‘छोराले गलत्याए’पछि आश्रमको बास

कृष्ण खनाल
बुटवल, १४ भदौ । 
गुल्मी जिल्लाको हार्थोक गाविसका सिरुखर्कका मान बहादुुर सिंजाली कुनै कमी थिएन् । प्रसस्त्र मात्रामा सम्पत्ती थियो । छोरा विस्तारै हुर्कदै गए विवाह गरे । बुहारीबाट ५ जना नातिनीहरु पनि जन्मे  ।  नातीनी सबैको विवाह समेत भयो, अहिले नातीनीबाट पनि पनाती पनातीनाहरु जन्माईसकेका छन् । साहारको रुपमा रहेकी उनीकी श्रीमतीको करिव १५ बर्ष पहिला निधन भएको थियो । भने केही बर्ष पछि बुहारीको पनि निधन भयो । 
  श्रीमतीको निधन भएपनि छोरा र बुहारी रहेकोले उनले आश्रयको आश गरेका थिए । तर त्यसो भएन । 
 छोराले अर्की बुहारी विवाह गरे । दुखःसुख गरेर हुर्काको छोरा र बुहारीले उनलाई ‘जाती मानेनन्’ र विकल्पको रुपमा आश्रममा लैजाने उपाय रोज उनीहरुले 
८ बर्ष पहिला उनलाई छोरा गुन बहादुर सिंजालीले बुटवल नजिकैको एउटा होटलमा छोडेर गए । त्यसपछि  मानबहादुर  सिंजालीले आश्रम रोज्ने निणर्य गरे । 
तिनै सिंजाली अहिले बुटवल–४ पाखापानीमा रहेको ‘दुर्गा भवानी शिव कुमारी शैजु(पाका पुस्ता गृह) वृद्धा आश्रममा विगत ७ बर्ष देखि बस्दै आएका छन् । 
छोरा नातीलाई अर्ति उपदेश दिने बेलामा उनी अहिले आश्रममा आश्रीत् छन् । ८५ बर्षिय सिंजालीको चौरासी गर्ने उमेर पनि कटिसक्यो । ‘छोराले त्यो माथिको होटल(गोलपार्क) सम्म ल्याएर छोडेको थियो, अनि सोध्दै खोज्दै यहासम्म आए ।’– शनिवार आश्रममा भेटिएका सिंजाली भन्दै थिए । ‘छोराले बुढेसकालमा पाल्ला भन्ने आशा थियो, तर त्यसले पनि केही गरेन ।’
सिंजालीका छोरा सडक विभाग अन्र्तगत बाटो मर्मतको काम गर्छन् । पछिल्लो समयमा दोस्रो विवाह समेत गरेका छन् । मासिक रुपमा १२ हजार रुपैँया छोराले कमाउने गरेको बुबा मानबहादुरले बताए । ३ महिना भयो वृद्धा भत्ता समेत ल्याएदिएको छैन्न । उनले भने–‘भत्ताको बुक (पास बुक) त्यहि घरमा छोडर आएको छु ।’ केही दिन अगाडी कान्छी बुहारी बुटवलमा आएर आफुलाई ४० रुपैयाँ दिएर गएको उनले बताए । 
घरमा सम्पत्ती छोरा बुहारी हुँदा पनि किन आश्रममा आउनु प¥यो ? भन्ने संवाददाताको प्रश्नमा उनले भावुक हुदै भने–‘उमेर छँदा सबै प्यारो काम गर्न नसक्ने भएपछि सबैको हेला हुँदो रहेछ ।’ 
उनी जस्तै गुल्मी वामिटक्सारका लक्ष्मी श्रेष्ठको व्यथा पनि उस्तै छ । आफुले भोगेको कुुरा, अर्ति उपदेश सुनाउने बेला उनको अर्ति उपदेश सुनिदिने पनि कोही छैन् त्यहा । आफ्नै उमेरका पाकापुस्तासंग दुख–सुखका कुरा गरेर उनीले दिन बिताउने गरेकी छिन् । 
विवाह गरेको केही बर्षमै श्रीमान्ले हेला गरेपछि निमेक ज्याला गर्दै जिवन निर्वाह गर्दै आएकी  उनी हातगोडाले काम गर्न नसक्ने भएपछि अहिले आश्रमको बास बसेकी छिन् ।
 बाग्लुङ्ग जिल्लाको फलेबासमा विवाह भएकी लक्ष्मीको कुनै छोरा–छोरी जन्मीउनन् । जसको कारण उनका श्रीमान्ले हेला ागर्न थाले ।  उमेर छदाँसम्म उनी गाउकै निमेक गररे जिविको पार्जन गरिन् । उमेर विस्तारै उकाले लागेपछि बुटवलमा आएर बत्ती कात्ने काम गर्दै जेनतेत जिविकोपार्जन  गर्न थालिन् । 
बुटवल उनी आज भन्दा करिव ८ बर्ष पहिला आएकी हुन् । बुटवलको ओम शान्तीमा उनले दैनिक जसो बत्ती कात्ने काम गर्दथिईन् ।  
एक लाख वटा  ५ सराको बत्ती कात्दा उनले ८ हजार रुपैया पाउथिन् भने ३ सराको एक लाख बत्ती कात्दा ७ हजार रुपैयाँ पाउथिन् । दिनभरी बत्ती काटेपछि उनले आउने केही रकमबाट दैनिक जिविको पार्जन गर्दै आएकी थिईन् । बुटवलको लक्ष्मीनगरमा बहालमा बस्दै आएकी  उनी घरबेटी भाईको सहयोगले आश्रमा बस्न आएकी हुन । 
गुल्मी जोहाङ्गका ७४ बर्षिय चुडामणी श्रेष्ठ पनि उमेर छदाँसम्म भारतको विभिन्न स्थानमा पसिना बगाए । तर बुढेसकालमा उनको सहारा दिने कोही भएन्न । त्यसपछि उनको बास आश्रममा छ । गोरखपुर, कलकत्ता, सरदगञ्ज, दिल्ली, पञ्जाव, उत्तरञ्चल,सिलगुडी लगायत भारतका अधिकांस स्थानमा उनले काम गरेर अनुभव बटुलेका छन् । 
घरमा केही सम्पत्ती समेत छ । तर उक्त जग्गाको खनजोत गर्न नसक्ने भएपछि उनलाई अफ्नै भान्जा सुरेन्द्र श्रेष्ठले आश्रममा ल्याएका लगेर राखेका हुन । 
कास्की जिल्लाको पोखराका ८१ बर्षिय नारायाणदत्त सापकोटा पनि आश्रममा आश्रित अभिभावक हुन । एउटा छोरा र एउटा छोरीका बाबु बनेका उनी छोराले बुहारी संगै लगेर वि.स.२०५२ सालमा घर छोडर गएपछि फर्किएर आएनन् । छोरी पनि घरजाम गरेर गएपछि एक्लीएका सपकोटा बुटवल–४ पाखापानीमा रहेका ‘पाका पुस्ता’ वृद्ध आश्रममा  रहेका छन् । राम्रै छ  त्यहाको व्यवस्थापन । ८ जना वृद्ध वृद्धा अहिले आश्रममा बस्दै आएका छन् । प्रत्येक कोठामा एटेज बाथरुम समेत रहेको छ । १० जनाको क्षमता रहेको आश्रममा अहिले जम्मा ८ जना मात्र बस्दै आएका छन् । 
आश्रमका महासचिव वेन बहादुर पौडेल क्षेत्रीले पाका पुस्ता भनेको ‘ईतिहासको पाना’ भएको कारण आफुहरुले आश्रम खोलेर सामाजिक सवा गरेको जानकारी दिए । उनले भने–‘१२ कठ्ठा क्षेत्रफमा  फैलिएको फराकिलो क्षेत्र छ यहा हामी वृद्ध वृद्धालाई सम्मानको साथ राखेका छौ ।’ उनले आश्रममा दुःख पाएका, परिवारबाट अपहेलीत भएका  विभिन्न पाका पुस्ताहरु राख्ने गरेको जानकारी दिए । 
 आश्रमका आजिवन सदस्य तथा संस्थापक अध्यक्ष गणेशमान शैजुका छोरा अनुपमान शैजुले पाका पुस्ता भनेको आर्ती उपदेशको खानी भएको कारण आफुहरुले ममता र स्नेहका साथमा उनीहरुलाई आश्रममा आश्रय दिएको बताउछन् । 
उनले आफ्ना बुबा गणेशमान शैजुको सामाजिक कार्यको लगावको कारण अफु पनि समाज क्षेत्रमा लागेको भन्दै समाजसेवा धर्म कामाउने सबैभन्दा ठुलो उपाय भएको समेत बताए । 
तस्वीर संलग्न छ । 
लामो समय देखि आश्रममा बस्दै आएकी गुल्मीका  वामिटक्सारका लक्ष्मी श्रेष्ठ (बायाँ) आश्रमको भवन(दायाँ) तस्वीरःकृष्ण खनाल÷बुटवल टुडे  

Popular posts from this blog

यस बर्ष सय प्रकारका ब्रान्डीङ्ग उत्पादन बजारमा ल्याउदै छौं

कालिका उच्च माविको ५४ औं बार्षिक उत्सव, नेपालमै नमुना विद्यालय बन्न सुझाव

विषादी परीक्षण केन्द्र सञ्चालनमा ढिलाइ