कर दाताहरुमा उत्साह बढ्यो एक बर्षमा २ अर्व ५० करोड राजश्व संकलन

कृष्ण खनाल
बुटवल, ११ साउन । 
पछिल्लो समयमा कर तिर्ने बा
निको विकास हुदै गएको छ । व्याक्तिगत रुपमा पर्मानेट एकाउन्ट नम्बर लिनेहरुको संख्या समेत बढ्दै गएको छ । आन्तरिक राजश्व कार्यालय बुटवलमा अनुसार पछिल्लो समयमा  राष्ट्रलाई कर तिर्नुपर्दछ भन्ने बानीको विकास हुदै जाँदा पान नम्बर लिनेहरुको संख्या बढ्दै गएको  हो  । आन्तरिक राजश्व कार्यालय बुटवलमा प्रमुख शरदचन्द्र पौडेलका  अनुसार गत आर्थिक बर्ष २०७१÷७२ मा  ३२ हजार ५ सय ८ जनाले पान नम्बर लिएका छन् । सोही अवधीमा २  मूल्य अभिवृद्धि कर सम्बन्धी काम गर्ने (मुअक) काम गर्ने ५ हजार ९ सय  जनाले पान नम्बर लिएका हुन । भने १२ हजार २  सय ३१  जनाले स्थायी लेखा नम्बर लिएका छन्  । 
जिल्ला गत विवरण अनुसार रुपन्देहीमा १३ हजार ७ सय,  नवलपरासीमा ४ हजार २ सय ४,  पाल्पामा ७ हजार ७ सय ९० र  गुल्मीमा ६ हजार ८ स ३२ जना ले पान  नम्बर लिएका हुन ।  
रुपन्देही जिल्लाको बुटवल उपमहानगर पालिकाका सहित  ३ वटा नगरपालिका र ६ वटा गाविसहरु, नवलपरासीका  २ वटा नगरपालिका केही भाग र ५ गाविसहरु  र पाल्पा जिल्ला र गुल्मी जिल्लामा कार्यक्षेत्र रहेको आन्तरिक राजश्व कार्याललेले गत आर्थिक बर्ष २०७१÷०७२ तर्फ २ अरव ५० करोड ६६ लाख ५५ हजार रुपैया संकलन भएको छ ।  जुन राजश्व संकलन  सोही अवधीको लक्ष्या भन्दा ११३.०४ प्रतिशत वृद्धि हो भने अघिल्लो आर्थिक बर्षको तुलmनामा  १२६.३० प्रतिशत बढि हो  । 
आन्तरिक राजश्व कार्यालय बुटवलका प्रमुख शरदचन्द्र पौडेलले विभिन्न समयमा सरकारले दिने कर छुट लगायतका स्कीमको कारणले गर्दा गत आर्थिक बर्षमा आन्तरिक राजश्व कार्यालयले बढि राजश्व संकलन गर्न सफल भएको हो ।  उनी भन्छन्–‘नेपाल सरकारले बेला बेलामा ल्याउने कर छुट लगाएका स्कीमको कारणले गर्दा पनि करदाताहरुमा उत्साह थपिएको  छ , जुन स्कीमहरु आगामी दिनमा पनि निरन्तरता आवश्यक छ ।’
अघिल्लो आर्थिक बषर्न ७१÷७२ मा जम्मा २ करोड ९३ लाख ३० हजार ७ सय ३५  रुपैयाँ राजश्व संकलन भएको थियो । जुन गत आर्थिक बर्षको तुलनमा अत्यान्तै न्युन हो । 
आन्तरिक राजश्व कार्यालय बुटवलले कर छली भए नभएको बारे विभिन्न समय समयमा बजार अनुगन गर्दै आएको छ । यसको अलवा करको दायरमा आउने तर  राजश्व नतिर्ने करदाताहरुको लागि पटक÷पटक पत्रचार गरी कर सहभागीता जनाउनको लागि आग्रह गरेको छ । 
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्
नव निर्मित आन्तरिक राजश्व कार्यालय बुटवलको भवन ।  तस्वीरः कृष्ण खनाल÷ बुटवल

Popular posts from this blog

यस बर्ष सय प्रकारका ब्रान्डीङ्ग उत्पादन बजारमा ल्याउदै छौं

कालिका उच्च माविको ५४ औं बार्षिक उत्सव, नेपालमै नमुना विद्यालय बन्न सुझाव

विषादी परीक्षण केन्द्र सञ्चालनमा ढिलाइ