तिनाउ पुलको आयु लम्बाउन मर्मत ईन्जीनियर भन्छन्–‘अझै ३० बर्ष टिक्छ’

कृष्ण खनाल
बुटवल, २८ बैशाख ।
नेपालको प्रमुख व्यापारिक र औद्योगीक नगरीको रुपमा  रहेको बुटवलको मुखैमा रहेको तिनाउ नदीमाथि निर्माण गरिएको ‘तिनाउ पुल’ अहिले मर्मत संहारको काम भैरहेको छ ।
सामान्यतया पुल मर्मतको काम नेपाल सरकार सडक विभाग अन्र्तगत सडक डिभिजना कार्यालयले गर्दछ । तर तिनाउ नदी लगायत नेपालका केही महत्पूर्ण पुलहरुको माग नेपाल सरकार पुल महाशाखा, पुल योजना नम्बर तिन नेपालगञ्जको रोहबरमा अहिले पुलको मर्मत संहार काम गरिएको हो । 
केही महिना पहिला देखि तिनाउ नदीको फाउण्डेसनलाई जोगाउनको लागि नदीमा ‘बोटबार’ निर्माण गरिएको छ । अवको केही दिनमा उक्त काम पुरा हुने पुलयोजना  नम्बर ३ नेपालगञ्जका प्रमुख गणेश गौतमले जानकारी दिए । उनका अनुसार अन्य साना पुलहरुको विषयमा सडक डिभिजन कार्यालयले गर्दै आएकोमा केही नेपालका ठुला पुलहरु पुल महाशाखाले हेर्दै आएको हो  । पुलयोजना शाखा नम्बर ३ का प्रमुख गणेश गौतमका अनुसार तिनाउ संगै पुर्वपश्चिमा राजमार्गका शिवगंगापुल, बौलाह खोला पुल, राप्ती नदीको पुल लगायतका पुलको मर्मत संहार काम अहिले जारी रहेका छन् । 
बुटवलको तिनाउ नदीको पुल मर्मतको काम गत जेठ–असार महिनामा सुरु गर्ने योजना भएपनि विभिन्न प्रकृतिले गत पुस महिनाबाट मर्मत संहारको प्रक्रिया सुरु भएको थियो । तिनाउ नदिको फाण्डेसनमा असर परेको कारण फाउण्डेसनलाई जोगाउने प्रमुख उदेश्यका साथ अहिले काम गरिएको ईन्जीनियरको भनाई रहेको छ । तिनाउ नदीको मर्मत संहार अन्र्तगत फाउण्डेसनालई बोन्ड्रीङ्ग गरी मर्मत संहार गरेर काम पुरा भएपछि अवको करिव २० देखि ३० बर्ष सम्म पुलको जोखिम नहरेको ईन्जीयर समेत रहेका गौतमको भनाई रहेको छ । 
 पुलमा फाण्डेसन जोगाउनको लागि बोन्ड्रीङ्ग, स्लाव राख्नुको साथै ‘बोटबार’ समेत निर्माण गरिएको छ ।  यस्तै पुलको माथी भाँचीएका रेलिङ्गको मर्मत संहारका साथै उप्कीएको कालेपात्रोलाई पूर्णरुपमा उतारेर पुन कालेपत्रो गर्ने कार्यको सुरुवात गरिएको छ । केही दिन पहिलाबाट तिनाउ पुलको  पुरानो कालेपत्रो उप्काउने काम जारी रहेको छ । जसको कारण केही समय तिनाउ पुलका एकतर्फ मात्र बाटो सञ्चालन गर्ने तयारी गरिएको निर्माण कम्पनीले जनाएको छ । सामन्य तया निर्माण गरिने पुल ५० बर्षको आयु निर्धारण गरी निर्माण गरिएको हुन्छ । तर मुख्य राजमार्गमा निर्माण गरिने पुल करिव १ सय बर्षको लागि सम्म प्रयोग गर्न मिल्ने गरी निर्माण गरिएको कारण तिनाउ पुलको जोखिम कम रहेको प्राविधिकहरुको भनाई रहेको छ । 

जेठ, असार महिना सम्म सबै काम पुरा गरी पुल सञ्चालनमा ल्याउने गरी काम गरिएको   पुल योजना शाखाले जानाएको छ ।  पौने ३ करोड लागतमा  पुल मर्मत संहारको काम सुुरु गरिएकोकामा  महाशाखले करिव ढाईकरोड रुपैयाँ बराबर लागतमा उक्त  मर्मत संहार काम सम्पन्न गर्ने लक्ष्य लिइएको जानाइएको छ । स्वच्छन्द–न्यू कंक्रिट जे.भि.ले संयुक्त रुपमा मर्मत संहारको जिम्मा लिएका हुन । 
तिनाउ नदीमा नदी जन्य उत्पादन उत्खनन वि.सं. २०५० देखिालिएको थियो भने पुन बन्द भउको उत्खनन्  २०६० देखि २०६६ सम्म भने एक्स्काभेटर लगाएरै अत्यधिक दोहन  गरिएको थियो । जसको कारणले गर्दा तिनाउ नदीको फाउडेसनमा समेत असर परेको जनाइएको छ । वि.सं. २०५० यता तिनाउबाट ढुंगागिट्टी बेचेर झन्डै ७५ करोड रुपैयाँ आम्दानी गरेको तथ्यांक जिविससँग छ । अनियन्त्रित निकासीले पारेको असर नियन्त्रण गर्न सात वर्षमै ८० करोड रुपैयाँ खर्च भइसकेको छ । नदी नियन्त्रण, सिँचाइ आयोजना र जोखिममा परेको पुल जोगाउन यो रकम खर्च भएको हो । 
तस्वीरः  संलग्न छ । 
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्

Popular posts from this blog

यस बर्ष सय प्रकारका ब्रान्डीङ्ग उत्पादन बजारमा ल्याउदै छौं

कालिका उच्च माविको ५४ औं बार्षिक उत्सव, नेपालमै नमुना विद्यालय बन्न सुझाव

विषादी परीक्षण केन्द्र सञ्चालनमा ढिलाइ