नगरपालिका द्वारा ‘टुक्रे आयोजनामा’ बढि खर्च

कृष्ण खनाल
बुटवल, १५ भदौ । 
–सुकुम्बासी र अव्यवस्थित बसोबास 
–सार्वजनिक जग्गा संरÔणमा कठिनाई
–बढ्दो शहरीकरण र बस्ती विकास
–खानेपानी व्यबस्थापन
–सडक बत्ती व्यबस्थापन
–भु–Ôय, पहिरो नियन्त्रण र नदी कटान
–बिग्रका कालोपत्रे सडक मर्मत 
–नगर स्वास्थ्य केन्द्रको संचालन व्यवस्थापन
–नदीजन्य पदार्थको अभाब
–ठूला योजना कार्यान्वयनमा समस्या
–योजना प्राथमिकीकरण
–योजना र कार्यक्रमलाई पूर्णता दिन नसकिनु (टुक्रे योजना)

माथि प्रस्तुत गरिएका विववरण बुटवल नगरापलिका भित्र रहेका विद्यमान समस्यहरुका केही अंस हुन् ।  यो समस्याहरुको  सुची कुनै एनजिओ या आईएनजिओ ले तयार पारेको नभई बुटवल नगरपालिका आफैले तयार परेको छ । 
आईतबार बुटवल नगरपालिकाद्वारा  आर्थिक बर्ष २०७०÷७१ को बार्षिक प्रगति विवरणको समिक्षा बैठकमा नगरापलिकाका बरिष्ठ लेखा अधिकृत शिव नारायण शाहले प्रस्तुत गरेका हुन । उनले प्रस्तुत गरेको यि समस्या तथा चुनौतीको विवतराण प्रतिनिधि विवरण हुन् । नगरपालिका भित्र सरकारी आँखाले देखेका यि समस्याहरु भएपनि सयौ संख्यामा समस्याका पोका र  चुनौतीहरु रहेका छन् । 
गत आर्थिक बर्षमा नगरपालिकाले “सबल आर्थिक केन्द्र,समुन्नत बुटवल” नारा दिएर   विभिन्न ६ वटा क्षेत्रगत उद्देश्यहरु निर्धारण गरेको थियो । नगरपालिका अन्र्तगत शिक्षा सेवा केन्द्र ,स्वास्थ्य सेवाकेन्द्र, संचार केन्द्र, यातायात सेवा केन्द्र, पर्यटकीय विश्राम स्थल, उद्योग, बाणिज्य र व्यापार केन्द्र क्षेत्रगत उदेश्यमा रहेका छन् । 
बुटवल नगरपालिकाले गत आर्थिक बर्षमा आन्तरिक स्रोतबाट १० करोड ४९ लाख ६९ हजार ६ सय ९१ रुपैया  आम्दानी गर्ने लक्षय लिएकोमा १० करोड ६२ लाख ९५ हजार  ७ सय ४७ रुपैया आम्दानी गरेको छ ।  नगरापलिकाले १०१.०२ प्रतिशत प्रगती गरेको विवरण पेश गरेको छ । त्यस्तै बाह्य  आम्दानी तर्फ ३३ करोड ४६ लाख ९० हजार १ सय ७४ रुपैया अनुमानित गरेको मा कुल २७ करोड ८८ लाख ९८ हजार १ सय २ रुपैया यर्थाथ आम्दानी गरेको छ । 
जति मात्रमा नगरपालिकाले आम्दानी गरेको  छ सोही अनुपातमा योजनाहरुमा खर्च नगरेको नगरबासीहरुको गुनासो रहेको छ । नगरपालिकाले बढि प्रथमिकको क्षेत्र भन्दा पनि अन्य क्षेत्रमा खर्च गरेको नगरवासीको साझा गुनासो हो ।
 हिउदो बेला धुलाम्य र बर्षातको बेला हिलाम्मे बन्ने सडको कारण कायौ नगरवासीहरु विरामी पर्ने गरेका छन् । ढलको पानी पसल तथा घरमा पस्दा नगपालिका निरह भएर रमेता हेर्ने गरेको पनि नगरवासीहरुको गुनासो रहेको छ । 
नगरपालिकाले गत आर्थिक बर्षमा आन्तरिक आय तर्फ सेवा शूल्कमा २ करोड १४ लाख १५ हजार २ सय १५ रुपैया आम्दानी गरेको छ भने स्थानीय कर बाट ४ करोड ९५ हजार ३ सय ९१ रुपैया आम्दानी गरेको छ ।  त्यस्तै दस्तुर तर्फ २ करोड ८०  लाख ८४ हजार ८ सय ३ रुपैया, स्रोत परिचालन तर्फ १० लाख २ हजार १ सय ७७ रुपैया, सावा व्याज तथा लभांसबाट १ हजार ६ सय ४ रुपैया आम्दानी गरेको छ । त्यस्तै अन्य आय तर्फ १ करोड ५७ लाख ६ हजार ५ सय ५७ रुपैया आम्दानी गरेको छ । 
बाह्य आम्दानी स्रोत तर्फ नेपाल सरकारबाट अनुदान ११ करोड ५३ लाख ९८ हजार ८५ रुपैया, जि.वि.स.राजश्व बाँड फाँडबाट ४६ लाख ७९ हजार ८ सय ८० रुपैया आम्दानी गरेको छ । त्यस्तै जि.वि.स.योजना अनूदानबापत ३४ लाख ७५ हजार ९ सय ५५ रुपैया, अन्य ऋण तथा अनुदान बापत ३ करोड ४४ लाख २३ हजार ६ सय ६४ रुपैया आम्दानी गरेको छ । 
नगरपालिकाले भौतिक निर्माण तर्फ  सिंचाई तथा नदी नियन्त्रण अन्र्तगत नदी नियन्त्रण तटबन्धको लागि ३७ लाख १५ हजार ३ सय ६९ रुपैया खर्च गरेको छ । विद्युत र जलविद्युत तथा बैकल्पिक उर्जा अन्र्तगत विद्युत पोल खरिद तथा टान्र्सफर्मर जडानको लागि ३ वटा ६५ हजार ४  सय ५७ रुपैया खर्च गरेको छ । त्यस्तै सौय उर्जाको लागि ७१ वटाको ४ लाख ७७ हजार ५ सय रुपैया खर्च गरेको छ । 
त्यस्तै खानेपानी तथा सरसफाई अन्र्तगत खानेपानी पाईप विस्तारको लािग १ हजार ८ सय २१  किलोमिटर पाईप विस्तारको लािग ८ लाख ५ हजार ३ सय ८१ रुपैया खर्च गरेको छ । त्यस्तै खानेपानी टयांकी तथा अन्य निर्माको लागि ३ लाख २१ हजार ८ सय ३० रुपैया खर्च गरेको छ । बोरिङ्ग, टिप बोरिङ्ग निर्माणको लागि ४ लाख रुपैया, सरसफाई अन्र्तगत  ३ वटा शौचालयको लागि १० लाख २९ हजार ५ सय ५४ रुपैया, नाली १० किलोमिटर निर्माणको लागि २० लाख ७४ हजार ३ सय ८६ रुपैया, नाली सरसफाई कार्यक्रम ४ वटा नालीको लागि ७ लाख १३ हजार ६ सय ७७ रुपैया खर्च गरेको छ । 
त्यस्तै वातावरण तर्फ ३ वटा वातावरण निर्माणको लागि भन्दै १६ लाख ४२ हजार ५ सय १२ रुपैया खर्च गरेको छ । त्यस्तै सार्वजनिक जग्गा संरक्षण तथा तारबार १ वटा स्थानको लागि ३ लाख ५० हजार ४ सय ७४ रुपैया खर्च गरेको छ । 
भवन  शिर्षक अन्र्तग गाविस कार्यालय ३ वटा निर्माणका लागि १७ लाख १० हजार ४६ रुपैया खर्च गरेको छ । निर्माणाधीन ५ वटा सामुदायिक भवन निर्माणको लागि ६८  लाख ११ हजार रुपैया, स्वाथ्य चौकी निर्माणको  लागि २० लाख ५७ हजार १ सय ८० रुपैया, अन्य फुटकर योजना निर्माणको लागि ३८ लाख ५६ हजार ३ सय ६० रुपैया खर्च गरेको छ । शिक्षा तथा सँस्कृती अन्तएगत धार्मिक  तथा पुरातात्तिवक स्थालको संरक्षण तथा निर्माणको लागि ८४ हजार ८१ रुपैया खर्च गरेको छ । 
लक्षीत बर्ग अन्र्तगत आयआर्जन तथा स्वरोजगारमूलक, सीप, क्षमता विकास तथा तालिम ,महिला पिछडिएको वर्ग र अपाङ्ग शसक्तिकरणको लागि ९ लाख ७४ हजार ३ सय ७२, ९ लाख ५४ हजार ९ सय ६६ रुपैया,  र ११ लाख ४६ हजार ६ सय ७९ रुपैया खर्च गरेको छ । जसबाट कुल ८ हजार ८६ जना मानिसहरु लाभांवित भएको नगरपालिकाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।  
नगरपालिकाले २ सय ७७ वटा टोल विकास संस्था  गठन गरेको छ भने ४ वटा वडामा  सामाजिक परिचालन लागु  गरेको छ । त्यस्तै ४ वटा वडामा वडा नागरिक मञ्च  गठन गरेको छ भने  वडा नागरिक मञ्चमा १ सय जना मानिसहर सहभागी भएका छन् । ४ वटा  नागरिक सचेतना  केन्द्रमा १ सय १०  जना सहभागी रहेका छन् । नगरपालिकाले अहिले सम्म ६० वटा बाल क्लव विद्यालय स्तरमा गठन गरेको छ । 
४७ जनाको वेवारिसे सव व्यवस्थापन, १५० वटा मृत पशु चौपाया व्यवस्थापन, ४५ वटा छाडा पशु नियन्त्रण तथा व्यवस्थापन  र ६ वटा बृक्षारोपण सडकहरुमा वृक्षरोपण समेत गरेको आफ्नो प्रतिवेदनमा मा उल्लेख गरेको छ । 
यि काम गरेको नगरपालिकाले कार्यसम्पादन मुल्यांकन प्रतिवेदनको आधारमा  लगातार  दोस्रो पटक प्रथम स्थान हासिल हुनुलाई उपलब्धीको रुपमा लिएको छ । त्यस्तै एकरुअल एकाउन्टन सिस्टम,  विकास निर्माणमा जनसहभागिता वृद्धि भएको , सहभागितामूलक सौर्य उर्जा सडक बत्ती जडान गरेको , भवन निर्माण सँहिता कार्यान्वयन भएको, शून्य बेरुजु रहेको, निजि तथा समुदायमा आधारित सरसफाई व्यवस्थापन भएका, टोल विकास सस्थाको सक्रिय सहभागीता भएको कुरालाई उपलब्धीको रुपमा राखेको छ । 
त्यस्तै आर्थिक कारोवार पुर्ण कम्प्युटराइड गरेको, कार्यालय परिसरमा सि.सि.टि.भि. जडान गरेको, Ôतिपूति सहितको नागरिक बडापत्र लागू गरेको र ई.एस.एम.एस.को माध्यमबाट नगरवासीलाई सूचना पुर्याउने कार्यको प्रारम्भ गरेको लाई पनि उलब्धीको रुपमा राखेको छ । 



Popular posts from this blog

यस बर्ष सय प्रकारका ब्रान्डीङ्ग उत्पादन बजारमा ल्याउदै छौं

कालिका उच्च माविको ५४ औं बार्षिक उत्सव, नेपालमै नमुना विद्यालय बन्न सुझाव

विषादी परीक्षण केन्द्र सञ्चालनमा ढिलाइ