स्वच्छ पानीको चाहनाः अलपत्र झुम्सा परियोजना

एडिविको अनुदानमा फेरि अर्को खानेपानी योजना 
कृष्ण खनाल
बुटवल, २५ बैशाख ।
बुटवल नगरपालिकाले आधुनिक पशुबधशालाको लागि ०६५ फागुनमा भवन निर्माण र ०६६ बैशाखमा बधशालाको भित्री भौतिक संरचना निर्माणको लागि सम्झौता गरेको थियो । बुटवल–१२ रामनगरमा नेपाल सरकार र गोरखा कन्ट्रक्सनको विचमा सम्झौता भएको पनि  ६ बर्ष पुरा भएको छ । तर पशु बधशालाको पुर्वाधार अहिले सम्म पुरा भएको छैन । 

बुटवल नगरपालिका भित्रको  ‘असफल योजना’ यो एउटा उदाहरण मात्र हो । यी यस्ता केही महत्वकांक्षी योजनाहरु निर्माणकै क्रममा अलपत्र भएका छन् भने  बुटवल नगरपालिकाले सुरु गरेका दर्जनौ योजनाहरु  कागजमा नै सिमित रहेर अलपत्र परेका छन् । प्रत्येक बर्ष नयाँ÷नयाँ योजना ल्याएपनि समयमा नै  पुरा नहुने र अलपत्र हुने नगरपालिकाको लागि कुनै नौलो कुरा होईन । 

यसै विच बुटवल नगरपालिकाले फेरी अर्को योजनाको सुरुवात गरेको छ । आज भन्दा करिव ५ बर्ष पहिला सन् २०१०(०६६÷०६७) मा सुरु हुनु पर्ने योजना कागजमा मात्रै सिमित राखेर बुटवल नगरापलिकाले बल्ल खानेपानी योजना सुरु गर्न लागेको हो । 

नेपाल सरकार र  खानेपानी संस्थानको आन्तरिक स्रोतबाट १९ करोड ५६ लाखको लागतममा सुरु गरिएको बु्हुप्रतिक्षीत ‘झुम्सा खोला खानेपानी  परियोजना’ अहिले अलपत्र अवस्था छ । ........जनाएपछि ‘बुटवल खानेपानी तथा सुदृढीकरण’ नाम दिएर सुरु गरिएको सो आयोजना अलपत्र भएको बताइएको छ । 
बुटवलमा दैनिक ८० लाखदेखि १ करोड लिटर पानी ल्याउन सकिने भनेर सुरु गरिएको आयोजना अलपत्र परिरहेको वर्तमान परिपेक्ष्यमा बुटवल नगरपालिका वडा नम्बर ९ र १० मा खानेपानीको सहज आपूर्तीको व्यवस्था मिलाउने भन्दै एसीयाली डेभलपमेन्ट बैंक(एडिबी)को ५० प्रतिशत  सहयोगमा भुमिगत खानेपानी योजना सुरु गर्न लागेको छ ।

 नगरपालिका भित्र खानेपानीको चरम समस्या हुने वडा नम्बर ९ र १० मा  विगतका बर्षहरुमा नगपालिकाको लागतमा ४÷५ स्थानहरुमा  भुमिगत खानेपानी योजना अन्र्तगत नै बोरिङ्ग गाडिएको थियो ।  तर उक्त स्थानबाट पानी नआएपछि  उक्त ‘लगानी बालुवामा पानि जस्तै बनेको छ ।’

फेरी सोही स्थानको आसपासमा बुटवल नगरपालिकाले एसीयाली डेभलपमेन्ट बैंकको ५० प्रतिशत अनुदानमा २२ करोड ३७ लाख ७० हजार ९ सय ७१ रुपैया ९६ पैसा कुल लागतको खानेपानी योजना  गर्न लागेको छ । उक्त परियोजनाबाट ४ हजार ६५ परिवार लाभांवित हुने नगरपालिकाको भनाई रहेको छ । 
पहिला बोरिङ्ग गाडेर पनि पानी नआएको स्थानहरुमा फेरी बोर्डिङ्ग गाडेर पानी निकाल्छौ भन्ने कुरालाई कतिपयले ‘एडीविको पैसा सक्ने खेलो र असफल परियोजना’को संज्ञा दिएका छन् ।  

करिव ५ बर्ष पहिला नै सुरु गर्नुपर्ने योजना अहिले सन् २०१४ को  मध्येमा  सुरु गर्न लाग्दा स्थानिय उपभोक्ताहरुले समेत यसको विरोध गरेका छन् । 
बुटवल नगरापालिका कार्यकारी अधिकृत  बाबुराम गौतमले ५० प्रतिशत एसियाली डेभलपमेन्ट बैंकको अनुदान, १५ प्रतिशत उपभोक्ताहरुबाट संकलित रकम, बुटवल नगरपालिकाले ३५ प्रतिशत नगर विकास कोषबाट र ५ प्रतिशत ऋणमा रकम लिई अयोजना सुरु गर्न लागिएको जानकारी दिए । 
विहिवार परियोजनाको बारेमा जानकारी  दिने उद्देश्यले बुटवल नगरपालिको आयोजना गरेको कार्यक्रममा कार्यकारी अधिकृत गौतमले टेण्डर प्रक्रिया समेत पुरा भैसकेको भन्दै एक बर्षमा बुटवल नगरपालिका वडा नम्बर ९ र १० नम्बर वडामा ६ वटा बोरिङ्ग गाडेर करिव ४ हजार धारामा पानी पु¥याउने योजना रहेको जानकारी दिए । 

उनले भने–‘खानेपानी परियोजनाको लागि वि.स.२०७० अशोज २४ गते बोलपत्र(टेण्डर)  समेत गरिएसकिएको छ ।’उक्त परियोजनाबाट करिव २० बर्ष बोर्डिङ्गबाट निकालिएको  पानीले ४ हजार घरधुरीमा खनोपानी पु¥याउने  नगरपालिकाको लक्ष्य रहेको छ । 
बुटवल नगरपालिकाका बरिष्ठ अधिकृत विष्णु प्रसाद खनालले सन् २०१० मा  नै सुरु हुनु पर्ने उक्त खानेपानीको योजना अहिले मात्र सुरु गर्न लागेको प्रति ‘धेरै ढिला नभएको  र कागजी प्रक्रियामा रहेको ’ प्रतिक्रिया दिएका छन् । 

उता, उक्त खानेपानी परियोजनाका  प्राविधिक द्ववारीका प्रसाद फुयालले ४ लाख ५० हजार लिटर  पानी ६ वटा बोरिङ्गबाट निकालिने र बोरिङ्गको लागि  १ सय २५ मिटर गहिराई सम्म पाईप गाड्ने योजना रहेको जानकारी दिए । उनले ९० र २ सय ५० एमएम् को पाईप विच्छाएर सर्वसाधारणहरुलाई खानेपानीको वितरणगर्न लागिएको समेत बताए । काम समयमै सुरु भएमा अवको एक बर्षमा उक्त परियोजना पुरा हुने उनको तर्क रहेको छ । उक्त परियोजनाको लागि ४ लाख लिटर Ôमताका दुई वटा टंयाकी हिलपार्क र मनकामना पार्कमा निर्माण गरिने छ । 
स्थानिय उपभोक्ताहरुले अहिले नेपाल खानेपानी संस्थानबाट खाईरहेको खानेपानीको पाईप काटिने र पुन खानेपानीको  लागि पैसा उठाउनुपर्ने भएको कारण विरोध गर्दै आएको कतिपयको भनाई रहेको छ । 


यसै विच
बुटवल नगरपालिकाले फोहर प्रसोधन केन्द्र निर्माण,  अटोभिलेल निर्माण र  साुमदायिक विकास कार्यक्रम समेत सञ्चालन गर्ने भएको छ । बुटवल नगरपालिका भित्र दैनिक ४५ टन फोहोर उत्पादन हुने गरेकोमा  बुटवल नगरापलिका ९ शिवनगर सामुदायिक वन को खोचमा ४ दशमलभ ८४ हेक्टर क्षेत्रफलमा फोहर प्रसोधन केन्द्र निर्माण गर्ने भएको हो । जसको क्षमता करिव १२ बर्ष सम्म हुने नगरपालिकाले जनाएको छ । जसको लागि कुल अनुमानित लागत ३६ करोड १२ लाख १ हजार ९ सय ९४ रुपैया ६४ पैसाको लागतम निर्माण गर्ने योजना रहेको छ । त्यस्तै अटो भिलेजको लािग १० बर्षका लागि जग्गा लिज सम्झौता भएको भन्दै  २७ करोड ७१ लख ५६ हजार ७ सय ३७ रुपैया ६१ पैसाको लागतमा  अटो भिलेज निर्माण गर्ने लक्ष्य नगरपालिकाको रहेको छ । 

Popular posts from this blog

यस बर्ष सय प्रकारका ब्रान्डीङ्ग उत्पादन बजारमा ल्याउदै छौं

कालिका उच्च माविको ५४ औं बार्षिक उत्सव, नेपालमै नमुना विद्यालय बन्न सुझाव

विषादी परीक्षण केन्द्र सञ्चालनमा ढिलाइ