प्रवासीे नेपालीको मनकारी मन

कृष्ण खनाल
बुटवल, २५ बैशाख ।

आफ्नो दैनिक जिविकोपार्जनको लागि वैदेशिक रोजगारमा रहेका नेपालीहरुले खर्चकटाएर विभिन्न सामाजिककार्य गरेका छन् । रुपन्देहीबाट अष्ट्रोलिया गई विभिन्न प्रकृतिले बसोबास गर्दै आएका नेपालीहरुको साझा संस्था ‘रुपन्देही सामाजिक सञ्जाल अष्टे«लिया’ले विभिन्न स्थानमा ३ लाख भन्दा बढिको सहयोग गरेका छन् । शनिवार बुटवलमा छुट्टा–छुट्टै कार्यक्रम आयोजना गरी सञ्जालका अध्यक्ष राज खनाल लगायतको टोलीले उक्त सहयोग गबुटवल–१३ देवीनगरमा रहेको नेपाल अपाङ्ग आश्रमको लागि अपाङ्गमैत्री सौचालय निर्माणको लािग  १ लाख ५० हजार रुपैयाँ सहयोग प्रदान गरिएको छ । आश्रममा आश्रीत अपाङ्गता भएका व्याक्तिहरुको लागि अपाङ्गमैत्री सौचालय नभएकोकारण सहयोग गरिएको सञ्चालले जानएको छ । १ लाख ५० हजारको चेक आश्रमका अध्यक्ष डोल बहादुर रामदामको रोहवरमा  सौचालयको निर्माणको जिम्मा पाएको लुम्बिनी वेलफेयर सोसाईटीका अध्यक्ष खगेन्द्र रेग्मीलाई  प्रदान गरेको हो । अपाङ्गता भएका व्याक्तिहरुको लागि सौचालय र नुहाउने, धुने स्थान सहित दुई कोठाको उक्त सौचालयका साथै वाथरुम समेत निर्माण गरिने छ । 
सामाजिक सेवा नै मुख्य उद्देश्य राखेर गठन भएको सञ्जालले स्थापना कै  ७ महिनामा सामाजिक सेवातर्फ अग्रसर भएको हो । सञ्जालका संस्थापक अध्यक्ष राज खनाल र उपाध्यक्ष सन्तोष के.सीले रुपन्देहीमा विभिन्न पाँच चरणमा सहयोगका कार्यक्रम  गर्ने योजना अनुसार शनिवार नै आत्मशान्ती अनाथ आश्रम मणिग्राम रुपन्देहीको लागि अक्षयकोष स्थापनको लागि १ लाख रुपैयाको चेक हस्तान्तरण गरिएको छ । सञ्जाल का अध्यक्षखनालले  आश्रमकि अध्यक्ष मैनादेवी भण्डारीलाई चेक प्रदान गरेका हुन । कार्यक्रममा बोल्दै आश्रमकि अध्यक्ष मैनादेवी भण्डारीले १ करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने उदेश्य अनुसार सहयोगी दाताहरुबाट सहयोग जुट्दै गएको जानकारी दिईन् । अहिले करिव ३० लाख रुपैयाँ जम्मा भएको भन्दै उनले निकट भविश्यमा नै अक्षयकोष अफुले अपेक्षा गरे अनुसार पुरा हुनेमा आशावादी भएको बताईन् ।
यस्तै सञ्जाल लुम्बिनी अञ्चल अस्पतालमा ईलेक्ट्रोनिक्स वाटर टैंकी समेत प्रदान गर्ने भएको छ । अवको केही दिनमा करिव १  लाख रुपैया बराबरको जाडोमा तातो र गर्मीको मौसममा चिसो हुने प्रकृतिको ईलेक्ट्रीक पिउनेपानी टैकी प्रदान गर्न लागिएको  सञ्जाल का उपाध्यक्ष केसीले जानकारी दिए । बुटवल–१३ देवीनगरमा रहेको नेपाल अपाङ्ग आश्रममा  अवको ३ महिनामा अपाङ्गमैत्री सौचालय निर्माण हुनेछ । सौचालयको शनिवार नै  सञ्जालका अध्यक्ष राज खनालले सिलन्यास गरे । शौचालय निर्माणको जिम्मा निर्माणकर्मी श्याम थापाले लिएका छन् । मणिग्राममा रहेको आत्मसान्ती अनाथ आश्रमको अक्षयकोषका लागि सञ्जालले १ लाख रुपैया हस्तान्तरण कार्यक्रममा सञ्जालका संस्थापक अध्यक्ष राज खनाल, उपाध्यक्ष सन्तोष के.सी सञ्जाल सेवीहरु टेकनारायण पोख्रेल, बलराम न्यौपाने लागयतले बोलेका थिए ।
सञ्जालले बुटवल माविमा कक्षा ६ मा पढ्ने विपन्न विद्यार्थी लाल बहादुर गाहा र कान्ति पुुञ्जबोडिङ्ग स्कुलमा  पढ्ने सागर क्षेत्रीलाई एक बर्ष सम्मको पढाई खर्च दिने भएको छ । यसत्े पश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय बुटवलको सहयोगमा ट्राफिक नियम सँग सम्बन्धीत तीन वटा ठुला होडिङ्गबोड राख्ने बताएको छ ।
सञ्जाल अष्टे«लियाका संस्थापक अध्यक्षखनालले नेपाल अपाङ्ग आश्रम देविनगरमा मस्तिस्कघाट भएकी पिडीत विरामी सलिना वि.क लाई उपचारका लागि नगद ५ हजार रुपैयाँ सहयोग गरेका छन् । सलिनाको टाउकोमा पानी जमेको छ । उनको उपचारका लागि सहयोग गरिदिन आश्रमले सवैलाई आग्रह समेत गरेको छ ।
यस्तै आश्रममा एक कार्यक्रमको आयोजना गरी समाजिक सञ्चाल प्रयोग कर्ताहरुले करिव १० हजार रुपैयाँ बराबरको खाद्यान्न वितरण गरेका छन् । सामाजिक सञ्जाल फेसबुक र ट्वीटर प्रयोकर्ताहरुको समुहले आश्रममका एक कार्यक्रम गरी १० हजार  बराबरको  सहयो प्रदान गरेको रमेश पाण्डेले जानकारी दिए । साथै सोही अवसरमा मस्तिष्कमा पानी जम्मा भएकी पिडीत अपाङ्गता भएकी वालिका शलिना विकलाई शरिता गुरुङ्गले १० हजार रकम प्रदान गरेकी थिईन् ।
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्
तस्वीर छ, कृष्ण खनालबाट




रेको हो ।

Popular posts from this blog

यस बर्ष सय प्रकारका ब्रान्डीङ्ग उत्पादन बजारमा ल्याउदै छौं

कालिका उच्च माविको ५४ औं बार्षिक उत्सव, नेपालमै नमुना विद्यालय बन्न सुझाव

विषादी परीक्षण केन्द्र सञ्चालनमा ढिलाइ