नेताकै घरको शौचालय ‘शिलबन्दी’

कृष्ण खनाल
बुटवल, १७ भदौ ।
 नेता भनेपछि समाजको अग्रणी स्थानमा आउने व्याक्ति, समुदायका अन्य व्याक्तिलाई समेत सम्झाई बुझाई सौचालय निर्माण गर्नको लागि लागाउने व्याक्ति हुन् । तर तिनै नेताले अहिले घरमा शौचालय  प्रयोग गर्दैन्न  भन्दा तपाईलाई अचम्म लाग्न सक्छ । 
 पार्टीको गाविस स्तरिय कमिटिका अध्यक्ष समेत रहेका ति नेताले शौचालय त निर्माण गरेका छन् तर त्यसलाई ‘शिलबन्दी गरी’ कोही पनि व्याक्ति भित्र छिर्ने नसक्ने बनाएका छन् भने सौचालयमा  प्रयोग भएको ट्वाईलेट सिट(प्यान) समेत  टिन र ईटाले ढाकेर राखेका छन् ।
ति नेता हुन मधेसी जनाधिकार फोरम नेपाल रुपन्देहीको गजेडी गाउँ विकास  समितिको  गाउँ कमिटि अध्यक्ष गौरी शंकर सुनार ।  
गजेडी गाविसको वडा नम्बर ५ को मसिना टोलमा बस्ने सुनारलाई पटक÷पटक गाउँ स्तरिय खानेपानी तथा सरसफाई स्वच्छता संमन्वय समितिले –भि–वासीसी)आग्रह गरेपछि गएको असार महिनामा ट्वाईलेट(चर्पि) निर्माणको काम सुरु गरेका थिए । 
उनले अहिले चर्पी निर्माण कार्य सम्पन्न गरेका छन्  । तर सौचालय प्रयोग गर्नुको साटो उनले सौचालयलाई बोराले बारेर भित्री छिर्ने ठाउमा समेत बोरा सिलाएर सिलबन्दी गरेका छन् । सोमबार जिल्ला स्तरिय खानेपानी तथा सरसफाई स्वाच्छता संमन्य समिति(डिवासीसी)को अनुगमनमा शौचालय निर्माण गरेपछि प्रयोग नै नगरेको भेटाएको हो । 
टोलीसंग उनले सौचालय निर्माण पछि खाल्डोबाट  ग्यास निस्कने पाईप नभएको कारण प्रयोग गरेको र आफ्नो भाईको सौचालयमा जाने गरेको बताए पनि उनकी श्रीमती सवित्री सुनारले अहिले पनि आफुहरु सबै परिवार खेतमा सौचको लागि जाने गरेको बताईन् । उनले भनिन्–‘हामी कसैको ट्वाइलेटमा जाँदैनौ, त्यही हो विहान राती खेतमा जाने गर्दछौ ।’ स्थानिय नेता समेत रहेका उनको अहिले ८ वटा छोरी रहेका छन् । २ जना छोरीको विवाह भईसकेपनि अन्य ६ जना छोरी र श्रीमान् श्रीमती अहिले पनि खेतमा सौचको लागि जाने  गर्दछन् । 
उता, गाउ स्तरिय सरसफाई स्वच्छता संमन्य समितिका संयोजक तथा गाविस सचिव राजकुमार श्रेष्ठले स्थानि केही राजनीतिक दलका नेताहरुले सहयोग नर्गदा खुला दिशा मुक्त क्षेत्र घोषणा गर्नको लागि समस्या भएको बताए । उनले अहिले सम्म गाविसका ३ वटा वडाहरु, वाडा नम्बर १, २  र ३ खुला दिशा मुक्त भएको बताउदै अझै केही वाडहरुमा समस्या रहेको बताए । उनले भने–‘केही नेताहरुको कारणले पनि समस्या भएको छ, हामी प्रयासरत छौ छिट्टै नै खुला दिशा मुक्त घोषणा हुन्छ ।’
उक्त गाविसका वडा नम्बर १ का ४ सय  ५० घरधुरी रहेकोमा ४ सय ५० वटै घरमा शौचालय निर्माण भएको छ ।  उक्त वडा मा सुआहारा परियोजना लागु भन्दा पहिला २ सय १३ वटा घरमा शौचालय थिए भने पछि २ सय ३६ वटा घरमा शौचालय निर्माण भएका छन् । त्यस्तै वडा नम्बर २ मा ५ सय ६२ वटा घरधुरी रहेकोमा ५ सय ६२ वटा घरमा नै शौचालय निर्माण भएका छन् ।  उक्त वडा मा परियोजना पहिला २ सय ९ वटा र परियोजना लागू भएपछि ३ सय ५३ वटा घरमा शौचालय निर्माण भएका छन् । त्यस्तै उक्त गाविसको वडा नम्बर ३ मा ४ सय ७ घरधुरी रहेकोमा सबै घरमा शौचालय निर्माण भएका छन् । परियोजना पहिला १ सय २४ र परियोजना पछि २ सय ८३ वटा शौचालय निर्माण भएका छन् । 
वडा नम्बर ४ मा ३ सय ५६ वटा घरधुरी रहेकोमा अहिले सम्म ३ सय ८ वटा घरमा शौचालय निर्माण भएका छन् । जसमा १८ वटा शौचालय निर्माण गर्न बाँकी रहेको छ । वडा नम्बर ५ मा १ सय ११ घर धुरी रहेकोमा ५६ वटा घरमा मात्र घरमा मात्र सौचालय निर्माण भएका छन् । जसमा अहिले ४२ वटा घरमा सौचालय निर्माण गर्न बाँकी रहेको छ । त्यस्तै वडा नम्बर ६ मा १ सय ७० वटा घरधुरी रहेकोमा १ सय ३० वटा घरले शौचालय निर्माण गरेका छन् भने अझै १८ वटा घरमा शौचालय निर्माण गर्न बाँकी रहेको छ । वडा नम्बर ७ मा ४ सय ४० वटा घरधुरी रहेकोमा ३ सय ६९ वटा घरमा शौचालय निर्माण भएको छ भने अझै ५०वटा घरमा शौचालय निर्माण हुन बाँकी रहेको छ । वडा नम्बर ८ मा १ सय २८ घरधुरी रहेकोमा १ सय २६ घरमा शौचालय निर्माण भएको छ, भने अझै १ वटा घर मा शौचालय छैन् । वडा नम्बर ९ मा ८७ वटा घरधुरी रहेकोमा ४० वटा घरमा शौचालय  निर्माण भएको छैन ।  
पुरा गजेडी गाविसमा कुल घरधुरी संख्या २७ सय १० रहेकोमा चर्पी प्रयोग गर्नेघरधुरी २ हजार ४ सय ३५  रहेका छन् भने चर्पी प्रयो गर्नेको संख्या १ सय ३५ रहेको छ । परियोजना पहिला ८ सय १३ घरमा शौचालय थियो भने परियोजना पछि  १६ सय ३७ घरमा शौचालय निर्माण भएको छ भने अझै १ सय २५ घरमा शौचालय निर्माण सुरु भएको छ । 
तस्वीरः शौचालय निर्मापछि शिलबन्दी गरेर राखेको रुपन्देहीको गजेडी गाविसको नेता गौरीशंकर सुनारको सौचालय । तस्वीरःकृष्ण खनाल÷बुटवल टुडे । 

Popular posts from this blog

यस बर्ष सय प्रकारका ब्रान्डीङ्ग उत्पादन बजारमा ल्याउदै छौं

कालिका उच्च माविको ५४ औं बार्षिक उत्सव, नेपालमै नमुना विद्यालय बन्न सुझाव

विषादी परीक्षण केन्द्र सञ्चालनमा ढिलाइ