४० बर्ष शिक्षण पेशापछि व्यवसायीक माछापालन

कृष्ण खनाल
बुटवल, २३ भदौ । 
कुनै पनि पेशाबाट सेवा निवृत्तभएपछि अधिकांस व्याक्तिहरुले सुःख शान्तीमा जिवन विताउने गर्दछन् । अधिकांस व्याक्तिहरुले सेवा निवृत्त व्याक्तिहरु काम भन्दा पनि ऐस आराममा दिन विताउने मन पराउदछन् । 
तर गुल्मी जिल्लाको गुल्मी वम्घा गाविस–६ पागाका किसान कृष्ण प्रसाद ज्ञवालीले ४० बर्ष शिक्षण पेशाबाट सेवा निवृत्त भएपछि व्यवसायीक माछा तथा फलफुलपालनमा लागेका छन् ।  वि.स. २०५६ सालमा २ वटा माछा पोखरीबाट सुरु गरेका ज्ञवालीले अहिले १० वछा माछा
पोखरी बनाएका छन् । पहाडी जिल्लामा माछा पालन व्यवसाय फस्टाउदैन भन्ने धारणालाई चिर्दैै उनले व्यवसायीक रुपमा माछा पालन सुरु गरी मनग्य आम्दानी समेत गर्र्दै आएका छन् । सुरुका बर्षमा  बार्षिक २० हजार रुपैयाँ आम्दानी गरेका उनले अहिले एक पटको सिजनमा माछाबाटै  करिव २ लाख रुपैयाँ आम्दानी गर्दैै आएका छन् । 
रुपन्देहीको छपिया,  भैरहवा, र पत्थर डाँडाबाट माछाको भुरा लगेर उनले गाउमा माछा पोखरी निर्माण गरी माछापालन गरेका हुन । स्थानिय जनबोध उच्च मावि रानीबास मा अग्रेजी विषयको अध्यायपन  गराउदै आएका उनले स्वच्छिक अवकास लिएपछि  व्यवसायीक कृषिमा हात हालेको बताउछन् । उनी भन्छन्– जग्गा आफैनै हो २६ रोपनी छ जसमा माछा पोखरी १४ रोपनीमा बनाएको छु । एक गैरसरकारी संस्थाको सुरुमा २८ हजार लगानी र त्यसमा १५, २० लगानी थपेर व्यवसायीक रुपमा माछा पालन व्यवसाय सुभारम्भ गरेको उनको  भनाई रहेको छ । 
अहिले सम्म माछा पोखरी निर्माण लगायत अन्य कार्यको लागि करिव  करिव १० लाख रुपैयाँ खर्च भएको ज्ञवाली बताउछन् । सबै धान खेत लाई मासेर उनले माछा पोखरी बनाएका छन् । ‘फलफुल बगैचा र माछा पोखरी निर्माण गरी पहाडी क्षेत्रमा पनि कृषिको संभावना छ भन्ने कुरा देखाउने मेरो लक्ष्य हो ।’– ज्ञवालीले भने । 
गत बर्ष लिच ४० हजार रुपैयाँको विक्रि गरेका उनले सबै थोक मुल्यमा  प्रतिकिलो ५५ रुपैयाँमा पैचो पसल प्रालि विक्री गर्ने  गरेको बताउछन् । 

पञ्चायत काल देखि नै नेपालीहरु आत्मनिर्भर हुनुपर्दछ भन्ने धारणाले व्यवसायी बनाउन तर्फ लागेको उनको भनाई रहेको छ । उनले जति धेरै शैद्धान्तीक  कुरा गरेपनि मानिस सामाजिक वातावारण र कृषि क्षेत्रको कामको सम्मान गर्ने परिपाटीको विकास हुन नसकेको उनको भनाई रहेको छ । 
नयाँ पुस्तकाले केही सिकोस भन्ने धारणालेले पनि कृषि क्षेत्रमा तानिएको भन्दै उनले सुख्खा, बगर जमिनमा माछा पालन गर्न सकिने बताए । पहाडमा माछा पालन गर्न सकिन्छ भन्ने धारणाका साथ अगाडी बढाएका उनको भनाई रहेको छ । फलफुल र माछा पालन, व्यवसायलाई अगाडी बढाउन सकिन्छ ।श्रीमति र छोराले पनि कृषि व्यवसायमा सघाउने गरेको भन्दै उनले  उत्पादनभ एको माछा  स्थानिय बलेटक्सार बलेटक्सारमा विक्रिगर्दै आएको र आगामी दिनमा तम्घास बजारमा पनि लैजाने योजना भएको बताउछन् । ‘अहिले बार्षिक ७ क्वीन्टल माछा उत्पादन हुन्छ,  अवको दुई बर्षमा १५, २० क्वीन्टल बढाउने योजना रहेको छ ।’ उनले भने । 

Popular posts from this blog

यस बर्ष सय प्रकारका ब्रान्डीङ्ग उत्पादन बजारमा ल्याउदै छौं

कालिका उच्च माविको ५४ औं बार्षिक उत्सव, नेपालमै नमुना विद्यालय बन्न सुझाव

विषादी परीक्षण केन्द्र सञ्चालनमा ढिलाइ