विद्यालयमा पोल छ तर विजुली छैन

कृष्ण खनाल 
बुटवल, जेठ ।
विद्यालयको कम्पाउण्डमा वि
जुलीको पोल गाडिएको छ । पोलबाट नजिकैका घरहरुले तार तानेर घरमा विजुली बालेका छन् । चर्को गर्मीमा नजिकैको घरमा  पङ्खा चल्छ, गर्मीमा फ्रिज चलाएर चिसो पानि खान्छन् । तर विद्यालयमा भने विद्यार्थी ४२ डिग्रीको चर्को गर्मीमा टिनको छानो मुनी असिन पसिन हुदै पढ्छन्, शिक्षकहरुसमेत गर्मीको सिकार भएका छन् । यो अवस्था  रुपन्देहीको लुम्बिनी सास्कृतीक नगरपालिका –१२  साविक एकला गाविसमा रहेको अधियारी निम्न माध्यमिक विद्यालयको हो । वि.स.२०१६ सालमा स्थापना भएको उक्त विद्यालयमा अहिले सम्म विजुली जोडीएको छैन । तराईको उच्च गर्मी हुने स्थानमा विद्यालयमा करिव करिव ५ सय जना विद्यार्थीहरुले अध्ययन गर्दैै आएका छन् । त्यसमा सबैभन्दा बढि  छात्राहरुको संख्या बढि छ । विद्यालयमा विजुली जोड्नको लागि केही बर्ष पहिला देखि प्रयास गरिएको भएपनि आर्थिक अभाव भएको भन्दै विद्यालयले विद्युत जडान गरेको छैन । जसको कारण गर्मीको मौसममा विद्यार्थीहरुले पसिना काड्दै अध्ययन गर्न बाध्य छन् भने शिक्षकहरुलेपनि सोही व्यथा  भोग्न बाध्य छन् । विद्यालयका सहायक प्रध्यानाध्यापक पुरन प्रसाद उपाध्यले घरमा नै मोवाइृल चार्ज गरेर विद्यालय आउनुपर्ने बाध्याता रहेको  बताउछन् । उनी भन्छन्–‘घरमा लाईन नभएको बेला मोवाईल चार्ज गर्नु प¥यो भने नजिकैको घरमा जानुपर्दछ ।’ 

कक्षा ८ सम्म पढाई हुने उक्त विद्यालयमा अधिकांस यादव, हरिजन, कलवार, वरै, लोलिया लगायतका विद्यार्थीहरुले पढ्दै आएका छन् । विद्यालयका प्रध्यानाध्यापक रफिक खानले विद्यालयमा विद्युत जोड्नको लागि तत्परता नदेखाएको कारणले पनि विद्यार्थीहरु गर्मीमा प्रभावित भएको विद्यालयका एक शिक्षक बताउछन् । विद्यालयक सहायक प्रध्यानाध्यापक पुरन प्रसाद उपाध्ययले भने विद्यालयको अतिरिक्त आम्दानीको स्रोत नभएको कारण विद्युत जडान गर्न नसकिएको बताएका छन् । उनी भन्छन्–‘विद्यायले हँ आम्दानी गर्न सकिरहेको छैन के, त्यहि भएर विजुली नजोडेको हो ।’ उनले कसैले सहयोग गरेमा  विद्युत जोड्न सहज हुने बताएका छन् । 
यता, सोही विद्यालयमा बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरुको लागि ‘डे केयर सेन्टर’ स्थापना गरिएको छ । बौद्धिक रुपमा  कमजोर रहेका विद्यार्थीहरु समेत चर्को गर्मीमा पङ्ग्खा विना बस्नुपर्दा थप समस्या भएको बौद्धिक अपाङ्गताका अभिभावक संघ रुपन्देहीका अध्यक्ष बाबुराम केसी बताउछन् । उनकै पहलमा स्थापान भएको डे केयर सेन्टरमा अहिले १४ जना वालवालिकाहरु रहेका छन् । ति वालवालिकाहरुलाई विहान करिव १० बजे अभिभावकहरुले डे केयर सेन्टरमा ल्याउछन् र साँझ ४ बजे लैजान्छन् । दिउँसभर एक आपसमा बोल्ने, सिक्ने अभ्यासको लागि एक जना शिक्षिका समेत राखिएको छ । तर गर्मीको कारण उनीहमा समेत थप समस्यामा रहेका छन् । अभियारी निमाविमा  वि.स.२०७१ सालमा डे केयर सेन्टर स्थापना भएको हो । बौद्धिक अपाङ्गताका अभिभावक संघ रुपन्देहीका अध्यक्ष बाबुराम केसी भन्छन्–‘विद्यालयमा लाईन छैन, यिनीहरुको लागि दताहरुको सहयोगमा फ्यान(पङ्खा) ल्याएको छु, तर विजुली विना जोड्न पाएको छैन ।’ 
तस्वीर संलग्न छ , कृष्ण खनालबाट
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्



Popular posts from this blog

यस बर्ष सय प्रकारका ब्रान्डीङ्ग उत्पादन बजारमा ल्याउदै छौं

कालिका उच्च माविको ५४ औं बार्षिक उत्सव, नेपालमै नमुना विद्यालय बन्न सुझाव

विषादी परीक्षण केन्द्र सञ्चालनमा ढिलाइ