दुर्घटनाको खानी पाल्पा

३ बर्षमा १ सय ६८ वटा दुर्घटना, २ सय ६७ जनाको मृत्यु 
कृष्ण  खनाल
पाल्पा २८ चैत । 
यहि चैत १४ गते तानसेन नगरपालिका १४ वृन्दावनमा लु १ ख ४९३५ नम्बरको ट्रकले लु ४ प ९९०४ नम्बरको मोटरसाईकल लाई ठक्कर दियो । घुमाउरो बाटोमा मोड परेको कारण मोटरसाईकल चालक रुपन्देहीका मणिग्राम स्थायी घर भएका ४५ बर्षका मेहर सिंह  सुनारको उपचारको क्रममा मृत्यु भयो । 

त्यस्तै यहि चैत महिनामा नै  तानसेन नगरापलिका ४ श्रीनगर  उच्च मावि अगाडी लु १ ख ५५९७ नम्बरको बसले लु १६ प ३१८ नम्बरको मोटरसाईकलाई ठक्कर दियो । मोटरसाईकलमा सवार गुल्मी जिल्लामो मुझुंग स्थायि घर भएका ३१ बर्षिय झविन्द्र गौतम गम्भिर घाईते भई अलिहे उपचारको क्रममा रहेका छन । 

माथिका यि घटनाहरु एउटा प्रतिनिधी घटनामात्र हुन् । पहाडी मार्गमा धेरै मोड हुनुको साथै ग्रेड अनुसार  सडक निर्माण नगरिएको कारण पाल्पा जिल्लामा पटक पटक सामान्य देखि गम्भिर प्रकृतीका दुर्घटनाहरु हुने गरेका छन । 

जिल्ला ट्रफिक कार्यालय पाल्पाका अनुसार गएको तिन बर्षमा कुल १ सय ६८ वटा दुर्घटना भई २ सय ६७ जना मानिसको मृत्यु भएको छ । जिल्ला ट्राफि कार्यालय पाल्पाका प्रहरी हवलदार कुल बहादुर गुरुंगले उपलब्ध गराएको तथ्यांक अनुसार पाल्पा जिल्लामा गएको तिन बर्षमा कुल १ सय ६२ जना मानिस गम्भिर घाईते भएका छन । त्यस्तै सामान्य घाईतेको संख्या कुल ३ सय १७ रहेको छ जुन तथ्यांक आर्थिक बर्ष ०६६÷०६७, ०६७÷०६८ र ०६८÷०६९ को मात्र हो । यस बर्षको फागुन महिना सम्म कुल २५ वटा दुर्घटना भएका छन ।  २५ वटा दुर्घटनाबाट फागुन महिना सम्म ३३ जना मानिसको मृत्यु भएको छ । जसमा पुरुष २९ जना र महिला ४ जनाको मृत्यु भएको छ । 
फागुन महिना सम्म जिल्लामा गम्भिर घाईते ३१ जना  भएका छन्  भने साधारण घाईते ५५ जना रहेका छन । 
जिल्ला ट्राफिक  कार्यालय  पाल्पाका अनुसार आर्थिक बर्ष ०६६÷०६७ मा ट्रक ७ वटा दुर्घटना भएका छन भने बस  ८ वटा, कार जीप ६ वटा, ट्याक्टर १० वटा, मोटरसाईकल ८ वटा र अन्य १ वटा गरी कुल ४० वटा दुर्घटना  भएका छन । त्यस्तै आर्थिक बर्ष ०६७÷०६८ मा ट्रक ८ वटा, बस १० वटा, कार जीप ७ वटा, ट्याक्टर ८ वटा र मोटरसाईकल १० वटा दुर्घटना भएको तथ्यांकमा पाईन्छ । 
त्यस्तै गत आर्थिक बर्ष ०६८÷०६९ मा ट्रक १५ वटा,  बस १२ वटा,  कार जीप २३ वटा, ट्याक्टर ६ वटा  र मोटरसाईकल २९ वटा गरी कुल ८५ वटा  दुर्घटनाहरु भएका छन । 
चालु आर्थिक बर्षमा पाल्पा जिल्लामा सबैभन्दा बढि दुर्घटना कार्तिक महिनामा ५ वटा भएका छन् भने दुर्घटनाबाट सबैभन्दा बढि मानिसको मृत्यु भने माघ महिनामा भएको छ । जुन महिनामा १५ जनाको मृत्यु हुुनुको साथै १७  जना घाईते भएका थिए । त्यस्तै अन्य साउन महिनामा ४ वटा  दुर्घटना  भएको थियो भने जसमा २ जना पुरुषको मृत्यु भएको थियो भने ६ जना घाईते भएका थिए । त्यस्तै भदौ महिनामा २ वटा दुर्घटना  भएको थियो भने २ जनाको नै मृत्यु हुनुको साथै १ जना घाईते भएका थिए । 
पाल्पाको सडकमा बाटो काट्दै 

त्यस्तै  अशोज महिनामा ४  वटा दुर्घटना भएकोमा ४ जनाको मृत्यु हुनेको साथै १ जना घाईते भएका थिए । मंसिर महिनामा एउटा मात्र दुर्घटना भएको र १ जना मात्र घाईते भएको जिल्ला ट्राफिक कार्यालय पाल्पाले जनाएको छ ।कार्तिक महिनामा ५ वटा दुर्घटना भई ५ जनाको मृत्यु  र ४६ जना घाईते भएका थिए ।  त्यस्तै पुस महिनामा ३ वटा दुर्घटना भएकोमा २ जनाको मृत्यु र ५ जना घाईते भएका थिए । माघ महिनामा ४ वटा दुर्घटना भएकोमा १५ जनाको मृत्यु र १६ जना घाईते भएका थिए ।  फागुन महिनामा कुल २ वटा दुर्घटना भएकोमा २ जनाको मृत्यु  हुनुको साथै १ जना घाईते भएको थिए । 

 यहा प्रस्तुत गरिएको तथ्यांक यस क्षेत्रमा हुने दुर्घटनाको  स्तरमा सबैभन्दा बढि भएको मानिन्छ । पहाडी जिल्लामा सबैभन्दा बढि दुर्घटना हुने जिल्लाको रुपमा पाल्पा रहेको विभिन्न तथ्यांमा पाईन्छ । 
पाल्पा जिल्लामा जम्मा १६ जना मात्र ट्राफिक प्रहरीहरु रहेका छन् ।  जिल्लामा अहिले सम्म  बाटो काट्नको लागि जेब्रा क्रसिंग कुनै पनि स्थानमा बनाइएको छैन ।
जिल्लामा पटक पटक हुने दर्घटना न्युनीकरणको लागि अहिले सम्म कुनैपनि ठोस कार्यक्रम नभएकोले निश्चित नीति तथा कार्यक्रम ल्याउनु पर्नेमा सरोकारवालाको भनाई रहेको छ । 




Popular posts from this blog

यस बर्ष सय प्रकारका ब्रान्डीङ्ग उत्पादन बजारमा ल्याउदै छौं

कालिका उच्च माविको ५४ औं बार्षिक उत्सव, नेपालमै नमुना विद्यालय बन्न सुझाव

विषादी परीक्षण केन्द्र सञ्चालनमा ढिलाइ