धकेल्दै दसैं यात्रा...


कृष्ण खनाल
बुटवल, असोज ।
गतवर्ष देशको विसम परिस्थितिका कारण अभावै अभावको दसैं यात्रा गर्न बाध्यभएका नेपालीहरुलाई यस बर्ष प्रकृतिले साथ नदिने छाँटकाट देखाएको छ ।
आफुभन्दा ठुला मान्यजनबाट टिका आसिरवातग्रहण गर्नको लागि  यात्रा गर्ने नेपालीहरुलाई प्रकृति वाधक बन्न सक्ने निश्चित भएको हो । खासगरी  पहाडी जिल्लाहरुमा यात्रा गर्ने यात्रुहरुको दसैं यात्रा हिले दसंै भएको छ । प्रदेश नम्बर ५ का पहाडी जिल्लाहरु गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, रोल्पा सल्यान  दाङ्ग र नवलपपरासी जिल्लाको केही भागमा यात्रा गर्ने यात्रुहरुले सडककै कारण सास्ती खेप्न बाध्य छन् । 
अर्घाखाँची
नेपालमा  सबै गाविसहरुमा सडक यातायात पुगेको पहिलो पहाडी जिल्ला अर्घाखाँची हो ।  जिल्लाको सबै गाविसमा मोटरवाटो(सडकयातायात)ले जोडीएको छ । तर जिल्ला सदरमुकाम सन्धीखर्क देखि गोरुसिङ्गे कपिलवस्तु बाहेक अन्य जिल्लाको सडक कालेपत्रो गरिएको छैन । सदरमुकाम देखि केही गाविसहरुमा जोड्ने मोटरबाटो ग्राभेल गरिएको भएपनि बर्सातको समयमा सडकको अवस्था दुरावस्तामा परिणात हुन्छ । पहिला ४२ हालः ३५ वटा गाविस र एक वटा नगरपालिका रहेको अर्घाखाँचीमा  एक गाविसमाकम्तिमा २२ वटा सम्म सडक खनिएका छन् । जुन सडक मौसमीसडक हुन । हिउदको केही महिनामा मात्र सञ्चालन हुने सडक बर्षातको समयमा सडक हो की पहिरो हो भन्न सकिन्दैन । 
सबै सर्वसाधारणलाई यातायातको सुविधा र्पुयाउने उद्देश्यले जिल्ला विकास सििमत, गाउ विकास सििमत र स्थानिय गाउलेहरुको लगानीमा बाटो खनिएको हो  । तर त्यहि बाटो स्थानिनियहरुको लागि गलपासो बन्ने गरेको छ ।
ठुला चार्डपर्वको समयमा स्थानिय बासिन्दाहरुले बाटोकै कारण सास्ती खेप्न बाध्य छन् । जिल्लामा निर्माण भएका १ सय ५१ स्थानीय कच्ची सडक, २८ मुख्य सडक, ५० वटा गाउँ स्तरीय र जिल्ला स्तरीय ९६ वटा सडक छन । भने यो बर्ष १६ वटा सहायक सडकको निर्माण कार्य जारी छ भने ९ वटा जिल्लाका मुख्य सड्कको स्तान्नोत्तरी कार्य गरिएको छ । 

गुल्मीः
गुल्मी जिल्ला पनि सडक यातायातको सञ्जालले जेलिएको जिल्ला हो । तर सडकको स्तरउन्नती र दिगो सडक निर्माण कार्य नगरिएको कारण स्थानियहरुले सडककै कारण पटक पटक सास्ती खेप्न बाध्य छन् । 
गुल्मी जिल्लामा रिडीदेखि तम्घास सम्मको ४२ कि.मि. सडक कालोपत्रे भैसकेको छ भने जिल्लाको मेरुदण्डका रूपमा रहेका तम्घास–चौरासी–पुर्कोटदह मोटरबाटो र रिडी–रुद्रवेणी–वामी मोटरवाटो कालोपत्रे गर्नको लागि निर्माण कार्य अघि बढिरहेको छ ।
 यस जिल्लाका सबै वटै गा.वि.स.हरूमा प्राय हिउ“दमा जिप चल्न सक्ने मोटरवाटोले छोईसकेको छ भने करिव आधा जसो गाविसहरूमा हिउँदमा बस संचालन हुने गरेको छ । करिव ९ सय ४५ कि.मि. कच्ची सडक यस जिल्लामा निर्माण जिल्ला विकास समितिले जनाएको छ । 
जिल्लामा पक्की पुल ९ वटा रहेका छन् । एक दर्जन जति पक्की पुलहरू निर्माणाधिन अवस्थामा रहेको जिविसको वेभसाईटमा उल्लेख छ । सडकको अवस्था ‘मौसमी सडक’ सडक भएको कारण स्थानियहरुले सास्ती खेप्न बाध्य छन् । 

दाङ्गः
दाङ्ग जिल्लाको भित्री मधेस अन्र्तगत  पर्दछ । तर यस जिल्लाबाट केही पहाडी गाविस र जिल्लामा जाने सडकको अवस्था राम्रो छैन । कच्ची सडकको कारण स्थानियहरुले सासथी खेप्न बाध्य छन् । तुल्सीपुर सल्यान सडक  जिल्ला सडक समेत गरी ४७०० कि.मी. भन्दा वढी सडक रहेको जिल्ला विकास समितिले जनाएको छ । सवै गा.वि.स.तथा नगरपालिका सडक सञ्जालले जोडीएको छ । 
जिल्लाका ७ वटा गाविसहरु पहाडी क्षेत्रमा पर्दछन् । लक्ष्मीपुर, रामपुर, स्युजा, सैघा, काभ्रे, लोहरपानी, हासिपुर गाविसमा सडक सञ्जालले जोडीएपनि बर्षभरी यातायातका साधानहरु सञ्जालन हुन सक्दैनन् । रामपुर र लक्ष्मीपर गाविस तराई संग जोडीएका गाविस भएको कारण केही सहज भएपनि अन्य गाविसहरुम ६ महिना मात्र सवारी चल्न सक्दैनन् । ६ महिनामा ५ महिना बाटो  सञ्चालन हुने भएपनि बर्षातको समयमा पहिरोको कारण सडक पुरै ठप्प हुने स्थानियको भनाई रहेको छ ।   
रुकुमः 
प्रदेश नम्बर ५ को राप्ती अञ्चलमा पर्ने रुकुम जिल्ला पनि सडक सञ्जालले जोडीएको जिल्ला हो । तर यस क्षेत्रमा सदुरमुका जोड्ने सडक बाहेक अन्य सबै सडक कच्ची छन् । पहडी जिल्ला, कच्ची सडक भएको कारण सर्वसाधारणरुले बर्षभरी नै मोटर चढ्न पाउदैनन् । राष्ट्रिय लोकमार्ग (कालोपत्रे चरणमा) ३० कि.मि. रहेको छ भने मध्य पहाडी लोकमार्ग ८५ कि.मि.जिल्लामा रहेको छ । आरआरआरएसडीपि  परियोजानबाट  जिल्लामा कुल ५१.५३० कि.मी सडक निर्माण गरिएको छ । जिल्लामा ग्रामीण सडक २ सय ३५ कि.मी.रहेको छ । 
बर्षभरी नै गाडी गुड्ने सडक  १ सय ५० कि.मी र ट्याक्टर गुड्ने ५० कि.मी मात्र रहेको जिल्ला विकास समितिको वेभसाईटमा उल्लेख गरिएको छ । जिल्लामा अहिले झुलुङ्गे पुल (निर्माणधिन २ र  विस्तृत सर्भे ७ समेत) ९१ वटा रहेका छन् । 
रोल्पाः
 रोल्पा जिल्ला पनि सडक यातायातले हिसावले सुगम जिल्ला हो । तर अधिकांस सडक कच्ची छन् । जम्मा ५२ किलोमिटर मात्र सडक कालेपत्रे गरिएको जिल्लामा  गत बर्ष सम्म कुल ५ सय २५ किलो मिटर  कच्ची सडक खनिएको थियो । यस बर्ष कुल ५८  किलोमिटर गरी जिल्लामा कुल कच्चीसडकको अवस्था ५ सय ८३ किलोमिटर रहेको छ ।  जिल्लामा कुल ग्राभेल सडक ३८ किलोमिटर मात्र रहेको छ ।  जिल्ला विकास समितिको तथ्यांक अनुसार पक्की सडक — लिवाङ–खुंग्री (गा.वि.स.)सम्म ३८ कि.मि., ग्राभेल सडक , दाङको घोराही–नुवागाउँको तिला सम्म ५६ कि.मि ग्राभेल सडक , लिवाङ–दारबोट २५ कि.मि. ग्राभेल सडक,  तिला–दारबोट १० कि.मि. कच्ची सडक, दुई खोली राङकोट ३.५ कि.मि. कच्ची सडक, सुलिचौर— फुलिवन २७ कि.मि. रहेको छ । 
नवलपरासीः
नवलपरासी जिल्ला केही भाग तराईमा परेपनि १६ वटा गाविस पहाडी  क्षेत्रमा पर्दछन् । खासगरी चुरे पहाडको काखमा रहेको जिल्लामा पहाडी क्षेत्रमा जाने अधिकांस सडक कच्ची रहेका छन् । नवलपरासीको दलदले–बुलिङ्गटार, दुम्किबास–सर्दी, झ्यालबास–धौवादी लगायतका भित्री  जिल्लाको पहाडी गाविसहरु अर्खला, बुलिङ्गटार, धौंवादी, डेढगाउ, डाडाझेरी गाविसमा पनि जाने सडक कच्ची छ । 
प्युठानः
प्युठान जिल्लाका सडकहरु मध्ये केही किलोमिटर मात्र सडक कालेपत्रे गरिएको छ । पुर्वपश्चिम राजमार्गमा दाङ्गकोे भालुवाङ्ग देखि  प्युठान सदरमुकाम खलङ्गा सम्म ३१ किलोमिटर र भालुवाङ्ग देखि खलङ्गा सम्म ७६ किलोमिटर, बाग्दुला वाहने ४ किलोमिटर बाहेक अन्य सडकहरु कालेपत्रे हुन सकेका छैनन् । 
जिल्लामा  बाग्दुला देखि मच्छी सम्म १३ किलोमिटर, बाग्दुला देखि वहाने ९ किलोमिटर र सदरमुकाम खलङ्गा देखि  चुजाँठाटी सम्म कुल १३ किलोमिटर मात्र सडक ग्राभेल गरिएको छ । जिल्ला विकास समितिका अनुसार जिल्लाको कुल १ सय २  किलोमिटर सडक पक्की छ भने ७५किलोमिटर कच्ची र अन्य ३ सय ११  किलोमिटर सडक कच्ची छ । 
१७ वटा सडकले मात्र अस्थायी रुटप्रमिट पाएको जिल्लामा अधिकांस भित्री गाविसहरुरुमा चल्ने सडकहरुमा १२ महिना गाडी चल्दैनन् । बर्षातको समयमा गाडी नचल्ने सडको संख्या बढि  धेरै छ । जिल्लाको स्यालीवाङ्ग, रजवारा, पुजा, अर्खावाङ्ग, खुङ्ग, नारिकोट, डाम्री, खवाङ्ग, तुसरा, कोचिवाङ्ग लगायतका गाविसहरुमा बर्षमा आधा दिन मात्र गाडी जान्छन् । 

Popular posts from this blog

यस बर्ष सय प्रकारका ब्रान्डीङ्ग उत्पादन बजारमा ल्याउदै छौं

कालिका उच्च माविको ५४ औं बार्षिक उत्सव, नेपालमै नमुना विद्यालय बन्न सुझाव

विषादी परीक्षण केन्द्र सञ्चालनमा ढिलाइ