकोमा जम्मा ४९ लाख खर्च गरी ५ वटा फाउण्डेसन(पिलर) मात्र निर्माणाधिन अवस्थामा राखेको छ  । पहेलीभीत्ता कल्र्भट निर्माणको लागि ९५ लाख ४३ हजार विनियोजना भएकोमा ११ लाख ४ हजार रकम  मोविलाईजेसनको लागि भुक्तानी दिएको उल्लेख गरिएको छ । 
त्यस्तै गत आर्थिक बर्षमा नै विशालपथ–जवई सडकमा कल्र्भट निमार्णको लागि ठेक्का सम्झौता भई मोविलाईजेसन भुक्तानी दिएको उल्लेख गरिएको छ । तर के कती लागतमा निर्माण हुने र कती रकम भुक्तानी दिईयो भन्ने विषयमा बुटवल उपमहानगर पालिकालाई बुझाइएको प्रगती प्रतिवेदनमा उल्लेख गरिएको छैन । 

तस्वीरः नयाँगाउँ देखि बेलबरिया जोड्ने सकडमा निर्माण हुदै गरेको ‘दानो पुल’जुन पुलको केही पिलरमात्र निर्माण गरी अलपत्र छोडीएको छ । 




Popular posts from this blog

यस बर्ष सय प्रकारका ब्रान्डीङ्ग उत्पादन बजारमा ल्याउदै छौं

कालिका उच्च माविको ५४ औं बार्षिक उत्सव, नेपालमै नमुना विद्यालय बन्न सुझाव

विषादी परीक्षण केन्द्र सञ्चालनमा ढिलाइ