किसानलाई धानको ब्याड राख्न भ्याईनभ्यई




कृष्ण खनाल
बुटवल, १३  जेठ ।

आईतबर मात्र यस क्षेत्रमा पानी परेपछि रुपन्देहीका कृषकहरुलाई धानको(बिउ) व्याड राख्ने चटारो सुरु भएको छ ।
लामो समयसम्म पानी नपरेको कारण  धानको ब्याड राख्न नपाएका  किसानहरुले पानी परेसंगै राहतको महसुस समेत गरेका छन ।
अहिले  दिनकमा करिव ५० जना भन्दा बढि किसानहरु कुन जातको धान रोप्दा धेरै फलाउन सकिन्छ भनेर कृषि कार्यालय धाएका छन् त कोही खेत जोताइमा लागेका छन भने कोही व्याडका लागि मल जुटाउन व्यस्त  छन ।
सोमबार  मात्रै  कृर्षि विकास कार्यालय रुपन्देहीमा आउने कृषकहरुको संख्या उल्लेखनिय रहेको जिल्ला कृर्षि विकास कार्यालय रुपन्देहीका प्रमुख कृष्णभद्र अधिकारीले जानकारी दिए । उनका अनुसार अहिले जिल्ला कृर्षि विकास कार्यालयमा अनुदानको धानको विउ बितरण गर्न, किसानहरुलाई परामर्श दिन कर्मचारीहरुलाई भ्याई नभ्याई छ । 
खडेरी पर्ने महिना भनेर चिनिने जेठमा यो बर्ष भने आईतबार मात्र पानी परेको हो । कतिखेर पानी पर्ला र धानको  ब्याड राख्न पाईयला भनेर प्रतिक्षामा बसेका कृषकहरुले  सोमबार देखि धमाधाम धानको ब्याड राख्न सुरु गरेका छन् ।
जिल्ला कृषि विकास कार्यालय भैरहवाका प्रमुख अधिकारीका अनुसार अहिले ३० देखि ३५ प्रतिशत अनुदानमा कृषि विकास कार्यालय वितरण गरेको धानको विउ लिनको लागि कृषकहरुले कार्यालय धाउने गरेका छन् । 
रुपन्देही जिल्लामा मात्र १ सय ८६ टन अनुदानको धानको बिउ आएको छ । जस मध्ये सोमबार सम्म १ सय १३ टन विउ किसानहरुले लगिसकेका छन्  भने अव जम्म ७२ टन मात्र बाँकीरहेको छ । 
‘साँवा मसिनो धानको विउ  रुपन्देहीमा किसानहरुले बढि माग गरेका छन् ।’ –जिल्ला कृर्षि विकास कार्यालय रुपन्देहीका प्रमुख कृष्णभद्र अधिकारीले भने । बुटवल टुडे संगको कुराकानीमा उनले भने–‘बल्ल पानी परेको छ किसानहरुलाई चाहिने  अनुदानको धानको विउ हामी संग यथेष्ठ मात्रामा छ ।’ उनले यस क्षेत्रमा माग कम भएको राधा–४ धानको विउलाई कपिलबस्तुमा साटेर यस क्षेत्रमा माग बढि भएको सावा“ मसिन धानको विउ किसानहरुलाई उपलब्ध गराइइएको समेत जानकारी दिए ।
विगतका बर्षहरुमा जेठको अन्तीम साता तथा असारको पहिलो हप्ताबाट  धानको बिउ  राख्ने गरेकोमा यस बर्ष पनि सोही समयमा किसानहरुले धानको विउ राख्ने गरेका हुन ।
जेठको अन्तिम सातासम्ममा  धानको ब्याड  राख्दा उपयुक्त हुने कार्यालयले जनाएको छ ।
 सिँचाइ सुविधा भएका स्थानहरुमा धानको व्याड राख्ने काम सुरु भएको छ भने  सिंचाही सुबिधा नभएको र आकासे पानीको भर पर्नुपर्ने स्थानहरुमा पनि किसानहरुले अझै धानको विउ राख्न पाएका छैन्न । 
 हिजोआज किसानहरु कुन जातको धान लगाउ“दा खेती राम्रो हुन्छ र धान  धेरै फल्छ भनेर परामर्स लिन कृषि कार्यालय आउन बाली विकास अधिकृतले बताए ।
 बिउ राखेकोे करिव २२ दिनमा धान रोप्नको लागी तयार हुने भएकाले सीचाइ सुविधा नभएका स्थानहरुमा पनि अब लगत्तै राखिएको ब्याड रोप्नका लागि उपयुक्तनै हुने कृषी कार्यालयले जनाएको छ ।
कृषि तथा वालि विज्ञान अनुसन्धान केन्द्रबाट  सिफारिस गरिएका  राधा –४ , सा“वा मनसुनी, साबित्री, राधा –१७, सर्जु –५२, सर्जु–३९, लगाएतका धान जिल्लाको हावापानी तथा माटो सुहाउदो भएको  कृषी कार्यालयले  जनाएको छ ।

यसका साथै अन्य हाईब्रेड जातका धानको उत्पादन पनि राम्रो हुने भएकाले कृषकहरुको रोजाइमा पर्ने गरेको कार्यालयले जनाएको छ । हाईब्रेड जातमा  गोरखनाथ र मयुर तथा भारतसंग सिमाना जोडीएका गाविसहरुमा भारतीय विभिन्न  हाइब्रेड जातका धानका विउ समेत रोप्ने गरेको पाइएको छ ।
हरेक बर्ष मौसम परिर्वन भइरहने भएकाले अघिल्ला बर्षहरुमा राम्रो फलेकै आधारमा पुराना र एकै जातका धान लगातार रोप्न उपयुक्त नह“ुने भन्दै कृषि कार्यालय रुपन्देहीका बाली विकास अधिकृतले वाह्य अवरोध तथा रोग प्रतिरोधात्मक क्षमता भएको नया“ र उन्नत जातका अर्थात कृषि कार्यालयले सिफारिस गरेका धानको बिउ लगाउन किसानहरुलाइ सुझाब दिएका छन ।

कृषि विकास कार्यालय रुपन्देहीको तथ्याङ अनुसार कुल  खेति योग्य जमिनको   ७२ हजार ५ सय हेक्टर क्षेत्रफलमा धान खेती  हुने गरेको छ । परम्परागत तरिकाले पहिलेदेखि रोप्दै आएका धानको तुलनमा कृषि कार्यालयले  सिफारीस गरेको नया“ र उन्नत जातका धानहरु रोप्ने हो भने उत्पादनमा बृद्धि हुने जिल्ला कृर्षि कार्यालय रुपन्देहीले जनाएको छ ।

उन्नत जातका धानको बिउ  रोप्ने हो भने  धानमा  रोग कम लाग्ने  तथा बातावरण अुनुकुल भएन अर्थात धेरै खडेरी पर्ने हो भने पनि  उत्पादनमा  धेरै हा्रस नआउने  कार्यालयको भनाई छ । 

अघिल्ला बर्षहरुको तुलनामा गत बर्ष पनि धान उत्पादनमा बृद्धि भएको  र   जिल्लामा  यसबर्ष पनी मनसुन बेलैमा सुरु हुने र पानी परिरहने हो भने धान उत्पादनमा बृद्धि हुनेछ ।  मौसमबिदहरुले भने जस्तै मनसुन बेलैमा सुरु हुने हो र पानी परिरहने हो भने धान उत्पादन बढन सक्छ
रुपन्देही जिल्लामा कुल कृषि क्षेत्रको  ४७ हजार  हेक्टर क्षेत्रफलमा सिंचाहीको व्यवस्था राम्रो व्यवस्था छ भने बा“कीमा आकाशे पानीको भरमा खेती गर्नु पर्छ ।


Popular posts from this blog

यस बर्ष सय प्रकारका ब्रान्डीङ्ग उत्पादन बजारमा ल्याउदै छौं

कालिका उच्च माविको ५४ औं बार्षिक उत्सव, नेपालमै नमुना विद्यालय बन्न सुझाव

विषादी परीक्षण केन्द्र सञ्चालनमा ढिलाइ