के छ ज्यामिरेमा ?

कृष्ण खनाल 

ज्यामिरे गाउको एक दृष्यि..
एक दिन साँझ पत्रकार मित्र विरेन्द्र कुँबरले फोन गर्नुभयो । ‘कृष्ण जी के छ भोलिको दिन फुर्सद् हो ?’ मैले भने–‘ अँ फुर्सदमै छु, भन्नुस् न केही काम छकी ?’ मेरो प्रश्नको उत्तरमा उहाँले भन्नुभयो –‘तपाई हामी मिलेर ज्यामिरे जाने प्लान बनाएका छौं के छ जान भ्याउनु हुन्छ नि?’ मैले भने–‘किन नभ्याउनु भ्याउँछु नी पाल्पाको ज्यामिरे हो ?’ मैले प्रतिप्रश्न गरे  ।
ज्यामिरे जादै गर्दा बाटोमा थकाईलागेपछि 
 जवाफमा वीरेन्द्र जी ले भन्नुभयो–‘ होईन कहाँको पाल्पा नी ? रुपन्देहीको हो, जाँदा तामनगर सम्म बाईकमा जाउँला अनि २ घण्टा उकालो हिँड्न पर्छ ।’  उहाँले यति भनेपछि तपाई हिँड्न त सक्नु हुन्छ नी ? मैले भने पहाडमा १५ बर्षसम्म हिँडेको मान्छु हुँ क्या किन हिँड्न नसक्नु नी ?  अनि हाम्रो योजना  ज्यामिरे जाने  भयो । पत्रकार लक्ष्मण  पोखरेल, कपिल ज्ञवाली, टोपराज शर्मा, विनोद परियार, विरेन्द्र कुँवर र यो पंक्तिकार ज्यामिरे जाने भयौं । 

ज्यामिरेमा फलेका मकै 
ज्यामिरे पुगेको पत्रकारको  टिम 
 बुटवलबाट  बिहान करिब ८ बजे हामी ज्यामिरेको लागि हिँडेका थियौं । तामनगरमा गएपछि स्थानीय लिलबहादुर घर्तीको घरमा गएर  मोटरसाईकल राख्यौं र पानीको बोतल बोकेर हामी जंगलको बाटो हुँदै ज्यामिरे तर्फ प्रस्तान ग¥यौँ । बिहान खाजा खाएर हामी हिँडेका थिर्याैं ।  झाडी र जंगल बीचको बाटो भएको कारण जेनतेन हामी हिँडरहेका थियौं । घना जंगल र उकालो बाटो भएका हामी सबैजना पसिनाले  निथु्रक्क भिजेका थियौं । 

 बाटोमा हिँड्दा कोही साथीहरुले यो पंक्तिकारलाई भन्ने गर्दथे ‘कृष्ण तिमिलाई हिँड्न त गाह्रो भएको छैन ?’ मैले भने– छैन ‘यस्तो बाटो त गाउँमा हुँदा म कति हिँडेको छु ।’  यस्तै यस्तै कुरा गर्दै हामी ७ जना जंगलको बाटो हुँदै ज्यामिरे जानका लागि हिँडेका थियौं । मध्यान्न १२ बजे हामी ज्यामिरेको बस्तीमा पुग्यौं । शान्त, स्वच्छ र मनमोहक स्थान ज्यामिरे बास्तवमै  प्रकृतिको खानी रहेछ ।

 पहाडबाट आएको चिसो पानी ज्यामिरेको बस्तीमा कलकल बगिरहेको थियो । एकैछिन चिसो पानी खाईवरी सुस्ताएपछि हामी भोक लागेको कारण काँचो मेवा नुनसँग खायौं । पछि खाना खाएपछि विभिन्न मिडियाका साथीहरु कसरी ज्यामिरेको मुद्दा उठाउने भन्ने विषयमा आ–आफ्नै ढंगले विभिन्न समाचारको विषय (एंगल) पत्ता लगाउन थाल्यौं । म पनि सोही अनुरुप नै रिपोर्टिङ्गमा लागँे ।
ज्यामिरेमा फुलेको फुल
 ज्यामिरको बारेमा रिपोर्टिङ्ग गरि दिउँसो करिब ३ बजे हामी त्यहाँबाट फर्कियौं । ज्यामिरेको बारेमा हामी फरक फरक मिडियाका साथीहरु गएका थियौं जुन म भन्दा सिनियर व्यक्तित्वहरु हुनुहुन्थ्यो । मैले पनि आफूले पहिल्याएको ज्यामिरेको विषयमा २ वटा समाचार प्रकाशित पनि गरेँ । ज्यहाँ जाँदा मैले तयार गरेको  एउटा विवरण यस्तो छ ः

बुटवलको तामनगरदेखि उत्तरतर्फ करिब ७ किलोमिटर जंगलको उकालो कच्ची बाटो हिँडेपछि मात्रै  एउटा गाउँ आउँदछ । जुन गाउँको नाम हो ज्यामिरे । झट्ट उक्त बस्तीको नाम सुन्ने  जो कोहीले पनि  अनुमान लगाउँदछ ज्यामिरे पाल्पा हो भनेर ।  तर उक्त गाउँ बुटवल नगरपालिको वडा नम्बर १४ अन्तर्गत पर्दछ ।  वि.सं. २०४० सालतिरबाट बुटवल नगरपालिका भित्रै पर्ने ज्यामिरे बस्तीलाई  कुनैले त ‘बुटवलको कर्णाली’ को उपमा समेत दिने गरेका छन् । अहिले सम्म सडक यातायातले नजोडिएको ज्यामिरे बस्तीमा संभावना धेरै छन् । त्यहाँको स्रोत साधनको उच्चमत प्रयोग गर्ने हो भने ज्यामिरे बस्ती साँच्चै नै  बुटवल नगरभित्रको एउटा ‘उदाहरणीय बस्ती’ बन्नेमा कसैको दुईमत छैन ।  
थकाई लाग्यो के 
स्वाथ्य उपचार, शिक्षाको लागि तामनगर सम्म आउनै पर्ने ज्यामिरेका बासिन्दाहरुमा छ भने कुनै पनि प्रशासनिक कामको लागि पनि उनीहरु बुटवल नगरपालिका सम्म धाउनु पर्ने बाध्यता छ । सानो कच्चीबाटो घना जंगल, खोला र खोल्साहरु काट्दै तलमाथि गर्ने ज्यामिरेबासीहरु नगरबासी भएकोमा कुनै गर्व छैन । अपत्यारिलो स्थानमा समाज बनाएर बसेका ज्यामिरेबासीहरु पीडा र अभावमा बाँचिरहेका छन् । चारैतिर जंगलले घेरिएको सो बस्तीमा जंगली जनावर र चराचुरुड्डीको बाहेक अरु केही कतैबाट आवाज समेत आउँदैन । 
बुटवल टुडेमा २०७० बैशाख ६ गते प्रकाशित लेख 
वि.सं.२०४० सालतिर नन्दविर बहादुर गाहा पहिलो पटक ज्यामिरे आएका थिए । अहिले उक्त गाउँमा  ८ वटा घरधुरी छन् । जनसंख्या जम्मा ४९ जना छन् । ज्यामिरे टोल विकास समितिका अध्यÔ रहेका ४९ वर्षीय  नन्दबिर गाहाले ज्यामिरेमा संभावना धेरै भएको भएपनि सरकारी पछौटेपनको कारण आफूहरु मर्कामा परेको जानकारी दिए । नगरपालिका भित्र रहेका बस्तीलाई नगरपालिकाले विकास निर्माणमा कुनै पनि सहयोग नगरेको उनीहरुको गुनासो रहेको छ । ‘नगरपालिका भित्र भएको भए त हामीलाई नगरपालिकाले हेर्नथियो होला तर नगरभित्र छौं जस्तो नै लाग्दैन,’ स्थानीय नन्दविर गाहाले भने । 
उक्त गाउँमा करिब साढे ४ बिगाहा पक्की (लालपूर्जा) र अरु कच्चीजग्गामा उनीहरु खेति किसानी गर्छन् । बाख्रा कुखुरा बेचेर नुन तेलको जोहो गर्छन । बुटवलबाट चामल नओसारे सम्म ज्यामिरेका स्थानीयहरुले भात खान पाउँदैन्न । मलिलो माटो, पानी र शितल हावा रहेको ज्यामिरे बस्तीमा तरकारी र पशुपालनको संभावना अथाह रहेको छ ।

अँध्यारो छैन ज्यामिरेः नगरपालिकाको सहयोगमा केही बर्ष अगाडि ७ वटा सोलार ज्यामिरेबस्तीका मानिसहरुले पाएका थिए । त्यसको उज्यालोमा उनीहरुले रात कटाउने गर्दछन  । ६ हजार स्थानीयले उठाएर दिएका हुन भने अन्य बुटवल नगरपालिकाले अनुदान दिएको थियो । जसको कारण उनीहरुले  बुटवल नगरपालिकामा जस्तो लोडसेडिङ्गको मारमा परेका छैन्न ।  नगरपालिकाले बनाएको कमेरे खोलामा सामान्य फलामको पुल,३ सय ५० मिटर खानेपानीको सानो पाइप, धान कुट्ने मेसिन नगरपालिकाल अनुदान दिएको हो । त्यसबाहेक अहिलेसम्म कुनै पनि सहयोग नभएको ज्यामिरेबासीहरु बताउँछन्  । 
बस्तीमा बहादुर गाहा, जोगबहादुर घर्ती, मानबहादुर घर्ती, होमबहादुर गाहा, समर गाहा, देबबहादुर घर्ती, लिलबहादुर खत्री, नन्दबिर गाहा घरमुलीका  रुपमा रहेका छन् ।  वडा कार्यालय र नगरपालिकामा पटक÷पटक पुगेर विकासको माग ज्यामिरेबासीले गरिरहेका छन् । वडा नागरिक मञ्चको सदस्य समेत रहेका नन्दबीर गाहाले आफू धाउनुको कुनै अर्थ नभएको बताउँछन् । ६० रुपैयाँ खर्च गरेर वडा र नगरपालिकामा पटक÷पटक  गएपपिन कुरा नसुनेको उनले   बताएका थिए । 

बुनपा–१४ का निवर्तमान जनप्रतिनिधि तिलबहादुर रोकाका अनुसार २०५७ साल यता त्यहाँ जनप्रतिनिधिहरु पुगेका छैनन्  । वि.सं. २०५४ सालसम्म बुटवल नगरपालिकालाई समेत यो बस्तीको बारेमा थाहा थिएन । त्यतिखेर निर्वाचन हुने बेलामा यो बस्ती बुटवल नगरपालिका वडा न. १४ मा पर्ने कुरा थाहा भएको थियो । तत्कालिन मेयर भोजप्रसाद श्रेष्ठको  पालामा खानेपानीको पाईप बिस्तार गरिएको थियो ।  बस्तीको पूर्वतर्फबाट बग्ने कमिरे खोलाको मुहानबाट पाईपमै घरमा पानी आएपछि त्यहाँ खुशियाली छाएको थियो । 
रिसोर्ट खोल्न सकिन्छः उक्त स्थानमा एउटा प्राकृतिक रिसोर्ट सञ्चालन गर्न सकेमा बास्तवमै त्यस क्षेत्रका मानिसहरुमा परिर्वतन आउनेछन । त्यहाँ अहिले लोकल कुखुराको स्वादसँगै प्राकृतिक वातावरणमा रमाउँदै खाना खानको लागि अहिले पनि कुनै छेकवार छैन । त्यहाँका स्थानीय बासिन्दाहरु सबैले लोकल कुखुरा (भाले) को बथान नै पालेका छन । भने खसीको मासु खानेहरुको लागि पनि एक घरमा ४० देखि ४५ वटा बाख्रा पालेका छन् ।  साताभरी कार्यव्यस्तताको कारण एक दिन बिदा मनाउने र स्वास्थ्यलाई समेत फाईदा पुग्ने गरी पैदलै हिँडेर उक्त स्थानमा पुग्ने हो भने त्यहाँका स्थानीय मानिसहरुको आर्थिक स्थिति परिर्वतन ल्याउनको लागि तपाईले समेत सहयोग गर्न सक्नुहुनेछ । 

के गर्न पर्छ स्थानीय निकायले ? स्थानीय निकायले ज्यामिरेको विकासको  लागि मात्र एक चिम्टी मात्र विकास गरेको छ । उक्त स्थानको विकासको लागि बुटवल नगरपालिकाले आफ्नो विकासको आँखा सहरमा मात्र होईन गाउँ गाउँमा पनि पु¥याउन जरुरी रहेको छ । बुटवल नगरपालिका आफँैमा देशभरिकै उत्कृष्ट नगरपालिका बनेको प्रमाणपत्र सजाएर मात्र विकासको फुई लगाउनुको कुनै अर्थ छैन ।   यसको लागि ज्यामिरे जस्ता संभावना बोकेका क्षेत्रको विकासको लागि समेत योगदान दिनु आवश्यक छ । नगरपालिकामा पटक–पटक विभिन्न कामले आउने गरेका  ज्यामिरेका स्थानीयहरुले ‘कि निकास चाहियो कि विकास चाहियो’ भन्ने गरेका छन् । तर, नगरपालिका अहिले पनि कुरा सुनेको नसुनै गरेको छ । अबिलम्ब यसको विकासको लागि सोच्नु जरुरी रहको छ  । (लेखकः अपाङ्ग पत्रकार संघका केन्द्रीय सदस्य तथा पश्चिमाञ्चल संयोजक हुन्)  krishnanews1@gmail.com

Popular posts from this blog

यस बर्ष सय प्रकारका ब्रान्डीङ्ग उत्पादन बजारमा ल्याउदै छौं

कालिका उच्च माविको ५४ औं बार्षिक उत्सव, नेपालमै नमुना विद्यालय बन्न सुझाव

विषादी परीक्षण केन्द्र सञ्चालनमा ढिलाइ