कर्मचारीलाई ट्रयालमा मस्तीः सेबाग्राहीलाई सास्ती
कृष्ण खनाल
बुटवल, २८ असार ।
राजश्व बुझ्नको लागि भनेर बसेका कर्मचारीले भने–‘यतिखेर आउने, बुझीदैन तपाईको जानुस् ।’ ‘बाहिर सूचनामा दिउँसो २ बजे सम्म लेखेको छ है किन बुझ्ने ? भनेर खनाले प्रश्न गर्दा कर्मचारीले उल्टै प्रतिबाद गर्दैै भने–‘बढि नबोल्नुस, अरुको पनि लिएको छैन ।’
उनी जस्तै करिव ५० जना सेवा ग्राही कर्मचारीकै कारण फिर्ता

भएका थिए । कार्यलयमा संवाददाता पुग्दा विहान नै बुझेका काजपत्र मिलाउनको लागि भन्दै कर्मचारीहरुले अन्य सेवा ग्राहीहरुको राजश्व नलिएको बुटवल–१५ बेलबास बाट आएका अर्का सेवाग्राही प्रकाश खनाल ले भने । उनले भने–‘साढे १ तिर जाँदा पनि आज बन्द भयो भोली आउनु भन्दै फिर्ता पठाए ।’ उनले थपे–‘बाहिर सूचनामा लेखेको कुरा गर्दा उल्टै थर्काए ।’
यता, यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमती–पत्र लुम्बिनी अञ्चल कार्यालयकी निमीत्त प्रमुख उर्मिला गुवाजुले आफु ट्रायलमा गएको कार्यालयमा नभएकाले कर्मचारीले धेरै सेवा ग्राहीहरु आएको कारण दिक्क मानेर त्यस्तो गरेको हुन सक्ने बताईन् । कुराकानीमा उनले भनिन्–‘आज धेरै सेवाग्राही आएको रैछ १÷२ जनलाई भिडभाड भएकाले पनि त्यस्तै हुन सक्छ ।’ उनले आफु दिनभरसवारीको ट्रायलमा भएको र यस विषयमा बुझ्न कार्यालयमा जाँदा कर्मचारीहरुले आफुहरुले राजश्व लिईरहेको जानकारी गराएको बताईन । ‘कसैकसैलाई कर्मचारीले त्यस्तो गरेको हुन सक्छ, सबैलाई होईन ।’
कार्यलयमा दिउँसो १ः२४ बजे जाँदा राजश्व बुझ्न नमानेको कागजपत्र देखाउदै सेवाग्राही(दायाँ), झ्यालमा टाँसीएको सुचना (बायाँ) जसमा दिउसो २ बजे सम्म राजश्व लिने लेखिएको छ । तस्वीरः कृष्ण खनाल÷बुटवल
