दृष्टिविहिनद्वारा उत्पादीत बस्तु प्रवद्र्धनमा समस्या

कृष्ण खनाल
बुटवल । १ जेठ । 
चितवनको पिप्ले गाविस–३का रक्षव कोईराला १३ बर्षको उमेर सम्म आम मानिस जस्तै अर्थात  सवल थिए । गाउँकै विद्यालयमा कक्षा–२ मा पढ्दै गर्दा उनी दादुरा रोगको सिकार बने । आर्थिक अभावको कारण उनको परिवारले गाउँमै उपचार ग¥यो । तर दादुरा रोगले उपचारपछि निको हुनुको साटो उनको आँखाको ज्वोती सदाका लागि नै हरण गरेर लग्यो । त्यस पद्धि उनी पुर्ण दृष्टिविहिन भए भने पढेर गाउको शिक्षक बन्ने उनको सपना कक्षा २ मा सिमित रह¥यो । गरिबीकै कारण उनको परिवारले उपचारको लागि सुविधा सम्पन्न अस्पतालमा लैजान सकेन्न । 
 दृष्टिविहिन भएपछि उनी काठमाण्डौमा रहेको एक गैर सरहकारी संस्थाको सहायतमा ६ महिना बाँसको मुढा बनाउने, तबेला बनाउने र स्वीटर बुन्ने तालिम सिके । घरमा आमाको मृत्यु भईसकेको र बुबाले अर्कै श्रीमती लिएर भागेपछि वेशाहरा बनेका कोईराला घरको जेठो सन्तान थिए । तर उनलाई आफ्नो भाई, घर परिवारले कसैले हेरेन । भाईले घरजाम गरेर अंशबन्डा गरेर हेलामा परेरका उनले सिप र सृजनालाई मर्न दिएनन् । 
घरमा बस्न मन लागेन,अनी उनले पहाडी जिल्ला पाल्पालाई रोजे ।  पाल्पा जिल्लाको दमकडा गाविसमा रहेको एक अपाङ्गता सम्बन्धी काम गर्ने संस्थाको शरणमा पुगेका उनले त्यहाँ आफुले सिकेको सिपबाट राम्रो आम्दानी समेत गरेका थिए । ‘करिव ३ बर्ष सम्म पाल्पामा बसेर  बाँसको मुढा बनाउने, अगरवत्ती बनाउने, र मैन वत्ती बनाउने काम गरे ।’–पूर्ण दृष्टिविहिन कोईरालाले भने । 
अहिले कोईराला ससुराली गाउ सालझण्डी गाविस–१ को झिमझिमे घरेलु उद्योग सञ्चालन गरेका छन् ।  उनी श्रीमती कमला कुमारी रानाले उनको काममा   सहयोगीको भुमिका निर्वाह गर्दै आएकी छिन् ।  कोईराला परिवारले  बासँको मुडा बनाउने, झोल साबुन बनाउने र फिनेल समेत  विक्रि  गर्दै आएका छन् । उनी भन्छन्–‘ झोल साबुन र फिनेल सालझण्डीका विभिन्न मेडिकलहरु, बैंकहरुमा लगेर विक्रि गर्दै आएको छु ।’
बेला बेलामा अगरवत्ती, मैन वत्ती समेत बनाउँदै आएका उनले छोरी र घर परिवार त्यहि व्यवसायबाट नै पालेका छन् ।  उद्योगको लागि चाहिने  कच्चा पदार्थ रुपन्देहीको ठुटीपिपल बाट ल्याउने गरेको उनी बताउछन् । साढे ३ बर्ष पाल्पामा बसेर  व्यवसाय गरेका उनीले आफ्नो घरेलु उद्योगलाई दर्ता गर्न सकेका छैनन् । जसको कारण पनि उद्योगबाट उत्पादित बस्तु प्रद्र्धनमा समस्या परेको उनी बताउँछन् । ‘उद्योग दर्ता गर्न कहाँ जाने, कस्लाई भेट्ने अनि प्रक्रिया के हो भन्ने बारेमा थाहा छैन, झन्टीलो भएकोले पनि समस्या भएको छ ।–उनले भने । 
दृष्टिविहिनहरुले उत्पादन गरेका सामग्रीहरुलाई सरकारले नै निश्चित मापदण्ड निर्धारण गरेर उद्योग सञ्चालन गर्न दिनपर्ने माग रुपन्देही नेत्रहिन संघका अध्यक्ष बालकृष्ण मरासीनीको रहेको छ । उनी भन्छन्–‘अपाङ्गता भएका व्याक्तिहरुलाई प्रोत्सहान गर्नको लागि समेत यस्तो नीति ल्याउनु पर्दछ ।’ 

tस्वीरः सालझण्डी मा घरेलु उद्योग सञ्चालन गर्दै आएका कोईराला दम्पत्ती । तस्वीरःकृष्ण  खनाल/ बुटवल 

Popular posts from this blog

यस बर्ष सय प्रकारका ब्रान्डीङ्ग उत्पादन बजारमा ल्याउदै छौं

कालिका उच्च माविको ५४ औं बार्षिक उत्सव, नेपालमै नमुना विद्यालय बन्न सुझाव

विषादी परीक्षण केन्द्र सञ्चालनमा ढिलाइ