बुटवलको ‘ठमेल’–ईंटा भट्टीमा खुलेयाम ‘यौन रेट’ को बार्गेनिङ्ग

कृष्ण खनाल 
बुटवल, ५  जेठ । 

‘जाबो १ हजार जान्न जा“दै जान्न’
‘होईन के अलिकती थप्दीन्छु जाउँ न ल ।’
‘उसो भए २ हजार दिनुस् जान्छु ।’ 
‘ल ल हिड् छिटो जाँउ फेरी कप्स (पुलिस) आउँछ जाँउ’

यति संवाद पछि मोटरसाईकल स्टार्ट हुन्छ, अनि २ वटा बाईकमा दुई जना  युवती बस्छन् अनि मिलनचोक तर्फ हुईकिन्छन् । माथिको संवाद र दृश्य बुटवल–११ ईट्टा भट्टीको हो । केही दिन अगाडी रातको समयमा स्थलगत रिर्पोटिङ्गको लागि गएको संवाददाताले यस्तो संवादको प्रत्यक्ष रुपम  सुन्ने अवसर पाएको थियो ।  
रातको करिव सवा १० बजे बुटवलको नयाँबस पार्क पछाडी बाट  ईट्टा भट्टी हुदै  देविनगर तर्फ जाँदै गर्दा बाटोमा दुई जना युवतीहरु कसैलाई कुरेका थिए । कुरेको केही मिनेटमा फोनमा घण्टी बज्यो..... यता बाट युवतीले भनिन्–‘कुरेको एक घण्टा हुन लाग्यो आउने होईन?’  यति भन्न नपाउँदै दुई जना युवक बाईकमा आए । अनि माथि उल्लेख गरेको संवाद स्पष्ट सुरु भएको हो । 

 बुटवलमा पछिल्लो समयमा फस्टाउदै गरेको यौन विकृतीको यो नमुना मात्र हो । बुटवल र यस आसपासमा यौन विकृती यति फस्टाउदै छ कि, जसलाई कतिपय अभिभावकहरुले‘डरलाग्दो सामाजिक समस्या’को रुपमा समेत लिने गरेका छन् । 
केही महिना अगाडी प्रहरीले दुधे बालक छोडेर होटलमा यौन क्रियाकलपा गर्दै गर्दाको अवस्थामा १६ जोडीलाई पक्राउ गरेको थियो  । आपत्ती जनक अवस्था पक्राउ गरेका उनीहरुलाई आफन्तको रोहवरमा आगामी दिनमा उक्त क्रियाकलपा नदोहो¥याउने सर्तमा ईलाका प्रहरी कार्यालय बुटवलले छोडेको थियो । 

प्रहरीले पटक पटक होटलहरुमा छापा मार्न थालेपछि यौन क्रियाकलप गर्नेहरुले नया नयाँ तरिका अपनाउन थालेका छन् ।  बुटवलका केही होटलहरुमा खुलेयाम यौन क्रियाकलाप हुने गरेको समाचार प्रकाशन भएपछि केही महिना अगाडी केही होटलहरुले आफ्नो नाम समेत परिर्वतन गरेका थिए । 
पछिल्लो समयमा खासगरी बुटवल नयाँ बर्ष पार्क पछाडीको क्षेत्र विस्तारै काठमाण्डौंको ठमेल बन्न थालेको केही विश्लेषकहरु बताउँदछन् । सडकमानै यौनक्रियाकलपाको ‘रेट’ बार्गेनिङ्ग गर्ने युवायुवतीहरुको संख्या विस्तारै बढ्दै गएका पाईन्छ । 

 यसरी सडकमा बार्गेनिङ्ग गरेर युवाहरुले कुनै कुनैले अभिभावक नभएको घरमा लैजाने गर्दछन् भने कोही कोहीले घरवटी नभएको भाडामा बस्दै आएको घरमा लैजाने गर्दछन् ।
 होल नाईट (पुरा रात) को र  एक पटक मात्र यौन क्रियाकलप गरेपछि पुन जहाबाट लगेको हो त्यहि स्थानमा छोडिदिने सर्तमा दुईवटा (रेट) मूल्य हुने गरेको एक यौनकर्मी युवतीले बुटवल टुडेलाई जानकारी दिईन् । 
उनले कहिले काही एक रात(होल नाईट)को रेट ५ देखि १० हजार रुपैया सम्म आफुले लिने गरेको बताईन् ।  
केही रेस्टुरेन्टहरुमा पनि यस्ता यौन कर्मी महिलाहरुलाई (वेटर) को रुपम राख्ने गरेको पाईन्छ ।  यसरी वेटरको रुपमा बसेका युवतीहरुलाई पनि रेस्टुरेन्टमा जाँने ग्रहकले आफ्नो ईच्छा अनुसार लैजाने र पुनः त्यहि रेष्टुरेन्टमा ल्याएर छोड्ने गरेको पाईन्छ । 

केही समय अगाडी बुटवलको केही होटलहरुमा होटल सञ्चालकहरुले रातको समय भन्दा पनि दोब्बर भाडा लिदै बुटवलका केही होटलहरुमा दिउसै खुलेयाम यौन धन्दा गराउने गरेको पाइएको थियो । होटलमा एक घण्टा बसेबापत केही होटलहरुमा ५ सय रुपैया देखि ३ हजार सम्म लिने गरेको समेत समाचार सर्वजनिक भएको थियो । 

होटलमा छापा मारे पटक पटक जोडीहरुलाई प्रक्राउ गर्न थालेपछि पछिल्लो समयमा यौन कर्महरुले  होटल छोडेर नजिकैको जंगललाई  यौन प्यास मेटाउने स्थालको रुपमा प्रयोग गर्ने गरेका थिए । तर प्रहरी प्रशासनले समेत पछिल्लो समयमा जंगल खोलाका किनार किनारमा समेत निगरानी गर्न  थालेको छ । 
यसै विच , 
पाल्पाको दोभान गाविस ५ सिद्धबाबा, दोभान झुम्सा, लगायतका स्थानहरुमा विभिन्न स्थानबाट आउने युवा  युवतीहरुले अनैतिक  क्रियाकलाप गर्नुर्ने थलोको रुपमा पहिचान बनाएको छ । अनैतिक क्रियालकपा संगै लागू औषध सेवनमा गर्ने स्थानको रुपमा  प्रयोग गर्न थालेपछि प्रहरी र स्थानिय ले सक्रियता अपनाएका छन् । 
पाल्पाको दोभान गाविसमा रहेको दोभान  युवा सञ्जाल र प्रहरी चौकी दोभानले अनैतीक क्रियाकलाप रोक्नको लागि विभिन्न स्थानमा चेतावनी मुलक होर्डिङ्ग बोर्ड रोखको छ । 
‘होर्डिङ्ग बोर्डमा तपाईंहरु अनैतिक क्रियाकल तथा  लागू औषध सेवन गर्न आउनुभएको हो भने तपाईलाई प्रहरी र सामुदायिक सञ्चालले कडा निगरानी र कारवाही गरिरहेको छ ।’ भनेर उल्लेख गरिएको छ ।  केही समय यता दोभान  प्रहरीले अनैतिक क्रियाकलापमा संलग्न भएको भन्दै  एक महिनामा करिव आधा दर्जन जोडी पक्राउ गरेर आफन्तलाई जिम्मा  लागेको थियो । 

यस्तो क्रियाकलाप बढ्दै गएपछि प्रहरी र स्थानिय  युवा सञ्चालले  त्यस  क्षेत्रमा आउने विशेषगरी युवा युवतीहरुलाई कडा निगरानी गर्ने गरेको छ ।
दोभान  युवा सञ्जालका संयोजक विष्णु पाण्डेले बुटवलबाट दोभान र आसपासमा आएर घण्टौ सम्म खेला  किनार तथा जंगलमा बस्ने  र अनैतिक क्रियाकलपा गर्ने  गरेको पाइएपछि  त्यस्तो  विकृती रोक्नको लागि होर्डिङ्ग बोड राखिएको बताए । 

उनले बुटवलको नजिक शिद्धबाबा देखि पाल्पाको  झुम्सा सम्म करिव आधा दर्ज बढि  चेतावनी स्वरुपका  होर्डिङ्ग बोर्ड राखिएको जानकारी गराए । 
उता, प्रहरी चौकी दोभानका  ईन्चार्ज धिरेन्द्र श्रेष्ठले  विशेष गरी विहान र बेलुकाका समयमा आउने  युवा युवतीहरुलाई कडा निगरानी गरिने र खासगरी स्कुल तथा कलेज पोसाकमा आउने युवा युवतीलाई पाल्पा प्रवेशमा रोक लागाउने गरेको बताए । 





Popular posts from this blog

यस बर्ष सय प्रकारका ब्रान्डीङ्ग उत्पादन बजारमा ल्याउदै छौं

कालिका उच्च माविको ५४ औं बार्षिक उत्सव, नेपालमै नमुना विद्यालय बन्न सुझाव

विषादी परीक्षण केन्द्र सञ्चालनमा ढिलाइ