सुनौलीमा ठगिदै ‘उपभोक्ता’

कृष्ण खनाल 
बेलहिया(रुपन्देही) १२ असोज । 
आईतबार अर्घाखाँची घरभई बुटवल बस्दै आएका  ईश्वरी भुषाल दसैंको किनमेलको लागि भारतको उत्तर प्रदेश राज्य अन्र्तगत सुनौली गए । रुपन्देहीको भैरहवा सिमा नाका बेलहिया हुदै सुनौली गएका  उनीले चिनीका साथै दसैंको लागि चाहिने आवश्यका समान किन्ने योजना बनाएर सुनौली गएका थिए । ‘ल सस्तो चीनीको लागि यता आउनुस्’भन्दै एक व्यापारीले  बोलाए ।  

ईश्वरले सोधे–‘कति रुपैयाँ  हो ।’ व्यापारीले भने–‘मोट छ  चीनी आउनुस् ४५ रुपैंया ।’  नेपालमा साल्ट्र टेर्डिङ्ग करपोरेसन प्रालिले ६३ रुपैयामा चीनी विक्रि गरिरहेको बेला त्यहि सिमा पारी ४५ रुपैयामा चीनी पाईने उनको लागि खुसीको कुरा थियो  । तर उनको त्यो सपना केही बेरमै हरायो । व्यापारीले सस्तोमा ५ किलो चीनी लैजाँदा करिव ३ सय देखि ४ सय रुपैया सम्मको सर्फ  वा चियापत्ती लैजानु पर्ने अडान राखे ।   

पल्लिो समयमा सुनौलीका व्यापारीहरुले चीनीको मूल्य सस्तो देखाएर अन्य सामान अनिवार्य किन्नु पर्ने भन्दै ठगिरहेका छन् । खासगरी दसैंको समयमा व्यापारीहरुले चीनको साथै  अनिवार्य चियापत्ती र सर्फ किन्नु पर्ने भन्दै सोझौं नेपाली उपभोक्ताहरु ठगिरहेका छन् । जुन कुरा नेपालीहरुलाई पत्तै छैन ।  

सस्तोमा चीनी पाईने लोभमा १ सय देखि २ सय रुपैया खर्च गरेर बुटवल देखि किनमेलका लागि भारतको  सनौली पुग्ने नेपालीहरु ठरिएको यो एउटा नमुना मात्र हो । ‘पाँच किलो भन्दा तल चीनी नबेच्नु भन्ने उर्दीआएको छ, जसले गर्दा चीनी संगै चिया पत्ती वा सर्फ अनिवार्य लैजानु पर्ने व्यवस्था समितिले गरेको छ  ।–‘आलम स्टोर्सका सञ्चालले संवाददाता संग भने । 

उनलेको भनाईबाट पनि सुनौलीका सम्पूर्ण व्यापारीहरुले एक जुट भएर नेपालीहरुलाई सोझै ठगी गरिरहेका छन् । उनीहरुले एक बस्तुको मुल्य घटाएर अर्को बस्तुलाई बढि मुल्यमा बेची परिपुर्ती गर्ने गरेको सिमा क्षेत्रमा खटिएका एक नेपाली प्रहरीले बताए । 
उनले भने–‘नेपालीहरुलाई भारतीयले सोझै ठगिरहेको छ, यहा सुनौली भन्दा नेपालमै सस्तो पाईन्छ तर के गर्नेै भिडका भिड छ  ।’
उनले माईक्रो भाडा खर्च गरी भिडभाडमा धुलै धुलो सहेर कोचाकोच माईक्रो सुनौली आएर खरिद गर्नुभन्दा बुटवल  तथा भैरहवाको नजिकको पसलमा सामान खरिद गर्न सल्लाह समेत दिए । 
रिक्सावाले पनिठग्दै नेपाली 

आईतबार स्थलगत रिर्पोटिङ्गको लागि गएको  यो संवाददाताले भारतीय रिक्सा चालकहरुले खुलेयाम रुपमा नेपालीहरु ठग्दै गरेको फेला पार्न सफल भयो । भारतको उत्तर प्रदेश अन्र्तगत सोनौली करिव ५ मिनेटमा नेपाली बस पार्क सम्म आउने बाटोको ५ सय रुपैया सम्म लिने गरेको पाइएको छ । पहिला बास पार्कबाट ल १ सय रुपैयामा लैजान्छौ भन्दै हिडाल्ने र बिच बाटोमा आएपछि ५ सय रुपैया नदिएमा झोला बाटोमा फालिदिएर हिड्ने धम्की दिदै सोझै ठग्ने गरेको पाइएको छ । 
बेहोस बनाई लुटपाट

भारतको आन्द विहारबाट आएका अर्घाखाँची जिल्लाको खिल्जी गाविस–४ का शुशिल कुमार बोल्बासेलाई बसमा एक जना अपरिचितले  विस्कुट खान  दिई बेहोस बनाएर लुटपाट गरेका छन् । विहिबार भारतको आनन्दविहारबाट घरको लागि हिडेका बेल्बासेलाई विच बाटोमा बेहोस बनाई ३५ हजार भारतिय रुपैया सहित लुटेराले लुटपाट गरेका हुन । 

उनलाई पाल्पा र गुल्मीका २ जना नेपालीहरुले उद्वार गरि शनिवार नेपाल ल्याएका थिए । नेपाल ल्याउदा सम्म बेहोस अवस्थमा रहेका उनलाई भैरहको भिम अस्पतालमा उपचार गरी आईतबार डिस्चार्ज गरिएको छ । बेल्बासेका लेखनाथ बेल्बासेले अहिले भाईको उपचार प्रश्चात घर लैजाने तयारी भएको बताए । ईलाका प्रहरी कार्यालय परिसारमा आईतबार भेटिएका  दाजु बेल्बासेले अपरिचितले दिएको खानेकुरा खाँदा बेहोस भएको भाई लुटपाट भएको जानकारी दिएका थिए ।  
अलपत्र यात्रुलाई उद्वार

भारतको गुडगाउबाट आफन्तको साथमा आएका अछाम जिल्लाको कुम्भे गाविस –२ का गोरे विकलाई ईलाका प्रहरी कार्यलय बेलहियाले उद्वारा गरेको छ । गोरखपुर सम्म  साथीहरु संग आएका  ५५ बर्षिय विक बाटो विराएर  अलपत्र परेका थिए । पर्वत जिल्लाका नेपालीहरुले उनको उद्वार गरी वेलहिया नाका सम्म ल्याएका थिए । त्यपछि उनलाई बेलहिया प्रहरीले बुटवल सम्मको बसको व्यवस्था गरी बुटवल बाट धनगढी सम्मको बसको व्यवस्था मिलाएर उनको उद्द्वार गरेको हो । आफुसंग छोराले दिएको १५ सय रुपैया पनि साथीलाई राख्न दिएको र एक रुपैया पनि साथमा नभएको कारण अलपत्र परेका उनले भने–‘घरमा जाईअरी सानी नातिनी छि, वड्डा र बुडीको मुख देख्नापाया हौ त धन्न हुन्या थिए  ।’ ईलाका प्रहरीले कार्यालय बस समिति र प्रशासनालाई चिट लेखेर उनको गाउ सम्म पुग्ने व्यवस्था मिलाएको छ । 




Popular posts from this blog

यस बर्ष सय प्रकारका ब्रान्डीङ्ग उत्पादन बजारमा ल्याउदै छौं

कालिका उच्च माविको ५४ औं बार्षिक उत्सव, नेपालमै नमुना विद्यालय बन्न सुझाव

विषादी परीक्षण केन्द्र सञ्चालनमा ढिलाइ