दृष्टिविहिनताले रोकेन उच्च शिक्षालाई

पूर्ण दृष्टिविहिन विद्यार्थीद्वारा सैनामैना नगर टप
कृष्ण खनाल
बुटवल, २  भदौ । 
कक्षा १० को ल्याकत परिक्षा (सेन्टअप) दिदाँ उनी सामान्य आम मानिस जस्तै थिए । आँखामा हल्का समस्या आएपनि उनले आफै सेन्टअप परिक्षा दिएका थिए । बेलाबेलामा चिकित्सक कहाँ चेक गराउँदै आएका उनलाई चिकित्सकले भनेका थिए –‘उमेर बढ्दै जाँदा की त आखाँको ज्वोती कमजोर हुदै जान्छ की त राम्रो हुदै जाँछ ।’ नभन्दै उनलाई त्यस्तै भयो । अर्थात उनीले आखाँको ज्वोती गुमाउँदै गए । जसको कारण प्रवेशिका परिक्षा (एसएलसी) सहयोगी राखेर दिनु प¥यो । कक्षा ११ र १२ मा पढ्दा पुरै बे्रेलको भरपर्नु प¥यो  । 
तिनै दृष्टिविहिन विद्यार्थी शंकर बन्जाडे अहिले सैनामैना नगरपालिकामा उच्च अंकसाथ स्नाकोत्तर तह प्रथम बर्षको परिक्षामा  उत्र्तीण भएका छन्  । ब्रेल लिपीको साहरामाअध्ययन गरेको विद्यार्थी बन्जाडेले सहिद नारायण पोखरेल रामापुर क्याम्पस मात्र टप गरेका छैन्न  सैनामैना नगरपालिकामा नै उत्कृष्ठ विद्यार्थीको गरिमा कायम गरेका छन् ।   सैनामैना–११ पटना घर भएका बन्जाडे प्रथम श्रेणीमा उत्र्तीण भई नगरमै उत्कृष्ठ विद्यार्थी भएका हुन । 
कक्षा ११, १२  रामापुर उच्च मावि दुधराक्षमा अध्यायन गरेका उनी  स्नातक तह सुरु भएपछि  क्याम्पसका शिक्षकहरुको मायाँ र ममताको कारण नै सफलताको श्रेणीमा लम्कीन सफल भएको प्रतिक्रिया दिएका छन् ।  
१८ बर्षको हुँदा आफ्नो दृष्टि पूर्णरुपमा गुमाएका बन्जाडेले रुपन्देहीको मणिग्राममा मदन भण्डारी र  टिकाराम भुषालको सहायताले ब्रेल सिकेका हुन ।  उनी भन्छन्–‘प्लस टु सम्म पढाई ठिकै थियो, स्नातक तह र मास्टर्स लेवलमा लागेपछि क्याम्पसको पुर्ण साथ पाएर अध्यायन सुर्धाने मौका मिल्यो ।’ उनले थपे–‘पारिवारिक सहयोग र सहिद नारायण पोखरेल रामापुर क्याम्पसका शिक्षकहरुको पुर्ण सहयोगबाट नै आझ म क्याम्पस मात्र होईन सैनामैना नै टप्न सफल भएको छु ।’
हालै मात्र सार्वजनिक भएको नतिजामा प्रथम श्रेणीमा उत्र्तीण भएका छन् । कक्षा ६ सम्म अर्घाखाँची जिल्लाको सरस्वती माविमा पढेका बन्जोडे ७ वाट रामापुर उच्च माविमा आएका थिए । प्रवेशिका परिक्षामा ६२, प्लस टुमा ५८ र स्नातक तहमा ५७ प्रतिशत ल्याएका उनी स्नाकोत्तर तह प्रथम बर्षको परिक्षामा कुल ३ सय २६ अंक अर्थात ६५. २ प्रतशत अंक ल्याएका हुन । नेपाल विषयका विद्यार्थी उनले नेपाली गद्य र नाटक विषयमा ७७, नेपाली कविता कथा र समलोचना विषयमा ७१,भाषा विज्ञान विषयमा ६९, एजुकेशन एण्ड साईकोलोजीमा २४, करिकुलमा ३२,  फाउनडेसनमा ३३ नम्बर प्राप्त गरेका छन् । 
यता, क्याम्पस प्रमुख दिनेश पन्थीका अनुसार दृष्टिविहिन विद्याथी शंकर बन्जाडे पहिला देखि नै नियमित  क्याम्पस आउने, मिहिनेती र ईमान्दार विद्यार्थी भएको कारण अझउक्त नतिजा प्राप्त गर्न सफल भएको हो ।  उनले भने–‘क्याम्पसको आत्मीय सहयोग र विद्यार्थीको मिहिनेतको कारणले गर्दा उक्त नतिजा हासिल गरेका हौ ।’ 
स्नाकोत्तर तहको प्रथम बर्षको परिक्षामा उक्त क्याम्पसबाट ५ जना विद्यार्थी प्रथम श्रेणी र अन्य १ जना द्धितिय श्रेणीमा पास भएका छ ।  क्याम्पस प्रमुख पन्थीका अनुसार  अपाङ्गता भएका विद्यार्थीहरुलाई क्याम्पसले स्थापना काल देखि नै छात्रावृत्ति प्रदान गर्दैै आएको छ । अहिले क्याम्पस तथा नगर टपेका विद्यार्थी बन्जाडेलाई पनि छात्रावृत्तीको व्यवस्था गरिएको  थियो । 
२०६० सालबाट १९ जना विद्यार्थीबाट सुरु  भएको उक्त क्याम्पसमा अहिले स्नातक तहमा ५ सय ७५ जना र स्नाकोत्तर तहमा ४० जना विद्यार्थी अध्यायपनरत रहेका छन् । 
विविएसबाट सुरु भएको उक्त क्याम्पसले अहिले विएड, विविएसमा दुई वटा माध्यम, विएडमा ४ वटाहरु विषयहरु  अंग्रेजी, गणीत, नेपाली र स्वाथ्य विषयमा अध्यापन गराउदै आएको छ भने विहानी  र दिवा संकायमा कक्षाहरु सञ्चालनमा रहेका छन् । 


२ वटा अपाङ्गमैत्री भवन निर्माण गरेको क्याम्पसले आगामी बर्षमा हाईटेक प्रविधि पोजेक्टरबाट सुरु गर्ने गर्ने जनाएको छ । जसमा ५ वटा कक्षा प्रोजेक्टरबाट तयार  , ईलाईब्रेरीको समेत व्यवस्था रहेकोछ ।  सामुदायिक क्याम्पसको रुप्मा पहिचान बनाएको विद्यालयले आगामी दिनमा एमविए, विविएमका कक्षाहरुसमेत सञ्चालन गर्ने योजना समेत बनाएका छ । 
यता,  दृष्टिविहिन विद्यार्थी का दाजु नारायण प्रसाद बन्जाडेले  परिवारको आर्थिक स्थिती मध्यमभएपनि  क्याम्पसको सहयोग र छात्रावृत्तीको कारण आफ्नो भाईलाई उच्च शिक्षा सम्मको यात्रा तय गर्न सफल भएको प्रतिक्रिया दिएका छन् । उनले भने–‘परिवारमा आर्थिक अवस्था पनि ठिकै छ, भाईको मिहिनेत र क्याम्पसको साथ र सहयोगले यो स्थानमा आएको हो ।’

ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्
तस्वीरः क्याम्पस प्रमुख दिनेश पन्थीको साथमा दृष्टिविहिन विद्यार्थी शंकर बन्जाडे । तस्वीरः कृष्ण खनाल÷बुटवल । 

Popular posts from this blog

यस बर्ष सय प्रकारका ब्रान्डीङ्ग उत्पादन बजारमा ल्याउदै छौं

कालिका उच्च माविको ५४ औं बार्षिक उत्सव, नेपालमै नमुना विद्यालय बन्न सुझाव

विषादी परीक्षण केन्द्र सञ्चालनमा ढिलाइ