‘एक लाख बढि विरुवा बाढ्ने अभियानमा–सितलनगर सेक्टर’

कृष्ण खनाल 
बुटवल, १४ बैशाख । 

एक बर्ष भित्र एक लाख भन्दा बढि विरुवा  उत्पादन गरी सितलनगर सेक्टर बनले ‘निःशुल्क विरुवा वितरण’ अभियान सुरु गरेको छ । 
विगतका बर्षहरुमा सेक्टर वन अन्र्तगतका बुद्ध सामुदायिक वन, सितलनगर साुमदायिक वन, प्रगती समुदायिक वन, बुद्ध मावली सामुदायिक वन र मिलन सामुदायिक वन र अन्य उपभोक्ताहरुलाई समेत निःशुल्क रुपमा विभिन्न जातमा विरुवाहरु वितरण  गर्दै आएकोमा यस बर्ष १ लाख १० हजार विरुवा वितरण गर्ने लक्ष्य लिएको सितलनगर सेक्टर वन सहायक वन अधिकृत सत्यनारायण सिंहले जानकारी दिए । 

उनका अनुसार सितलनगर सेक्टर वनको नर्सरीमा अहिले १० हजार बाँसको विरुवा र अन्य प्रजातीहरुमा निम, बडहर, बकाईनो, आसिया, ईमली, जेलवी, सिरिस, ववुल, टिक, जामुन, मसला, सियौ र क्यारिस सिमिया जातका विरुवाहरु हुर्किरहेका छन । 

उक्त नर्सरीले रुपन्देहीमै दोस्रो पटक नमुनाको रुपमा खासगरी चुरे क्षेत्रको संरक्षण र खोलानालाबाट हुने कटान रोक्नमा प्रभावकारी मानिएको बाँसको विरुवा ‘कलमी’ उत्पादन गरेको छ । रुपन्देहीमा नै पहिलो पटक गतबर्ष धेरै संख्यामा बाँसको विरुवा उत्पादन गरी निःशुल्क रुपमा वितरण गरेको सेक्टर वनले अहिले दोस्रो पटक पनि १० हजार  बाँसको ‘कलमी’ विरुवा वितरण गर्ने लक्ष्य लिएको छ । 
सहायक वन अधिकृत सिंहका अनुसार सितलनगर सेक्टरको नर्सरीबाट उत्पादन गरिएका सम्पूर्ण विरुवाहरु निःशुल्क रुपमा सामुदायिक वनहरु र स्थानिय जो सुकै उपभोक्ताहरुले समेत लैलेर रोप्न सक्छन् । विरुवा लिनको लागि छिमेकी गाविसहरु गंगोलिया, सिक्टहन, केरवानी र मर्चवार क्षेत्रबाट समेत मानिसहरु आउने गरेको सहायक वन अधिकृत सिंह बताउँदछन् । 

माघ महिनाको पहिलो हप्ता रोपेको बाँसको विरुवा र अन्य जातका विरुवाहरु अहिले  वनको परिसरमा हुर्किरहेका छन् । सहायक वन प्रमुख सिंले पहिलो पटक बाँसको कलमीगरी विरुवा उत्पादन गरिरहेका छन् । पहिला विउबाट उत्पादन गरेको बाँसको विरुवा वितरण गरेकोमा यस बर्ष छोटो समयमा नै अग्लो र ठुलो हुने कलमी बाँसको विरुवा उत्पादन गरिएको उनी बताउदछन । ‘एउटा बाँसको बोटबाट १५÷१८ वटा विरुवा बनाउन सकिन्छ ।’ बुटवल टुडेसंगको कुराकानीमा उनले भने–‘चुरे क्षेत्रको बिनास रोक्नको लागि र नदि कटान रोक्नको लागि उपयोगी हुन्छ ।’ बाँसमा ३ सय प्रतिशत भन्दा बढि पानि हुने भएको कारण पनि पर्यवरण जोगाएर राख्नको लागि उपयोगी हुने अपेक्षा उनको रहेको छ ।

 जिल्ला वन कार्यालय रुपन्देहीबाट ८ लाख रुपँैया सहयोग पाएको सेक्टर वनले त्यही सहयोगबाट विरुवाहरु उत्पादन गर्दै निःशुल्क रुपमा वितरण गर्दै आएको छ । तर उक्त रकम न्यून रहेको र अझ बढाउनु पर्ने माग  समेत सेक्टर वनको रहेको छ । 
गत बर्ष विभिन्न सामुदायिक वनको १५ हेक्टर क्षेत्रफलमा सेक्टरबाट नै विरुवाहरु लगेर वृक्षरोपण गरिएको  थियो । गत बर्ष मात्रै २ सय बाँसको विरुवा र ७५ हजार अन्य प्रजातीको विरुवाहरु उत्पादन गरिएको थियो । 
उता, प्रगती सामुदायिक वन उपभोक्ता समितिका सचिव पवन पौडेलले  सेक्टर  वनले उपलब्ध गराएको  विरुवाहरु रोपेर आफुहरुले संरक्षण गर्दै आएको वन हराभरा भनेको बताए । 
वनको २.५ हेक्टर  क्षेत्रफलमा बैज्ञनिक वन व्यवस्थापन समेत गर्दै आएको सामुदायिक वनले  ४ हेक्टर क्षेत्रफलमा महिलाहरुलाई कवुलियती वनको रुपमा समेत विकास गरेको छ । उक्त स्थानमा पनि गत बर्ष वृक्षरोपण गरिएको सचिव पौडेल बताउदछन् । 

१ सय भन्दा बढि अमलाको विरुवा रोपिएको उक्त वनमा अवको १० बर्ष पछि बार्षिक १ लाख रुपैया भन्दा बढि आम्दानी अमलाबाट नै हुने वन प्राविधिकहरु बताउँदछन् ।  प्रगती सामुदायिक वनले  उदाहरणीय  कामको रुपमा ‘प्रगती बोटानिकल गार्डेन’ अर्थात प्रगती बगैचा समेत निर्माण गरेको छ ।

 जसमा विभिन्न बनस्पती सम्बन्धी अध्यायन गर्न आउने मानिसहरुलाई यस क्षेत्रमा  हुर्कन सक्ने सम्पूर्ण बोट विरुवाहरु रोपेर अध्यायन स्थलको रुपमा विकास गर्न लागिएको सचिव  पौडेल बताउदछन । 
उनका अनुसार उक्त वगैचामा रोप्नको लागि विरुवाहरु पनि सेक्टर वन सितलनगरले उपलब्ध गराएको हो । ‘अहिले बगैचा स्थापना गरेको करिव ३ बर्ष मात्र भएको छ, यसलाई बनस्पती अध्ययन स्थलको रुपमा विकस गर्ने लक्ष्य रहेको छ ।’–सचिव पौडेलले भने । 

सामुदायिक वन व्यवस्थापन बाट सितलनगर वन सेक्टरका उपभोक्ताहरुले समेत राम्रो आम्दानी गर्दै  आएका छन् । 
स्थानिय निकाय समेत नभएको अवस्थामा समुदायिक वनबाट २५ प्रतिशत  आम्दानीको रकम वन विकासमा, ३५ प्रतिशत गरिवी निवारणमा र १५ प्रतिशत अन्य कामको लागि खर्च गदै आएको पाईन्छ । स्थानिय मानिसहरुलाई विभिन्न उन्नत जातका, फलफुल र अन्य काठका विरुवाहरु वितरण गरेर गरीवी निवारणमा समेत सहयोग पु¥याउने लक्ष्य  वनले लिएको छ । 

Popular posts from this blog

यस बर्ष सय प्रकारका ब्रान्डीङ्ग उत्पादन बजारमा ल्याउदै छौं

कालिका उच्च माविको ५४ औं बार्षिक उत्सव, नेपालमै नमुना विद्यालय बन्न सुझाव

विषादी परीक्षण केन्द्र सञ्चालनमा ढिलाइ