रुपन्देही जिल्लामा, शिक्षा र स्वाथ्यमा लगानी बढ्दै, प्रतिफल घट्दै

कृष्ण खनाल
बुटवल, २४ बैशाख ।

 रुपन्देही जिल्लामा गत बर्ष १२ हजार ५ सय १ जना परिक्षार्थीहरुले प्रवेशिका परिक्षा अर्थात एसएलसीमा सहभागी भएका थिए । परिक्षामा सहभागी मध्ये जम्मा ७ हजार ३ सय ५ जना विद्यार्थीहरु मात्र उत्र्तीण भए । ५८.४४ प्रतिशत विद्यार्थीहरु उत्र्तीण भएकोमा  जसमा अधिकांस नीजि स्कुलका विद्यार्थीहअरु रहेका छन् । 
सरकारले नेपालको नीजी क्षेत्रमा कुनै पनि लगानी गर्र्दैन तर प्रवेशिका परिक्षाको नतिजा उचाईमा पु¥याउनको लागि योगदान अधिकांस निजी विद्यालयहरुको रहेको छ । 

सरकारी विद्यालयहरुको प्रवेशिका परिक्षको नतिजा उच्च  बनाउनको लागि कुनै खास भुमिका रहेको पाईदैन तर नेपाल सरकारले भने तिनै सरकारी विद्यालयहरुलाई बर्षीैनी अरबौ रुपैँया खन्याईरहेको छ ।
सरकारले रुपन्देही जिल्लामा आर्थिक बर्ष २०६९÷०७० मा ९८ करोड २० लाख २५ हाजार रुपैया विनियोजन गरेको छ । 

जिल्लामा शिक्षा क्षेत्र मात्र होईन स्वाथ्य क्षेत्रमा पनि सरकारले करोडौ रुपैया लगानी गरेको छ । आर्थिक बर्ष २०६८÷०६९ मा स्वाथ्य क्षेत्रमा ३२ करोड ४० लाख ३१ हजार रुपैया सरकारले खर्च गरेको छ ।
 तर सरकारले जुन अनुपातमा लागनी गरेको छ सोही अनुरुपको प्रतिफल पाउन भने सकिरहेको छैन । प्रमुख कोष नियन्त्रक श्रीकृष्ण नेपाल पनि रुपन्देही जिल्लामा शिक्षा र स्वाथ्य क्षेत्रको गरिएको खर्चको अनुसार प्रतिफल प्राप्त  गर्न नसकेको बताउँदछन् ।  

रुपन्देही जिल्लामा आर्थिक बर्ष २०६८÷०६९ मा शिक्षा क्षेत्रमा मात्र ९८ करोड ९९ लाख १८ रुपैया खर्च भएको छ भने आर्थिक बर्ष २०६९÷७०मा ९८ करोड ४८ लाख ६८ हजार रुपैया सरकारी क्षेत्रबाट विनियोजन भएको छ । 
शिक्षामा जस्तै सास्वाथ्य क्षेत्रमा पनि सरकारको लगानी करोडौं छ । तर सर्वसाधारणले सामान्य स्वाथ्य उपचारको  लागिपनि सरकारी अस्पतालबाट सेवा प्राप्त  हुननसकेपछि नीजी मेडिकल तथा अस्पतालमा धाउनु पर्ने बाध्यता रहेको छ । 

आर्थिक बर्ष २०६८÷०६९ मा स्वाथ्य क्षेत्रमा ३२ करोड ४० लाख ३१ हजार रुपैया सरकारले रुपन्देही जिल्लामा खर्च गरेको छ । त्यस्तै आर्थिक बर्ष २०६९÷७०मा २९ करोड ३६ लाख ६ हजार रुपैया विनियोजन भएको छ । 
जिल्लामा २०६८÷०६९  स्वाथ्य र शिक्षा क्षेत्रमा ४  अरव ८४ करोड २१ लाख १० हजार रुपैयाँ र आर्थिक बर्ष २०६९÷०७० मा ४ अरव ९६ करोड १३ लाख २० हजार रुपैयाँ लगानी गरेको छ । 

यो तथ्यांक हेर्दा रुपन्देही जिल्लाको स्वाथ्य र शिक्षा क्षेत्रमा सरकारले अघिल्लो बर्षको तुलनामा प्रत्येक बर्ष थप लगानी बढाउँदै गएको छ । तर उपलब्धी भने झन् पछि झन खस्कीदै गएको पाइएको छ । 

सरकारले जिल्लामा शिक्षामा लगानी जिल्ला शिक्षा कार्यालय, अन्र्तगतका विद्यालयहरु र शैक्षिक तालिम केन्द्रमार्फत बजेट खर्च गर्ने गरेको छ भने स्वाथ्य क्षेत्रमा  पश्चिमाञ्चल  क्षेत्रीय मेडिकल स्टोरबुटवल, लुम्बिनी अञ्चल अस्पताल, लुम्बिनी अञ्चल आर्युर्वेदिक अस्पताल, जिल्ला जनस्वाथ्य कार्यालय, अन्र्तगतका स्वाथ्य चौकी, उप–स्वाथ्य चौकी र भैरहवाको भिम अस्पतालमा  प्रत्येक बर्ष  बजेट खर्च गर्दै आएको छ । 

सह–महालेखा नियन्त्रक डिल्लीराम शर्माका अनुसार शिक्षा कार्यालयको बेरुजु अन्य भन्दा बढि हुने गरेको छ ।
 नेपालमा अहिले सम्म बाल विकास केन्द्र सामुदायिक २९ हजार २ सय ७३ वटा र संस्थगत ४ हजार ९ सय १ वटा रहेका छन् । त्यस्तै प्रथमिक विद्यालय सामुदायिक तर्फ २९ हजार १ सय ६वटा र संस्थागत तर्फ ५ हजार १ सय ९२ वटा रहेका छन् । त्यस्तै निम्न माध्यमिक विद्यालयहरु १० हजार ८ सय ५० सामुदायिक र संस्थागत ३ हजार ५ सय ९५ वटा रहेका छन् । 

माध्यमिक विद्यालय सामुदायिक  ५ हजार ५ वटा र संस्थागत २ हजार ६ सय ११ वटा रहेका छन् । उच्च माध्यमिक विद्यालय समुदायिक २ हजार ६ सय ४३ र संस्गात९ सय ५३ वटा रहेका छन् । 

पछिल्लो समयमा शिक्षामा जुन अनुपातले  लगानी भैरहेको छ सोही अनुुसारको प्रतिफल भने प्राप्त हुनु सकेको छैन । वि.स.२०६८ सालमा ५ लाख २८ हजार २ सय ५७ जना विद्यार्थीहरुले प्रवेशिका परिक्षा दिएकोमा मात्र २ लाख ४७ हजार ६ सय ८९ जना उत्र्तीण भएका थिए । जुन उत्र्तीण प्रतिशत ईतिहासमै सबैभन्दा बढि प्रतिशत विद्यार्थी पास भएको मानिन्छ । उक्त बसमा  ४७ दशमलभ १६ प्रतिशत विद्यार्थीहरु उत्र्तीण भएका थिए । 

तर त्यसको एक बर्ष पछि २०६९ सालको परिक्षामा कुन सहभागी ५ लाख ११ हजार १ सय ११ जना विद्यार्थीहरु सहभागी भएकोमा जम्मा १ लाख ७६ हजार २ सय ५३ जना विद्यार्थीहरु उत्र्र्तीण भएका छन् । जुन प्रतिशत जम्मा ४१ द्यशमलभ ५७ प्रतिशत हो । जुन तथ्यांकबाट पनि नेपालमा शिक्षामा लगानी बढ्दै गएपनि  शिक्षाको अवस्था भने विस्तारै ओरालो लाग्दै गएको छ । 

सह–महालेखा नियन्त्रक डिल्लीराम शर्माले  विद्यालय शिक्षाबाट बार्षिक रुपमा करिव ६ लाख बालबालिका  विद्यालयस्तरिय शिक्षाबाट बञ्चित रहेको भन्दै यस सम्बधमा स्पष्ट सुचना प्रवाह गरी आवश्यक नीति निर्माण गरी लागू गरेमा मात्र शिक्षामा आवश्यक लक्ष्य हासिल गर्न सकिने बताउदछन् ।

उनका अनुसा नेपालमा शिक्षाको गुणस्तरमा सुधार ल्याउनको लागि शिक्षामा सूचना प्रविधिको प्रयोग बढाउन आवश्यक छ । यसको अलवा अनिवार्य र निःशुल्क आधारभुत शिक्षा लागूगर्नका लागि आवश्यक कानुनी व्यवस्था समेत जरुरी रहेको छ । 

उता, रुपन्देही जिल्लाका जिल्ला शिक्षा अधिकारी विष्णु प्रसाद अधिकारीले पछिल्लो समयमा विद्यालय पहुचमा वृद्धिभएको, कक्षा छोड्ने दरमा कमी आएको, उत्र्तीण दर र सिकाईमा वृद्धि भएको, साक्षरता दरमा सुधार आएको साथै विद्यालयमा न्युनतम सक्षमताको आवस्थामा सुधार आएको दावि गरेको भएपनि व्यवहारमा त्यस्तो देखिदैन । 

उनका अनुसार शिक्षामा देखा पर्ने समस्याहरु समाधानको लागि समयमा नै बजेटको निकासा  तथा खर्चको प्रक्रियाबारे जानकारी  हुनुपर्दछ । यसको अलवा सरोकारवालाई खर्चको बारेमा जानकारी दिने, लेखामा काम गर्ने दक्ष कर्मचारीको व्यवस्था हुनुपर्ने र फिल्डका कर्मचारीहरुको समेत क्षमता अभिवृद्धिमा ध्यान दिन सकेका शिक्षामा गरिएको खर्चको जोखिम न्यूनीकरण गर्न सकिन्छ । 


Popular posts from this blog

यस बर्ष सय प्रकारका ब्रान्डीङ्ग उत्पादन बजारमा ल्याउदै छौं

कालिका उच्च माविको ५४ औं बार्षिक उत्सव, नेपालमै नमुना विद्यालय बन्न सुझाव

विषादी परीक्षण केन्द्र सञ्चालनमा ढिलाइ