२१ बर्षमै व्यवसायीक गाई फर्मको सञ्चालक

कृष्ण खनाल
बुटवल, ३० असार । 
कक्षा १२ को अध्ययन पुरा गरेपछि  अधिकांस युवाहरुको  रोजाई विदेश  हुने गर्दछ । तर रुपन्देहीका एक  युवाले भने विदेशमोह त्यागेर स्वदेशमा नै व्यवसायीक गाई फार्म खोलेका छन्  । २१  बर्षीय युवाले कक्षा १२ सम्मको अध्यायन  पुरागरी आफ्नै आमा संग मिलेर व्यवसायीक गाई पालन सुरु गरेका हुन् । वि.स.२०७० सालमा रुपन्देहीको ख.बनगाई गाविस–१ हिरापुरमा युवा किसान सुवास तिवारीले आफ्नी आमा प्रेम कुमारी तिवारी संग मिलेर ‘तिवारी गाई फर्म’ स्थापना गरी व्यवसायीक रुपमा गाई पालन सुरुवात गरेका हुन । जिल्ला पशु सेवा कार्यालय रुपन्देही मार्फत युवा लक्षित कार्यक्रम अन्र्तगत अनुदान पाएका उनले करिव १० लाखको लागतमा गाई फर्म स्थापना गरेका  हुन । उनी भन्छन्–पढेर मात्र केही रोजगारी पाईने होईन, त्यहि भएर आमा संग मिलेर घरमा नै गाईफर्म स्थापना गरी स्वारोजगार हुने  काम गरेको छु । 
कक्षा १२ को परिक्षा दिएपछि ईलेक्ट्रिोनिक्स र ओभरसियर पढेका उनले प्राविधिक विषय अध्ययन गरेरपनि राम्रो जागिर नपाएपछि व्यवसायीक गाई फर्ममा हात हालेको बताए । अहिले ३५ वटा गाई पालेका उनले भविश्यमा गाई फर्मलाई विस्तार गरी अझ व्यवस्थित ढंगबाट अगाडी बढाउने सोँच बनाएको जानकारी दिए । 
केही दिन पहिला उनको फर्ममा जाँदा  उनी आफै गाई दुहुदै गरेको अवस्थामा भेटिएका  थिए ।
उनका अनुसार आमाले गाईको स्याहार सुसा गर्ने र आफुले गाई दुएर डेरी तथा स्थानिय उपभोक्ताहरुको घर घरमा पुर्याउने गरेको बताउँछन् । सानो उमेरमा नै ठुलो जिम्मेबारी वहनगर्नुपरेको भन्दै उनले केही जग्गा आफ्नो र केही भाडामा लिएको जग्गामा घाँस खेती गर्दै आएको बताउछन् । १० कठ्ठा क्षेत्रफलमा गाई फर्म स्थापना गरेका उनले थप १ विघा क्षेत्रफल लिज(भाडा)मा लिएर व्यवसायीक  रुपमा घास खेती गरिररहेका छन् ।  मिहिनेत गर्ने हो भने विदेश जानु नपर्नेभन्दै उनले स्वदेशमा पनि कृषि र पशुपालनमा  विशेष संभावना भएको बताउछन् ।
दैनिक २ सय १० लिटर दुध विक्रि गर्दै आएका उनले गाई पालनबाट नै आफ्नो परिवार धानिएको बताउछन् । गाईको लागि आवश्यक घाँसको खेती समेत गरेका उनीहरुले घाँसको कुनै पनि समस्या नभएको बताउछन् । जिल्ला पशु सेवा कार्यालय रुपन्देही मार्फत घाँसको विउ तथा प्राविधिक रुपमा सहयोग पाएको कारण थप उत्साह बढेको तिवारीले जानकारी दिए । 
यता जिल्ला पशुसेवा कार्यालय रुपन्देहीका प्रमुख बरिष्ठ पशु चिकित्सक डा. गान्धी राज उपाध्ययाले युवाहरुले स्वदेशमा नै पशु पालनमा विशेष  ध्यान दिन सकेमा विदेशमा भन्दा पनि राम्रो आम्दानी  गर्न सकिने बताउछन् । उनले भने–हामीले यी र यस्तै मेहिनेती युवाहरुलाई समेटेर केही अनुदानका कार्यक्रमहरु समेत अगाडी बढाएका छौं । 


Popular posts from this blog

यस बर्ष सय प्रकारका ब्रान्डीङ्ग उत्पादन बजारमा ल्याउदै छौं

कालिका उच्च माविको ५४ औं बार्षिक उत्सव, नेपालमै नमुना विद्यालय बन्न सुझाव

विषादी परीक्षण केन्द्र सञ्चालनमा ढिलाइ