सहकारी मार्फत पशु पालनमा लगानी बढ्दो

कृष्ण खनाल
बुटवल, १२ साउन ।  
कृषि क्षेत्र आर्थिक संभावना बोकेको क्षेत्र हो । डिभिजन सहकारी कार्यालय रुपन्देहीका अनुसार रूपन्देहीमा बहुउद्देश्यीय तथा कृषि सहकारीको संख्या २ स
य ३३ वटा रहेका छन् भने दुग्ध सहकारी संस्थाको संख्या ५५, जडीबुटी २ वटा सहकारी दर्ता भएका छन् ।
कतिपय सहकारी कृषि सहकारीको नाममा  दर्ता भएपनि व्यवसायीक रुपमा कृषि  क्षेत्रमा खास कार्य गरेका छैनन् । नाम कृषि तर काम बचत तथा ऋणको मात्रै काम गर्ने पनि सहकारीहरु रहेका छन् । तर जिल्लामा  जिल्ला पशु सेवा कार्यालाय रुपन्देही मार्फत जिल्लामा ३ वटा मात्र   सहकारीहरुले पशुपालनमा हात हालेका छन् । 
जिल्ला पशु सेवा कार्यालय रुपन्देहीका प्रमुख बरिष्ठ पशु चिकित्सक डा. गान्धीराज उपाध्यायका अनुसार  जिल्लाका ३ वटा सहकारीहरुले पशुपालन क्षेत्रमा हात हालेका हुन । देवदह नगरपालिका–७ सरङ्गटारीमा स्थानिय सरनकाली कृषि सहकारी संस्थाले व्यवसायीक बंगुर फर्म स्थापना गरेको छ । सहकारीका अध्यक्ष मान बहादुर गाहामगरका अनुसार जिल्ला पशु सेवा कार्यालय रुपन्देहीको करिव ४ लाख  १५ हजार अनुदान सहयोगमा सहकारीले व्यवसायीक बंगुर फर्म स्थापना गरेको हो । चीतवन तथा नवलपरासीबाट बंगुरका पाठापाठीहरु ल्याएर केही समय पहिला मात्रै सहकारीले बंगुर फर्म स्थापना गरेको हो । 
सहकारीका अध्यक्ष गाहामगर भन्छन्–‘पशुपालनमा पनि कृषि सहकारीहरुले काम गर्नुपर्दछ भन्ने हेतुले यसमा लगानी गरेका हौं ।’
 फर्ममा अहिले १२ वटा बंगुरका पाठा र २२ वटा पाठी रहेका छन् । ५० वटा राख्ने गरि खोर तयार गरिएकोमा अझै केही बंगुरका पाठा÷पाठी थप्ने योजनामा रहेको सहकारीले जनाएको छ । जिल्ला पशु सेवा कार्यालयको ४ लाख १५ हजार र सहकारीको बाँकी रकम गरी ८ लाख ३० हजार लागतमा बंगुर फर्म स्थापना गरिएको हो । उक्त सहकारीमा ६२ जना साधारण सदस्य रहेका छन् भने ५ कठ्ठा क्षेत्रफलमा बंगुर फर्म खेलेका हुन । 

जिल्ला पशु सेवा कार्यालय मार्फत जिल्लामा अन्य एक वटा  सहकारीले पनि पशुपालनमा लगानी गरेका छन् । गत बर्ष जिल्ला पशु सेवा कार्यालय रुपन्देही मार्फत रुपन्देहीको मनपकडी गाविसमा महाकल्प कृषि सहकारी संस्था लिमिटेडले पनि बंगुर पालनमा लगानी गरेको छ । जिल्ला पशु सेवा कार्यालय रुपन्देहीको अनुदानमा उक्त सहकारीले  पनि व्यवसायीक रुपमा बंगुर पालन गरेको हो । अनुदान ४ लाख १५ हजार र अन्य सहकारी मार्फत गरी कुल ड लाख ३० हजारमा उक्त सहकारीले व्यवसायीक बंगुर फर्म खोलेर उत्पादन गरिरहेको छ । 
जिल्ला पशु सेवा कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीमा ४ सय ३४ वटा  गाईफर्म रहेका छन् । त्यस्तै २ सय ५१ वटा भैसी फर्म, १ सय ७  वटा बाख्रा फर्म, ९७  वटा बंगुर फर्म, ६ सय ९ वटा पोल्ट्री फर्म र ७ वटा ह्याचरी उद्योग दर्ता भै सञ्चालनमा आएका छन् । 
यस्तै ७ वटा डेरी उद्योग, ६० वटा दुग्ध उत्पादक कृषि सहकारी संस्था रुपन्देहीमा रहेका छन् । जिल्लामा बार्षिक १ लाख ३७ हजार १ सय ३ मेट्रिक टन दुध उत्पादन हुदै आएको छ भने २५ हजार ९ सय १३ मेट्रिक टन मासु उत्पादन हुदै आएको छ । प्रत्येक मानिसलाई बार्षिक ९१ लिटर दुध आवश्यक पर्नेमा जिल्लाको उत्पादनले अहिले १ सय ४८ लिटर सम्म पुग्ने जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । 
यता, डिभिजन सहकारी कार्यालय रूपन्देहीका अनुसार आर्थिक बहुउद्देश्यीय÷कृषि सहकारीको संख्या २ सय ३३ वटा रहेका छन् भने दुग्ध सहकारी संस्थाको संख्या ५५, जडीबुटी २ वटा सहकारी दर्ता भएका छन् । 
बहुउद्देश्यीय कृषि सहकारी संस्थाले ८० करोड २८ लाख ५४ हजार रूपैयाँ निक्षेप संकलन गरी कुल १ अर्ब १९ करोड ५१ लाख ९ हजार लगानी गरेको डिभिजन सहकारी कार्यालय रूपन्देही का प्रमुख नेत्र प्रसाद घिमिरेले जानकारी दिए  । दुग्धजन्य सहकारीहरूले बार्षिक रुपमा कुल ७ करोड, ६ लाख ५६ हजार निक्षेप संकलन गरी कुल २ करोड ७५ लाख ९० हजार रूपैयाँ ऋण लगानी गरेका छन् । 
जिल्ला कृषि सहकारी संघकी अध्यक्ष तथा साना किसान कृषि सहकारी संस्थाकी अध्यक्ष झुपा न्यौपानेका अनुसार जिल्लामा कुल १ सय ६ वटा कृषि सहकारी मध्ये ४ वटा निस्कृय छन् भने अहिले सक्रिय रूपमा रहेका १ सय २ वटा सहकारीले कृषि क्षेत्रमा लगानी गरेका छन् । उनको नेतृत्वमा रहेको सहकारी साना किसान कृषि सहकारी संस्था लिमिटेडले गाई तथा भैंसीपालनमा कुल ७२ लाख र व्यापारमा कुल १५ लाख लगानी गरेको छ । कुल पुँजी ८ करोड रहेको उक्त सहकारीले कृषकको लागि व्यवसायिक पशुपालनमा बढि लगानी गरेको अध्यक्ष न्यौपाने बताउँछिन ।

Popular posts from this blog

यस बर्ष सय प्रकारका ब्रान्डीङ्ग उत्पादन बजारमा ल्याउदै छौं

कालिका उच्च माविको ५४ औं बार्षिक उत्सव, नेपालमै नमुना विद्यालय बन्न सुझाव

विषादी परीक्षण केन्द्र सञ्चालनमा ढिलाइ