‘अविलम्ब स्वाथ्य ऐन ल्याउनुको विकल्प छैन’


डा. नन्दा गुरुङ्ग
अध्यक्ष, नेपाल चिकित्सक संघ, लुम्बिनी । 
ओखलढुङ्गा जिल्लाको रुम्जाटारमा जन्मीएकी नन्दा गुरुङ्ग वि.स. २०६२ साल देखि भैरहवामा रहेको लुम्बिनी नेत्र विज्ञान अध्यायन  संस्थान (रणअम्बीका आँखा अस्पताल)मा नेत्र विशेषज्ञको रुपमा कार्यरत रहेकी छिन् । विपी कोईराला स्वाथ्य विज्ञान प्रतिष्ठानबाट एमविविएस उत्तीर्ण गरी भैरहवामा कार्यारत रहेकी गुरुङ्ग हालै सम्पन्न नेपाल चिकित्सक संघ लुम्बिनीको अधिवेसनबाट अध्यक्षमा निर्वाचित भएकी छिन् । बुटवल टुडेको अतिथि वार्तामा उनै अध्यक्ष गुरुङ्ग संघ बुटवल टुडेकर्मी कृष्ण खनालले गरेको कुराकानी । 

 चिकित्सक संघ लुम्बिनीको अध्यक्षमा निर्वाचित हुनुभएको छ, अबको योजना के छ ? 
– हो, म विहिबार मात्रै चिकित्सक संघ लुम्बिनीको अध्यक्षमा  सर्वसम्मत रुपमा चयन भएकी  छु । हाम्रो कार्यसमितिको पहिलो बैठक अझै बस्न सकेको छैन । शुक्रबार या शनिवार हाम्रो बैठक बस्ने छ । पहिलो मिटिङ्गबाट एजेण्डाका विषयमा हामीले विविध एजेण्डाहरु तयार गर्ने छौ । बैठकबाट आएका एजेन्डाहरुलाई हामीले अगाडी बढाउने छौं । 
अन्य संघ संस्थामा अध्यक्ष बन्नको लागि चुनाव हुन्छ, प्रचारवाजी हुन्छ, तर तपाईको संगठनमा किन हुदैन ? 
–हाम्रो केन्द्रमा त चुनाव हुने गरेको छ । तर लुम्बिनीमा हाम्रो संगठगनका डाक्टर सा’वहरुले मलाई विश्वास गरेर होला सर्वसम्मत रुपमा चयन गर्नुभयो । सर्वसम्मत रुपमा मलाई चयन गर्नुभयो । 

पहिलोपटक महिला अध्यक्ष हुनुभएको छ ? केही चुनौती छकी ?
–अँ, खासमा महिला पुरुष भनेर केही विभेद गर्नुहुदैन । यो पेशामा केही फरक हुन्छ जस्तो मलाई लाग्दैन । हाम्रो पेशा नै यस्तो छ की जहाँ विभेदको आभास नै गर्दैनौं । त्यस्तो चुनौतीको कुरा गर्दा खासमा डाक्टरी पेशा भनेको नै चुनौतिको पेशा नै हो ।  यसमा हामी के महिला के पुरुष चुनौतिको सामान गर्न सक्छौं ।

चिकित्सकहरुले आफु कार्यरत रहेको सरकारी अस्पताल भन्दा नीजि क्लिनीक तथा अस्पतालमा बढि समय दिन्छन् भन्ने गुनासो छ नी के भन्नुहुन्छ ? 
– त्यसमा चाँही यो सरकारले हेर्नुपर्ने कुरा हो । सरकारले कतिखेर सरकारीमा काम गर्ने, कतिबेला नीजिमागर्ने भन्ने नियम बनाउनुपर्दछ । सरकारले नै अवधि तोक्नुपर्दछ । यसरी समय तोकिदियो भने राम्रो होला । प्र्राईभेटमा जाननहुने भन्ने नियम बनेको छैन ।  तर सरकारीमा जागिर खाएपछि सरकारीमा बढि समय दिनुपर्दछ । यो हाम्रो धर्मपनि हो । लुम्बिनी अञ्चलका  चिकित्सकहरुले शनिवारको दिन आफ्नो स्वाथ्यको लागि अनिवार्य विदा बस्ने भन्ने नियम लागू भएको छ । तर क्लिनीकमा र अस्पतालमा विरामीलाई हेर्ने  कुरामा विभेद हुनुहुदैन । जाहाँ सम्म हामीले आँखाका विरामीको कुरा गर्दा क्लिीनक भन्दा पनि नीजी क्षेत्रमा पनि अस्पताल नै  खोलिएको हुन्छ ।  सरकारी अस्पताल र नीजी अस्पतालको विषयमा विभेद गर्नुहुदैन । 

शनिबार डाक्टर विदामा बस्दा सर्वसाधार मर्कामा परेको भन्ने गुनासो आएको छ  के भन्नुहुन्छ ? 
–त्यसमा चाँही यस्तो छ, ईमेरजन्सी(आकत्समीक) सेवाचाँही २४ सैँ घण्टा सञ्चालन हुन्छ । किल्निक भनेको चाही विरामीको साधारण चेक जाँच गर्ने मात्र हो । चिकित्सकीय सेवाको लागि  विरामी अस्पतालमा नै जानुपर्दछ । यसले प्रत्यक्ष असर नपार्ला । एउटा भन्नुपर्ने कुरा के छ भने डाक्टले पनि त आफ्नो स्वाथ्यको लागि ख्याल गर्नुपर्दछ नी होईनी र ? यदि डाक्टनर नै स्वाथ्य भएन भने उसले कसरी आमविरामीको स्वाथ्य ख्याल गर्न सक्छ । यसमा बिरामीले पनि ख्याल गर्नुपर्दछ । अहिले जनमानसमा भएको भ्रम छ जुन पछि विस्तारै कमी हुन जान्छ । डाक्टरको पनि छ परिवार हुन्छ, ऊ पनि त विरामी हुन्छ, २४ सै घण्टा काम काम मात्र भनेर पनि त भएन नी । 

डाक्टरहरु रोेटेशनमा विदामा बस्न सकिथ्यो होला नी हैन, कि संभव छैन ? 
–रोटशेन अलिसंभव छैन । डाक्टर भएपछि २४ सै घण्टा काम गर्नुपर्दछ भन्ने मान्यता छ तर  त्यस्तो होईन् । विभिन्न डाक्टरहरुको विधागत रुपमा हुन्छ । कुनै डाक्टरहरु आँखा, गाईनो, फिजिसियन लगायत विभिन्न विधागत हुनुहुन्छ । एउटा विधाको डाक्टर विधामा बस्दा अर्को विधाको डाक्टर पठाउने कुरा त हुदैन नी होईन् । त्यसकारण एक दिन विदामा बसेर अर्को दिन विरामीले उपचार गर्दा राम्रो हुन्छ । जुन क्षेत्रको विशेषज्ञ डाक्टरहो, त्यो क्षेत्रमा विशेषज्ञ हुनुपर्दछ । कुनै डाक्टरले बच्चा मात्र, कुनैले आँखा मात्र, कुनैले महिला मात्र, कुनैले पुरुष मात्र हेर्नुहुन्छ त्यसको सट्टामा डाक्टर पाउन  मुस्कील छ । जसको कारण समस्या छ । 

सरकारसंग चिकित्सका मागहरु के के छन् ? 
–हाम्रो अञ्चलको त खास केही माग छैन । तर केन्द्रमा अहिले डा. गोविन्द  केसी जुन स्वाथ्य ऐन लगायत स्वाथ्य क्षेत्रमा भएका विभिन्न विकृतीको अन्त्यका माग राखेर आमरण अनसनमा हुनुहुन्छ । यस विषयमा सबैलाई विधितै छ । नेपालमा अहिले सम्म स्वाथ्य सम्बन्धी  ऐन(हेल्थ एक्ट) बनेको छैन । जसको कारण जस्ले जे गर्दा पनि हुन्छ भन्ने परिपाटीको  विकास भएको छ ।  यसको अन्त्यको लागि पनि स्वाथ्य ऐन अबिलम्ब ल्याउनुको विकल्प छैन । सरकारले चिकित्सक संग गरिएका सम्झौता कार्यान्वयन गर्नु आवश्यक छन् । सम्झौता कार्यान्वयन गर्दैमा स्वाथ्य क्षेत्र नराम्रो बन्ने होइन, यसले त स्वाथ्य क्षेत्रको विकास लागि झनै टेवा पु¥याउँदछ । 

डा. केसीको मागमा चिकित्सकहरु दुई धारमा विभाजित भएका छन् यसमा यहाँको मत के हो ? 
–यसमा स्वाथ्य सम्बन्धी–विकृती विसङ्गगतीको अन्त्य हुनुपर्दछ भनेर अगाडी बढिरहनुभएका चिकित्सकको दुईधार छ जस्तो मलाई लाग्दैन । खासगरी दोहोरो भुमिका भएका चिकित्सकहरुले डा. केसीको मागलाई विरोध गरेका हुन जस्तो मलाई लाग्छ । जुन चिकित्सकहरु चिकित्सक मात्र नभएर एउटा मेडिकल, अस्पतालको  सञ्चालक  समेत हुनुहुन्छ वहाँहरुले केही विरोध गर्नुभएको छ । तर एउटा चिकित्सकको हिसावले डा. केसीले उठाएका मागको विषयमा विरोध गर्नु आफैमा लज्जास्पद हो । एउटा विजनेश गर्ने थलोको रुपमा स्वाथ्य क्षेत्रलाई बुझ्नु हुदैन । 
अन्त्यमा, 
आम पाठकहरुलाई म के भन्न चाहान्छु भने स्वाथ्य रहनको लागि स्वाथ्यरहने बानीअवलम्बन  गर्नुहोस् । कुनै पनि समस्या आएमा  नजिकैको  अस्पतालमा गएर पुर्णरुपमा चेकजाँच गरेर मात्र औषधी सेवन गर्नुहोस् । चिकित्सको सल्लाह र सुझाव विना औषधी प्रयोग गर्ने  कदापी गर्नुहुदैन । धन्यवाद । 
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्




Popular posts from this blog

यस बर्ष सय प्रकारका ब्रान्डीङ्ग उत्पादन बजारमा ल्याउदै छौं

कालिका उच्च माविको ५४ औं बार्षिक उत्सव, नेपालमै नमुना विद्यालय बन्न सुझाव

विषादी परीक्षण केन्द्र सञ्चालनमा ढिलाइ