दृष्टिविहिन महिलाको पिडा,ऋण काडेर श्रीमान्को किरिया

कृष्ण खनाल 
बुटवल, २७ साउन । 
वि.स.२०२६ मा जन्मीएकी सन्तकुमारी सुनार २५ बर्षीकी भईन् उनको जिवनमा कहिल्यै नसोचेको  घटना घट्यो । सामान्य आँखा चिलाउनेर पाक्ने गरेकामा उनी उपचारको लागि  अस्पतालन गईन् तर सदाको लागि आँखाको ज्वोति गुमाईन् । 

गरिबीको कारण उपचार गर्न समेत जान नपाएकी उनलाई गाउमै छिमिकीको सल्लाहमा फिटकिरी र अन्य स्थानिय विषादी हालिन् । जसको कारण उनको आँखाको ज्वोती सदाको लागि गुम्यो । 

 जेनतेन अर्काको निमेक गरेर जिविको पार्जन गर्दै आएकी सुनारको दिन  आँखाको ज्वोतीपछि परिर्वतन भयो । त्यसपछि उनी अर्काको  घरमा परिश्रम गर्न जान छोड्नि । 

२ जना छोरा र २ जना छारीकी आमा उनीलाई थप अर्को आपत आईलग्यो । श्रीमानलाई क्षयरोग अर्थात टिबी लाग्यो । निर्माण मजदुरको रुपमा रहेका उनीका श्रीमान्लाई डाक्टरले मदिरा जन्य कुनै पनि चिज नखानको लागि सल्लाह दिएका थिए ।  केही समय उनले ‘मुख बारे’ तर पछि रक्सी खान थालेपछि उनले पनि संसार छोडे ।  

बुटवल–१३ सुकुम्बासी बस्तीमा विगत १० बर्ष देखि बस्दै आएका सुनारको परिवारमा अहिले १९ बर्षिय जेठो छोरा मनोज सुनार र १५ बर्षको कान्छो छोरा शम्भु सुनार  र ४६ बर्षिय पूर्ण दृष्टिविहिन आमा सन्तकुमारी सुनार मात्र रहेकी छिन् । 

सम्पत्तीको नाममा एउटा सामान्य टिनले छाएको छाप्रोको घर छ । १४ धुर क्षेत्रफलमा रहेको उनको त्यहि छाप्रोमा  खाना पकाउने र  सुत्ने गर्दछन् । २ वटा छोरीकै पहिलानै घरजाम गरेर  गएका छन् । 

यसरी पटक÷पटक दैवले ठग्दै आएको सन्तकुमारीलाई  करिव ३ हप्ता अगाडी (१७ दिन) फेरी अर्को  बिपत् आईलग्यो । कारण हो उनका श्रीमान् सदाको लागि यो संसारबाट विदा भए । 
निर्माण मजदुरको रुपमा  रहेका श्रीमान्को निधन भएपछि दृष्टिविहिन सन्तकुमारीले ऋण काडेर श्रीमान्को किराया गरिन् । 

उनले श्रीमन्को किरियाको लागि १५ हजार रुपैया“ छिमेकीबाट ऋण लिएकी छिन् । पुरानो र नयाँ श्रीमान्को किरिया खर्च गरेर अहिले उनी करिव ३५ हजार रुपैयाँको ऋणी भएकी छिन् । 

सोमबार बुटवल–१३ देविनगरको  सुकुम्बासी बस्तीमा भेटिएकी सन्तकुमारी भन्दै थिईन्–‘जेनतेन छिमेकीसँग ऋण काडेर बुढा (श्रीमान्) को काम उम्काए तर त्यो ऋण कसरी तिर्ने भन्ने चिन्ता थपिएको छ ।’  उनले यसको लागि कसैले सहयोग गरिदिएमा ‘टुहुरा’छोराहरुको काँधमा ऋण नभए हुन्थो भन्ने उनको ईच्छारहेको छ । 

घरमा थोत्रा र फाटेका कपडा र टालाहरु बटुलेर सिरानी बनाउदै गरिकी सन्तकुमारीले भक्कनीदै भनिन्–‘यि अवेला बालकहरुले कसरी त्यत्रो ऋण तिर्लान भन्ने चिन्ता छ ।’

सन्तकुमारीका  १९ बर्षिय छोरा मनोज सुनारले विभिन्न हाटबजारहरुमा गएर विग्रीएका छाता मर्तत गरेर आउने पैसाले अहिले उनीहरुको गुजारा टरेको छ । कक्षा १ मा पढ्दा पढ्दै पढाई छोड्नु परेको दुखेसो पोख्दै मनोजले भने–‘सम्पत्तीको नाउमा यहि सुकुम्बासरीको एउटा छाप्रो हो अरु केही छैन, मैले कमाएको पैसाले के कति चल्छ र ? खाने की ऋण तिर्ने ?’ उनले कोही दानविर तथा दयालुले केही रुपैया सहयोग गरेमा आफुलाई केही मात्रामा भएपनि सहयोग हुने बताएका छन् ।

 ‘बाबा थिए घरको विडो थामेका तर उनी गए खै कसरी आमा, भाई पाल्ने चिन्ता थपिएको छ ।’– उनले भने  काम गर्नको लागि सानैमा पढाई पनि छोंडे खै के गर्ने मैले सोच्न समेत सकेको छैन ।’
मनोजका भाई शम्भु सुनार पनि अहिले बाल मजदुरको रुपमा काम गर्दछन् । कसैको  घर वा अन्य निर्माणको काम गर्दा बोलाएमा उनले  बालुवा चाल्ने र ईंटा बोक्ने समेत काम गर्दछन् । ‘बल्ल १५ बर्षको भए, के गर्ने काम नगरि खान पुग्दैन त्यहि भएर घर बनाउने ठाउँमा बालुवा चाल्ने काम गर्दछु । ’–उनले भने । 

उता, नेत्रहिन पुर्नस्पर्ना कार्यक्रम रुपन्देहीका फिल्ड सुपरभ्वाईजर हरी बहादुर भण्डारीले सन्तकुमारी सुनवारको दयानिय अवस्था देखेर नेत्रहिन संघ रुपन्देहीका विभिन्न सदस्यहरुबाट उठाएर ७ हजार रुपैया सहयोग गरेको जानकारी दिए । उनले भने–‘ऋण काडेर श्रीमान्को किरिया गर्नुपरेको अवस्था पदाधीकारी तथा सदस्यहरुलाई जानकारी गराएपछि उहाहरुले स्वतःरुपमा सहयोग गर्नुभयो ।’ उनले सन्तकुमारीको सहयोगको लागि अन्य दाता तथा दानविरहरुलाई सहयोगको लागि अग्रह समेत गरे ।

तस्वीर १. जेठो छोरा मनोज(दायाँ) सन्तकुमारी(बिच) र कान्छो छोरा मानोज(बाँया) । 
२.सन्तकुमारीको सम्पत्तीको रुपमा रहेको बुटवल–१३ सुकुम्बासी बस्तीको घर । तस्वीरःकृष्ण खनाल÷बुटवल  /








Popular posts from this blog

यस बर्ष सय प्रकारका ब्रान्डीङ्ग उत्पादन बजारमा ल्याउदै छौं

कालिका उच्च माविको ५४ औं बार्षिक उत्सव, नेपालमै नमुना विद्यालय बन्न सुझाव

विषादी परीक्षण केन्द्र सञ्चालनमा ढिलाइ