‘आहाल’ बन्यो फोर लेन सडक

कृष्ण खनाल
बुटवल, १९ असार ।
 नमूना सडकको रूपमा

निर्माणाधीन बुटवलको फोर लेन सडक ‘हिउँदमा धुलाम्मे र बर्षामा हिलाम्मे’ हुने कुरा सामान्य होईन । निर्माणधीन रूपमा रहेको केही अंश निर्माण पुरा भएपनि त्यसको उचित सम्बद्र्धन गर्न नसक्दा स्थानीयहरूले बर्षातको बेला झनै सास्ती व्यहोर्नु परेको छ । 
कारण ढलको पानी । सडक निर्माण गर्दा ढललाई उचित किसिमले सफाई नै नगरि ‘स्ल्याब’ राखिएको कारण बुटवलका विभिन्न स्थानमा अहिले ढलमय बनेका छन् । सडकको पानी तर्काउनको लागि भनेर निर्माण गरिएको ढल थुनिँदा ढलको सबै फोहर सडकमा आउँदा कतिपय स्थानमा दुर्गन्ध समेत फैलिएको छ । 
बुटवलको ट्राफिक चोक, मिलनचोक, राजमार्ग चौरहा लगायतका स्थानहरूमा निर्माण गरिएको ढल सफाई नगरिँदा ढलको पानी सडकबाट नै बग्ने गरेको छ । जसको कारण एकातर्फ सडक प्रयोग गर्ने पैदल यात्री तथा सवारी चालकहरूले सास्ती व्यहोर्नु परेको छ भने अर्को तर्फ तिब्र गतिमा सडकबाटै बग्ने ढलको पानीले असर पार्ने गरेको कारण सडकको आयु समेत घट्ने गरेको सरोकारवालाहरूले बताएका छन् । शनिवार बुटवलको मिलनचोकबाट ढल थुनिएर बाटोबाटै ढल बग्दा राजमार्ग चौरहा सम्म पनि दुर्गन्ध फैलिएको थियो । 
बुटवल क्षेत्रमा निर्माणधिन फोर लेन सडकको निर्माणधीन काम अन्तिम चरणमा पुगेको छ भने बुटवल बेलहीया सिक्सलेन सडकको दोस्रो चरणको काम अहिले जारी छ भने तेस्रो प्याकेज अहिले सम्म सुरु हुन सकेको छैन । बुटवलको सिक्स लेन सडक बुटवलको ट्राफिक चोक देखि राजमार्ग चौाह सम्मको सडक सडक डिभिजन कार्यालय बुटवल–४ लाई ठेकेदार कम्पनीले हस्तान्तरण गरेको छ । तर उक्त सडकको ढलको व्यवस्थापन कस्ले गर्नै भन्ने विषयमा कुनै निकाय जिम्मेलवार बनेको छैन । यस विषयमा सडक डिभिजन कार्यालय बुटवलका प्रवक्ता तथा ईन्जीनियर धनी राम चौधरीलाई पटक–पटक सम्पर्क गर्दा समेत फोन उठाएनन् । अन्तिममा उनले आफ्नो मोवाईल अफ गरेका थिए । 
२०६५÷०६६ मा सर्वे भई २०६६÷०६७ मा युनाईटेड–लुम्बिनी–कान्छारामले संयुक्त रूपमा बुटवल राजमार्ग चौराहादेखि ट्राफिकचोक सम्म २.०९ किमी सडक ११ करोड १६ लाख २० हजार रूपैयाँमा २०६८ श्रावण १८ गते सक्ने गरी ठेक्का पाएको थियो । जुन निर्माण कार्य पुरा भएको छ । योजनाको कुल लागत १३ करोड ३० लाख ६४ हजार पु¥याईएको थियो । 
दोस्रो प्याकेज अन्तर्गत बुटवलको पुष्पलाल पार्क देखि तिनाउ पुल सम्म ०.७ किलोमिटर सडकको निर्माण कार्य भइरहेको छ र बुटवलको राजमार्ग चौराहादेखि पूर्व बुटवल औद्योगिक क्षेत्र सम्मको सडक पनि सिक्स लेनको रूपमा विकास गर्ने काम थालनी हुन सकेको छैन । 
यो सडक करिब १० वर्ष टिकाउ हुने प्राविधिकहरूको भनाइ भएपनि ओभरलोड र सडक क्षमता भन्दा बढी टनका सवारी साधनहरू ओहोर दोहोर भएमा दुई, तीन बर्षमै पनि भत्किन सक्ने छ ।
२५ गज र २५ मिटरको नियमले गर्दा कतिपय ठाउँमा ७५ फुट र कतिपय ठाउँमा ८२ फुटको सडक निर्माण गर्न परेपनि ऐनमा सिक्स लेन सडक बनाउँदा २५ मिटरनै कायम गर्नुपर्ने प्रवधान रहेको छ ।
 बुटवलको निर्माणाधीन सिक्स लेन सडकको दोस्रो प्याकेजको लागि २०६७ ÷०६८ मा ठेक्का पट्टा भएको र लुम्बिनी÷ कान्छाराम रायमाझी कन्ट्रक्सनले २०७० असार मसान्त सम्ममा काम सम्पन्न गर्ने गरी १० करोड ४० लाख ४६ हजार रूपैयाँमा ठेक्का पाएको भएपनि यो लागत बढेको छ र अझै सकिएको छैन् । सिक्स लेन सडकको फुटपात देखि बाहिरको १०÷१२ मिटरको खाली जग्गालाई व्यवस्थित गर्ने, वीच भागमा रहेको डिभाईडरलाई व्यवस्थित गर्दै त्यहाँ सडक लाईटिङ्ग बोर्ड राख्ने, कतै बगंैचा बनाउँने योजना भने अझै बाँकी रहेको छ ।

Popular posts from this blog

यस बर्ष सय प्रकारका ब्रान्डीङ्ग उत्पादन बजारमा ल्याउदै छौं

कालिका उच्च माविको ५४ औं बार्षिक उत्सव, नेपालमै नमुना विद्यालय बन्न सुझाव

विषादी परीक्षण केन्द्र सञ्चालनमा ढिलाइ