‘न्याय महङ्गो, ढिलो र झन्झटीलो छ भन्नु भ्रम हो’


भीम कुमार श्रेष्ठ
रजिष्टार, पुनारावेदन अदालत बुटवल । 
तनुँह जिल्लाको गजपुर गाविसमा जन्मीएका भीमकुमार श्रेष्ठले वि.स.२०५२ सालबाट सरकारी सेवामा प्रवेश गरेका हुन । सुरुमै कानुनमा शाखा अधिकृतबाट सरकारी सेवामा प्रवेस गरेका उनीसंग विभिन्न जिल्ला अदालत, न्याधिककरण लगायत सर्वोच्च अदालतको शाखा अधिकृतको रुपमा समेत कार्य सम्पादन गरेको अनुभव रहेको छ । हाल पुनारावेदन अदालत बुटवलको रजिष्टारमा विगत डेढ बर्षदेखि कार्यरत रहेका श्रेष्ठ संग अदालतका विविध विषयसंग रहेर बुटवल टुडेले गरेको कुराकानी । 

 पुनारावेदन अदालत बुटवलमा मुद्धा फस्र्यौटको अवस्था कस्तो छ  ? 
–गत आर्गिक बर्षमा पुनारावेदन अदालतबुटवलबाट २ हजार ५ सय ५३ लगत रहेकोमा १५ सय ८५ थान मुद्धा फस्र्यौट भएको छ । बाँकी ९ सय ८८ थान मुद्धा बाँकी रहेको थियो । सबै मुद्धाको हकमा देवयान मुद्धा, फौजदारी मुद्धा, सरकारी, परामदेशी, रिट  मुद्धाहरुको विवरण हो यो ।  आज सम्मको रेकर्ड हेर्दा १२ सय ८० थान मुद्धा दर्ता भएको देखिन्छ भने २ सय २ थान यो आर्थिक बर्षमा फस्यौट भएको छ । १ हजार ७८ थान मुद्धा बाँकी रहेका देखिन्छ । १५.७० प्रतिशत मुद्धा यो आर्थिक बर्षमा फस्र्यौैट भएको देखिन्छ । 

अदालतको  बार्षिक लक्ष्य कति हो ?
–पक्कै पनि प्रत्येक अदालतले आफ्नो एक बर्षमा के कती मुद्धा फस्यौट गर्ने भन्ने विषयमा निश्चित योजना बनाएको हुन्छ । हरेक अदालतको लागि लक्ष्य तोकिएको छ । त्यो लक्ष्य अनुसार अदालत बर्गिकरण भएका हुन्छन् । पहाडी जिल्लाको लागि ७०–७५ प्रतिशत मुद्धा फस्यौट  गर्नुपर्दछ । भने तराईका जिल्लामा ६० देखि ७० प्रतिशत मुद्धा फस्यौट गर्नुपर्दछ  । हाम्रो अदालत ‘ख’ बर्गमा पर्दछन्  । हामीले बर्षमा ६८ प्रतिशत मुद्धा फस्र्यौट गर्नुपर्दैछ । त्यसमा हामीले डेढ बर्ष नाघेका मुद्धाहरु कुनै पनि नराख्ने, साना मुद्धा लाई १ बर्ष भित्र फस्र्यौट् गर्नुपर्दछ । अहिले हामी कहाँ १८ महिना नाघेका मुद्धा एउटा पनि छैनन् । अघिल्लो बर्षमा हामी  लक्ष्यमा पुग्न सकेनौं । विविध प्राविधिक कारणले हामीले अघिल्लो बर्ष पुरा गर्न नसकेका हौं ।  हामीले ६१.६० प्रतिशत मात्र मुद्धा फस्र्यौट गर्न सक्यौं । न्यायाधिषको संख्या पनि कम भयो । अहिले हामी मासिक लक्ष्यभन्दा अगाडी पुगेका छौं । २६ सय ४७ थान मुद्धा हामीले दर्ता हुने अनुमान गरेका छौं । आगामी आर्थिक बर्षमा  जम्मा सबै मुद्धा गरेर कुल ३ हजार ५० थान मुद्धा हुने अनुमान गरेका छौ । 

अदालतमा महिला सेवा ग्राहीहरुको  उपस्थिती कतिको हुन्छ ? 
–महिलाहरु पक्ष भएको मुद्धाहरुलाई प्रथमिकीकरण निर्धारण गरी मुद्धा अगाडी बढाइएको हुन्छ । यसको अलवा समबन्ध विच्छेदका घटनाहरु पहिला जिल्ला अदालतमा  दर्ता हुन्छ । पछि यदि कुनै पक्षले मुद्धा उपर चित्त नबुझेको खण्डमा पुनारावेदनमा मुद्धा दर्ता गराउने हो । केही कम हुन्छ । जिल्लामा बढि हुन्छ यहाँ केही कम हुन्छ । 

मेलमिलाप केन्द्रको प्रभावकारितामा प्रश्न  उठ्ने गरेको छ, के भन्नुहुन्छ  ? 
–हो, हामीले मिलमिलाप केन्द्रलाई जति गर्न खोेजेको हो ।त्यो हुन सकेको छैन । मेलमिलपाबाट जे जती मुद्धा फस्यौट हुने अपेक्षा लिएका  थियौं । त्यो अनुसार हुन सकेको छैन । यसमा हामीले स्वीकार गर्नुपर्दछ । एउटा के हुदो रहेछ भने मेलमिलाप हुने प्रक्रिया र मिलापत्रबाट हुने प्रक्रियामा जिल्ला अदालतमा  बढि हुन्छ  । भने पुनारावेदन अदालतमा भने केही कमी हुन्छ । एक पक्षले मुद्धा जितीसकेको हुन्छ भने एक पक्षले हारिसकेको हुन्छ, जसको कारण पनि मेलमिलपमा अलि कमी हुन्छन् ।
कानुन व्यवसायीहरुले पनि कतिपयप स्थानमा भुमिका नखेलेको कराणले पनि मेलमिलापमा अलि कम मुद्धा हुने गरको छन् ।  जिल्ला अदालतमा १७÷१८ प्रतिशत, पुनारावेदनमा ७÷८ प्रतिशत र सर्वोच्च अदालतमा ३–४ प्रतिशत मात्र मेलमिलापबाट मुद्धा फस्र्यौैट हुने गरेको हामीले पाएका छन् । जति माथिल्लो तहमा जान्छौ उति नै मुद्धा मेलमिलापबाट कम टुङ्गिने गरेका छन् ।

ग्रामिण भेगमा मानिसहरुको न्यायिक प्रक्रियामा कम सहभागीता हुन्छ किन होला ? 
–यो जिल्ला अदालत र पुनारावेदन अदालतबाट हुने कार्य प्रकृतिको विषयमा  अलि फरक हुन्छ । जिल्लामा सबैभन्दा पहिला पक्ष विपक्षका मानिसहरु आफै उपस्थिती हुन्छन् । तर पुनारावेदन अदालतमा भने अधिकांस वारेसनामार्फत आउने भएको कारणले पनि को कुन क्षेत्रबाट सहभागी छ भन्नेमा थाहा हुन्छन् । को आउछ, कस्तो प्रकृतिको आउछ भन्नेमा हामीले जिल्लामा नै बढि भर पर्नुपर्ने हुन्छ ।  हामीकहाँ आउनेमा आंकलन गर्नउ कम छ । पहाडी जिल्लामा मुद्धा कमी छन्, कहि धेरै हुन्छन् । रुपन्देहीको हकमा लागु औषधका मुद्धा बढि छन् । 

पुनारावेदनमा कति वटा ईजलास सञ्चालन भएका छन् ? 
–गत बर्ष हामीले ५ वटा ईजलासमा मुस्कीलले २ वटा मात्र ईजलास सञ्चालन गर्न सक्यौं । जसको कारण पनि मुद्धा फस्यौटको अवस्था कमी भयो । यो बर्ष हामीले लिएको लक्ष्य ५ वटै ईजलास सञ्चालन गर्ने हो । सोही अनुसार हामीले बार्षिक योजना बनाएका छौं । न्ययाधिसहरुको सरुवा हुने र सरुवा भएका न्यायाधिषले मुद्धा हेर्न नपाउने भएको कारणले पनि समस्या हुन्छ । यस बर्ष ६ जना न्यायाधिष हुनुहुन्छ । जसबाट हामीले निरन्तर ३ वटा मात्र भएपनि ईजलास सञ्चालन गर्न सक्यौ भने लक्ष्य भेटाउन सक्छौं । 

सरकारीवादी मुद्धाहरु के कस्तो छ ? 
–पुनारावेदनमा सरकारवादी मुद्धाहरुपनि छन् । अघिल्लो आर्थिक बर्षको तथ्यांकमा चोरी सम्बन्धी मुद्धामा चोरी सम्बन्धी मुद्धा १८ थान, करणी सम्बन्धी मुद्धा ६८ थान, ज्यान सम्बन्धी ५० थान, लागु औषध सम्बन्धी २ सय ६५ थान छन् , शरिर बन्धक तथा अपहरणमा १७ थानमा १४ थान फस्यौट भएर ३ थान मुद्धा बाँकी रहेका थिए । 
अदालती प्रक्रियामा भाषागत समस्या छन्, भनिन्छ ? खास कारण के हो ? 
–कतिपय सेवा ग्राहीहरुको विषयमा त नेपाली भाषा पनि अफ्ठारो हुन्छ । हामीले यस्तो प्रक्रियाको लागि दोभासेको व्यवस्थान गरेका छौं । मगर, नेवारी, हिन्दी, मैथली, थारु लगायतका हामीले १२ भाषाहरुको विषयमा बयान, बकपत्र गराउनुपरेका रोस्टरबाट दोभासे मगाउने गरेका छौ । अदालती प्रक्रियाको भाषा, प्रयोग गरिने भाषामा केही कठिनाई छ । तर अदालतमा कुनै पनि सेवा ग्राही प्रवेश गर्दा आफु एक्लै नआएर  कानुन व्यवसायीहरुको साथमा आउने भएको कारणले गर्दा केही सहज हुने गरेको छ । अदालतले पनि यस विषयमा हामीले सहजीकरण गर्न गरेका छौ । मगरभाषाको लागि २ जना, नेवार भाषाको लागि २ जना र अन्य मैथली, हिन्दी, भोजपुरी र थारु भाषाको लागि हामीले रोस्टर गरेका छौ । जतिवेला भाषागत समस्या आउछ, यसको लागि हामीदले दोभासेको सहयोग लिने गरेका छौं । 

कानुनी न्यायय महङ्गो भन्ने आम सर्वसाधारणको गुनासो छ के भन्नुहुन्छ ? 
–कानुन व्यवसायीहरुले लिने दस्तुरको विषयमा पटकपटक कुरा उठ्नेगरेको छ । आम सर्वसाधारणहरुको पनि कानुनी न्याय महङ्गो भयो भन्ने गनासो हामीले समुदायमा जादा पाउनेगरेका छौं । समुदायमा अदालत भन्ने कार्यक्रममा हामी समुदायमा जाँदा यस्तो प्रकृतिको गुनासो आउने गरेको थियो । न्याय ढिलो छैन । हामी भन्न चाहान्छौ । डाटाले बोलेका छ की हामीले १८ महिना नाघेका मुद्धा एक वटा पनि छैनने । न्याय ढिलो छैन । न्यायह महङ्गो  पनि छैन ।  हामीले विपन्न, गरिवहरुको लागि बैतनीक वलिक राखिदिएका छौ । अदालतमा प्रयोग हुने ३५ प्रकारका फाईलहरु भर्नको लागि हामीले आफै कर्मचारी राखेका छौ । तर सर्वसाधारणहरुले बुझेर या हा नबुझेर हो त्यो सेवा सुविधा लिनुभएको छैन । जसको कारण वहाँ कानुन व्यवसायीहरुमा जानुहुन्छ, त्यहाँबाट के कती आर्थिक लेलदेन हुन्छ, यसमा हामीले केही भन्न सकिन्न । कानुनी व्यवसायीहरुले लिने दस्तुरको विषयमा  अदालतले तोक्ने सक्दैनौ । कानुन व्यवयी रोज्ने काम सेवा ग्राहीहरु आफैको हो । कानुन व्यवसायीहरुले बहस गरेको कति, लिखत लेखेको कति भन्ने विषयमा निर्धारण गर्न अदालत एक्लैले सक्दैन । यसको लागि केन्द्रबाट नै स्टह होल्डरहरुले सोच्नुपर्ने कुरा हो । पछिल्लो समयमा मानिस  सचेत बन्दै गएको छ ।

अदालतले सर्वसाधारहरुले के के सेवा निःशुल्क पाउछन् ? 
–अदालतले कानुनी सेवा हो । लिखत लेख्ने, बहस गर्ने, कानुनी पुनारावेदन गर्ने काम हामीले गरिदिन्छौ । थुनछेकको मुद्धामा बैतनिक कानुन व्यवसायी(वकिल) राखेर हामीले सेवा प्रदान गरेका छौ । सरकारी वलिकले सरकारी मुद्धाहरु मात्र हेर्ने हो । कतियले सबैले सुविधा लिएका छैनन्, सेवा सुविधा लिने मानिस कमै छन् । अदालतमाजुन मर्कामा परेको छ । त्यहि आउने हो । अदालतले अदालतमा अआउनुस् भनेर पोत्साहनगर्ने कुरा हुदैन । 

Popular posts from this blog

यस बर्ष सय प्रकारका ब्रान्डीङ्ग उत्पादन बजारमा ल्याउदै छौं

कालिका उच्च माविको ५४ औं बार्षिक उत्सव, नेपालमै नमुना विद्यालय बन्न सुझाव

विषादी परीक्षण केन्द्र सञ्चालनमा ढिलाइ