४ बर्षमा पनि नटुङ्गने सडक

कृष्ण खनाल
पाल्पा, ३० चैत । 
पसिनाले निथुक्क भिजेकी पाल्पाको कोलडाँडा गाविस ६ घङ्गन्रछापकी कुमारी घर्तिमगरले ढाडमा ५ बर्षको छोरा बोकेकी थिईन् ।  छोराका लागि चाहिने आवश्यक कपडा तथा खानेकुरा पनि उनले साथैमा बोकेकी थिइन् । सुईँयया् सुस्केरा हाल्दै  ठाडो उकालेमा हिड्दै गरेकी उनले नजिकैको आफ्नो साथीलाई भनिन्—‘पैसा उठाएर बाटो बनाइयो तर हाम्लाई भने दुःखको दुःखै ।’ 

घरबाट दुई घण्टाको ओरालो र उकालो बाटो हुदै शुक्रबार दिउँसो करिव १ बजे  पाल्पाको मस्याम गाविस नजिकैको चरचरेको उकालोमा भेटिएकी घर्तिमगरले मिहिनेतले तरकारी बेचेर कमाएको ७ हजार रुपैँया बाटोको लागि खर्च दिएको थिईन् । तर आज भन्दा करिव ४ बर्ष पहिला नै उनी जस्ता गाउका सबैले न्युनतम् ७ हजार देखि ५० हजार रुपैया सम्म बाटोको बनाउनको लागि रकम उठाएर खर्च गरेका थिए ।

तर उनीहरुले उठाएको पैसाले बाटो तर बन्यो तर गाडी चलेन । गाडी नचल्दा गाउका स्थानियले उत्पादन गरेको तरकारी, खसी बोका समेत बेच्नको लागि समस्या परेको स्थानिय विष्णु बहादुर थापा बताउँदछन् । 
पाल्पाको मस्याम गाविसको चरचरे देखि कोलडाँडा गाविस भवन सम्म पुग्नेको लागि ९ किलोमिटर बाटोे खनिएको भएपनि अहिले सम्म गाडी गुडेको छैन  । सिद्धार्थ राजमार्ग संग जोड्नको लागि खनिएको भएपनि बाटो चितुंगधारा नजिकै एक भिरमा आएर टुंगीएको छ । 

ग्रेड विना निर्माण गरिएको बाटो सिद्धार्थ राजमार्ग सम्म जोड्नको लागि  खर्च बढि लाग्ने भएको कारण भिरमा ल्याएर टुंगीएको छ । विच बाटोमा खोला परेको कारण हिउदामा मात्र गाडी चल्ने बनाउनको लाग समेत निकास नहुदा समस्या भएको स्थानियको भनाई रहेको छ । स्थानिय विष्णु बहादुर थापा भन्दछन् —‘केही महिना मात्र चल्ने बाटोको लागि धेरै खर्च गर्न उचित लागेन र त्यतिकै बाँकी रहेको छ । उक्त बाटोमा बर्षभरी नै सडक पुर्याउनको लागि खोलामा पुल निर्माण गर्नु आवश्यक  छ । जसको  लागि खर्च बढि लाग्ने देखिन्छ । 
 ९  किलोमिटर बाटो गाविस कार्यालय जानको लाग सहज होस भन्ने हेतुले खनिएको थियो ।

 आर्थिक बर्ष २०६६÷०६७ मा करिव ७० लाखको लागतमा निर्माण गरिएको भएपनि अहिले सम्म पुरा हुन सकेको छैन । 
त्यस्तै पाल्पाको मस्याम गाविस ४ को जोरधार देखि पाताल गाउ जोड्ने बाटोको पनि अवस्था यस्तै छ । करिव ४ किलोमिटर बाटो विचारी दमार सामुदायिक बनकोको विचमा गएर यतीके टुंगीएको छ । स्थानिय पातालका मानिसहरु, गाउ विकास समिति र त्यहा संञ्चालनमा रहेको चुनढुंगा खानी बाट प्राप्त भएको अनुदानबाट केही किलोमिटर बाटो खनिएको भएपनि सडक मापदण्ड भन्दा भिन्दै तरिकाले निर्माण गरिएको कारण अहिलेसम्म पुरा भएको छैन । अहिले उक्त बाटोमा मानिस त हिड्न अफ्ठारो हुन्छ  भने पसु चौपाया समेत हिड्नै नसक्ने गरी भत्कीएको छ । 

पताल गाविस स्थानिय विष्णु बहादुर सारुले आफुहरुको निकासको लागि बाटो निर्माण गर्न सुरु गरिएको भएपनि केही मानिसहरुको विरोधको कारण बाटो विचैमा अलपत्र  परेको बताए । उक्त सडक मापदण्ड विपरित, सडकको ग्रेड विना नै निर्माण गरिएको कारण रोक्का गरिएको जिल्ला प्रविधिक कर्यालय पाल्पाका ईन्जिनियर प्रेम नारायण बस्याल बताउदछन । उनले उक्त स्थानमा बाटो लैजाँदा  प्रमुख राजमार्ग नै असर पर्ने भएको कारण बैकल्पीक स्थान खोज्नुपर्ने समेत बताए । पाल्प जिल्लामा रहेको  २ हजार २ किलोमिटर सडक मध्ये बर्षभरी नै  गाडी  गुड्ने सडक जम्मा ७१ किलोमिटर रहेको छ । 

जिल्ला प्राविधिक कार्यालय पाल्पाका अनुरा जिल्लामा आर्थिक बर्ष ०६५÷०६६ मा १ सय ३० वटा सडक खनिएको थियो जसमा १६ करोड ३७ लाख ६६ हजार रुपैया खर्च भएको थियो । त्यस्तै ह आर्थिक बर्ष ०६६ ÷०६७ मा १ सय १९ वटा सडक खनिएको थियो जसमा ४ करोड ३१ लख १९ हजार रुपैया खर्च गरिएको । आर्थिक बर्ष ०६७ ÷०६८ मा १ सय ४२ वटा सडक खन्नको लागि ५ करोड ९३ लाख २८ हजार रुपैया र आर्थिक बर्ष २०६८ ०६९ मा १ सय ९ वटा सडक खन्नको लागि १९ करोड ७४ लाख रुपैया खर्च गरिएको छ । त्यस्तै आर्थिक बर्ष ०६९ ÷ ०७० मा गरिव २६ करोड रुपैया सडकमा खर्च भएको छ । 


Popular posts from this blog

यस बर्ष सय प्रकारका ब्रान्डीङ्ग उत्पादन बजारमा ल्याउदै छौं

कालिका उच्च माविको ५४ औं बार्षिक उत्सव, नेपालमै नमुना विद्यालय बन्न सुझाव

विषादी परीक्षण केन्द्र सञ्चालनमा ढिलाइ