आगोले पोलेको उपचार गर्न १ महिना ६ दिन

कृष्ण खनाल
बुटवल, ३० बैशाख । 
भैरहवाको बर्मेलीटोलमा रिक्सा चलाए
र गुजारा चलाउदै आएका अबुल रज्जाकलाई यस्तो विपत्ती आउला भने कल्पना नै गरेका थिएनन् । विहान सबै देखि साझा सम्म रिक्सा चलायो , रिक्सा कम्पनीलाई भाडा बुझायो अनि बचेको पैसाबाट विहान साझँको छाक टार्दै आएका थिए  । एक महिना अगाडी  रज्जाक बस्ने घरमा विद्युत जोडिएको थिएन्, मट्टीतेलको सहायतकाले बत्ती(टुकी) बालेर  रात कटाउदै आएका थिए । त्यस दिन साझको समय दिनभर रिक्सा चलाएर घरमा पुगेका उनी छोरीलाई  टुकी बाल्न लगाए । 
butwal today daily , 2072, 01, 30 
 केही अग्लो स्थानमा रहेको टुकी उनीकी छोरी खुस्बु निसाँधले के बालेकी थिईन्, उनमाथि नै मट्टीतेल सहित टुकी घोप्टीयो । उनको कम्बर भन्दा मुनीको सबैजसो भाग आगोले जल्यो । तत्काल रिक्सामा राखेर भैरहवामा रहेको भिम अस्पतालमा लगे । त्यहा २ दिन सम्म राखेपछि उनलाई उक्त अस्पतालले लुम्बिनी अञ्चल अस्पताल बुटवलमा रिफर ग¥यो । अहिले आगोले जलिकी निसाधको लुम्बिनी अञ्चल अस्पताल बुटवल गल्लिमीमा उपचार गराईरहेकी छिन् । 
‘आज १ महिना ६ दिन भयो, डाक्टरले हेर्न छोडे, के गर्ने गरिब हजुर १५ हजार भन्दा बढि खर्च भईसक्यो ।’–पिडीत बालिकाक बुबुा अबुल रज्जाकले बुधवार संवाददाता संग भने । उनले थपे–‘गरिब हुँ उपचारको लागि अन्त मेडिकल लैजान सक्दीँन, आफ्ठारो परेको छ ।’
 लुम्बिनी अञ्चल अस्पताल बुटवलको यो एउटा उदाहरण मात्र हो । समयमा डाक्टर नआउने र विरामीहरुलाई कति समय राख्ने भन्ने विषयमा जानकारी नै नदिँदा गरिव र विपन्न विरामी र आफन्तहरु प्रभावित भएका छन् । यसको साथै अस्पतालका विभिन्न स्थानमा ‘रकम तिर्न सक्ने व्याक्तिले निशुल्क सेवा लिन मिल्दैन, निशुल्क सेवा लिनु यस्ता अति गरिव, अपाङ्ग, घरवार विहिनहरुको भाग खोस्नु हो । असर्थ सभ्य नागरिक भई शुल्क तिर्ने बानी बसालौ । असाहयलाई सहयोग गरौ ।’ भनेर दर्जन भन्दा बढि ठाँउमा ‘नोटीस’ टाँसीएको छ । तर अस्पातालको काउन्टरमा बस्ने व्याक्ति र डाक्टर समेतले यस्तो कुरामा हेक्का राख्ने गरेको पाईदैन । 
गरिब र विपन्न र अपाङ्गता भएका व्याक्तिहरुलाई निःशुल्क सेवा प्रदान गर्ने नेपाल सरकारको निर्णयलाई समेत अस्पतालका कयौ कर्मचारीहरुले ‘खै’ विल भन्दै सेवा नै प्रवाह नगरेका दृश्यहरु समेत बुधवार देखिएको थियो । 
यता, लुम्बिनी अञ्चल अस्पताल बुटवलका मेडिकल रेडर्कर अधिकृत तथा सुचना अधिकारी लक्ष्मीराज रेग्मीले अस्पताल बाट निःशुल्क सेवा लिनको लागि अस्पताल विकास समितिले निर्धारण गरेको फारम भर्नुपर्ने र कुन विभागको विरामी हो  त्यो विागबाट सिफारिस आएपछि अस्पताल विकास  समितिले  निशुल्क  सेवाको लागि सिफारिस गर्ने प्रवधान रहेको जानकारी दिए । बुटवल टुडे संगको कुराकानीमा उनले भने–‘करिव ३१ प्रतिशत बेबारिसे, गरिब , विपन्नर अपाङ्गता भएका व्याक्तिहरुले सेवा लिएका छन् ।’
  सुचना अधिकारी रेग्मीले यसो बताएपनि अस्पतालमा आउने अधिकांस गरिब, विपन्न र अपाङ्गता भएका व्याक्तिहरुलाई निशुल्क सेवा पाईन्छ भन्ने विषयमा जानकारी नै  नहुने गरेको छ । आफ्नो छोरीको उपचारका लागि आएका रज्जाकले पनि आफुलाई कुनै जानकारी नभएको बताए । 

तस्वीरः अस्पतालको गल्लीमा १ महिना ६ दिन देखि छोरीको उपचारको लागि बसेका रज्जाकको परिवा / तस्वीरःकृष्ण खनाल÷बुटवल 







Popular posts from this blog

यस बर्ष सय प्रकारका ब्रान्डीङ्ग उत्पादन बजारमा ल्याउदै छौं

कालिका उच्च माविको ५४ औं बार्षिक उत्सव, नेपालमै नमुना विद्यालय बन्न सुझाव

विषादी परीक्षण केन्द्र सञ्चालनमा ढिलाइ