उन्नत विउद्वारा साढे ५ करोड पुजी परिचालन

कृष्ण खनाल
बुटवल, भदौ ।
 किसानका लागि उन्नत विउ विजन कार्यक्रमले कार्यक्रम लागु भएपछि हाल सम्म कुल ३ सय ६७.९७ मेट्रिक टन उन्नत विउ उत्पादन गरेको छ । जसको कारण का
र्यक्रम लागु भएका जिल्लाहरु ीवउमा आत्मनिर्भर भएको प्र्रोग्राम म्यानेजर लक्ष्मण प्रसाद पौडेल बताउछन् । उनका अनुसार सन्२०१२ डिसेम्बर २ देखि सन् २०१९ डिसेम्बर ३१ सम्म कार्यक्रम लागू भएको हो । 
कार्यक्रममा हाल सम्म कुल ५ करोड ८७ लाख ९७ हजार रुपैयाँ पुजी किसानहरुलाई लगानी गरेको छ । साना किसान कृषि सहकारी संस्था गठन गरि किसानहरुलाई सहुलियत व्याजमा पुँजी लगानी गरेको जनाइएको छ । जसको लागि ३० वटा सना किसान कृषि सहकारी संस्था गठन गरिएको छ । 
३० वटा साना किसान कृषि सहकारी गठन गरिएकोमा  २७ वटा समुदायमा हस्तानान्तरण गरिएको छ । लुम्बिनी अञ्चलका २ जिल्ला गुल्मी र अर्घाखाँची र राप्ती अञ्चलका ४ जिल्लाहरु प्यूठान, रोल्पा, सल्यान र रुकुम गरी कुल ६ जिल्लामा किसानका लागि उन्नत विउ विजन कार्यक्रम लागु गरिएको छ । 
६ जिल्लामा कार्यक्षेत्र भएको किसानका लागि उन्नत विउ विजन कार्याक्रमको फिल्ड कार्यालय बुटवलमा रहेको छ ।   
नेपाल सरकार कृषि विकास मन्त्रालयको आयोजना रहेको उक्त कार्यक्रमको साना किसान बैंक, नेपाल कृषि सहकारी, हेफर ईन्टरनेशनल नेपालले कार्यक्रम कार्यान्वयन गर्दै आएका छन् । यस्तै विदेशी दातृ निकायको रुपमा ईफाड र  हेफर ईन्टरनेशनलेले कार्यक्रममा अनुदान र ऋण लगानी गरेका छन् । 
७ बर्षिय कार्यक्रमको लागि कुल ८४ करोड ६ लाख १४ हजार रुपैया  बजेट विनियोजन गरिएको छ । जसमा नेपाल सरकारको कुल ७ करोड ७४ लाख ९९ हजार लगानी रहेको छ भने बैदेशिक आईएनजिओले तर्फ ऋण कुल ४३ करोड ७ हजार र अनुदान ३३ करोड ३१ लख ८ हजार रहेको किसानका लागि उन्न्त विउ विजन कार्यक्रम बुटवलले जनाएको छ । 
आर्थिक बर्ष २०७२÷०७३ को तृतिय चौमासिक सम्म चालुगतर्फत कुल २८ करोड ६९ लाख १०  हजार ४ सय ७ रुपैयाँ खर्च गरिएको छ भने पुजिगत तर्फ ६४ करोड ६७ लाख ८ हजार ६ सय ६४ रुपैयाँ खर्च गरिएको छ । 
किसानका लागिउन्न्त विउ विजन कार्यक्रमले हाल सम्म ३४ वटा बाख्रामा कृतिम गर्भाधान गरेको छ भने पशुपालन सम्बन्धी ६१  वटा उपआयोजना सञ्चालन गरी ६८ वटा संग सम्झौता समेत गरिसकेको छ । अष्ट्रोलियाबाट ५९ वटा बोर वक र ३ हजार वोर सेक्स सेमन आयात गरी अर्घाखाँची जिल्लाको डिर्भना गाविस र गुल्मीको ग्वादी गाविसमा कार्यक्रम लागू गरिएको छ । 

कार्यक्रम प्रमुख लक्ष्मण पौडेल भन्छन्–‘आयात गरिएको वोयर बाख्रामा प्रयोग हुने परल १ करोड २२ लाख रुपैया बराबरको पशुधनविमा समेत गरेका छौं ।’
हाल सम्म  किसानका लागि उन्नत विउ विजन कार्यक्रमले कुल ८ सयस ५१.९६  मेट्रिक टन उन्न्त विउ उत्पादन गरेको छ । जुन विक्रिका लगि नीजि कम्पनीहरु संग सम्झौता समेत सम्पन्न गरिएको छ । यस्तै चालु आर्थिक बर्ष २०७३÷०७४ मा १ सय २ वटा उप आयोजनाहरु सम्झौता गरी १ सय ९४ वटा आयोजानहरु सुरु भएका छन् । कार्यक्रममाले हाल सम्म उत्पादन भएका कुल ३ सय ६७.९७ मेट्रिक टन विउ बजारीकरणको लागि तयारी अवस्थमा राखेको छ ।

Popular posts from this blog

यस बर्ष सय प्रकारका ब्रान्डीङ्ग उत्पादन बजारमा ल्याउदै छौं

कालिका उच्च माविको ५४ औं बार्षिक उत्सव, नेपालमै नमुना विद्यालय बन्न सुझाव

विषादी परीक्षण केन्द्र सञ्चालनमा ढिलाइ