छाडा चौपायालाई उपचार !

कृष्ण खनाल
बुटवल, २१ भदौ ।
तपाइको टोल वा गल्लीमा  चोटपटक लागेर रताम्मे भएका आएका छाडा चौपायहरु देख्नुभएको छ होला । कतिपयले त नजिकै आउछ कि भनेर लाठीले हिर्काउने र भागाउने समेत गनु भएको पनि छ होला ।
 विभिन्न कारणले चोट पटक लागि घाउ ईन्फेक्सन भएका छाडा चौपायाहरुको अव उपचार हुने भएको छ । ईन्फेक्सन भएको घाउ लिएर टोल, गल्ली गल्लीमा चौपायाहरु डुल्दा अन्य मानिसहरुमा समेत रोग सर्न सक्ने भएको कारण बुटवलको एउटा क्लवले छाडा चौपायाको उपचारको लागि पहल सुरु गरेको छ ।
रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीको पहलमा छिटै नै उक्त कार्यको सुरुवात हुने क्लवका अध्यक्ष मनोज मित्तलले जानकारी दिए ।

उनका अनुसार अहिले पनि बुटवल र यस आसपासमा कारिव ५० वटा जति छाडा चौपायाहरु विरामी अवस्थामा हिडडुल गर्ने गरेका छन् । क्लवका पुर्व अध्यक्ष बालकृष्ण अर्यालले यस क्षेत्रमा अन्य क्लवहरुले विभिन्न कार्य गर्दै आएकोमा आफुहरुले थप केही नयाँ कार्य गर्न लागेको बताए ।
 यस क्षेत्रमा क्रियाशिल विभिन्न उद्योगी, व्यापारी संघ संस्थाहरुको संमन्वयमा अगाडी बढ्ने भन्दै यसको लागि सबैको सहकार्य  जरुरी रहेको जानकारी गराए ।
वडा प्रहरी कार्यालय बुटवल रामनगरका प्रहरी सहायक निरिक्षक केशव रेग्मीले छाडा चौपायको कारण पटक पटक दुर्घटना हुने गरेको भन्दै छाडा चौपाया नियन्त्रणको लागि दिर्घकालिन अवधारणा आवश्यक रहेको बताए । उनले भने–‘एक पटक धपाएर हुँदैन, पटक पटक फेरी आईहाल्छन्, यसको लागि एउटा निश्चित मापदण्ड बनाएर अगाडी बढ्न पर्दछ ।

ईलाका प्रशासान कार्यालय बुटवलका प्रमुख  विष्णु प्रसाद ज्ञवालीले नेपाली राष्ट्रिय जनावारको रुपमा रहेको गाईलाई स्थानियले दुध दिनसम्म उपयोग गर्ने अनि थाकेपछि  छाडा छोड्ने गरेको कारण समस्या परेको बताए । उनले राष्ट्रिय नीति स्पष्ट नभएको कारणले गर्दा पनि समस्या भएको बताए । उनले पछिल्लो समयमा चरनक्षेत्रको अभाव र खोला किनाराहरु सुकुम्बासीको कब्जामा पर्दैै  गएको कारणले गर्दा समेत चौपायाहरु सडमा आउने गरेको बताए । उनले भने–‘स्थानिय स्वक्त शासन ऐन अनुसार छाडा चौपाया नियन्त्रणको लागि स्थानिय निकाय, नगरपालिका  र गाविसलाई नै दिएको छ तर कत्तिको गाविस र नगरपालिका सक्षम छन् भन्ने कुरा  बुझ्न जरुरी छ ।’

उनले छाडा चौपाया नियन्त्रणको लागि सबै स्थानिय  जनताहरुमा जनचेतना आवश्यक रहेको बताए । आफुले पालेको चौपायालाई  छाडा छोड्नु हुन्न भन्ने चेतनाको विकास नभए सम्म चौपाया नियन्त्रणको कुरा संभव छैन । उनले छाडा चौपाया नियन्त्रण वा उपचारको लागि आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने बताए ।
स्थानिय निकाय बुटवल नगरपालिका को सामाजिक कल्याड महासाखाका  अधिकृत भरत काउचाले बुटवल क्षेत्र भित्र करिव ३ सय भन्दा बढि छाडा चौपाया भएको जानकारी दिदै आज भन्दा करिव ५÷६ बर्ष पहिला देखि नै  छाडा चौपाया नियन्त्रणको लागि पहल भएको भएपनि अहिले सम्म पूर्ण रुपमा नियन्त्रणमा आउन नसकेको स्वीकार गरे ।


 उनले केही बर्ष पहिला सिद्धार्र्थ क्याम्पस नजिक बुटवल–६ हाटबजार नजिक कान्जी हाउस निर्माण गरिएको भएपनि त्यो दिगो नभएको बताए । उनले बुटवल बाट चौपायाहरु नियन्त्रणमा लिएर कपिलवस्तु ३०÷४० वटा चौपाया र मकवानपुरमा १ सय भन्दा बढि गरी अहिले सम्म नगरपालिकाको तथ्यांकमा १  सय ७६ वटा चौपायाहरु अन्यत्र पठाइएको जानकारी गराए ।

उनले भने–‘अहिले पनि विभिन्न स्थानबाट चौपायाहरु लैजानको लागि माग आईरहेको छ, हामी निश्चित प्रक्रिया पुरा गरेर पठाउने गरेका छौ । ’उनले छााडा चौपाया नियन्त्रणको लागि केही समय पहिला जीतगढीमा रहेको कान्जी हाउस निर्माणाधिन अवस्थामा रहेको भन्दै केही समय पछि सञ्चालनमा आउने जानकारी दिए । उनले उक्त क्षेत्रमा  छिटै कान्जी हाउस निर्माण गरी त्यहा नै छाडा चौपाया  उपचारको लागि उपचार केन्द्र स्थापना गर्न सकिने बताए ।  यसको लागि बुटवल नगरपालिकाले सक्दो सहयोग गर्ने उनको प्रतिवद्वता रहेको छ ।
उता, जिल्ला पशु सेवा कार्यालय रुपन्देहीका पशु चिकित्सक डा.प्रदिप शर्माले पशु चौपायाको उपचार गर्ने कुरा अत्यान्त सार्दभिक भएको भन्दै जसको कारण समाजमा रोग फैलन नपाउने बताए । उनले पशुहरुमा खोरेत, भ्यागुते र चर्चरे जस्ता रोगहरु लाग्ने गरेको कारण उक्त रोग अन्य घरपालुवा पशुहरुमा पनि नलागोस भन्नको  लागि छाडा चौपायको उपचार जरुरी रहेको बताए ।
उनले अहिले बुटवल र यस आसपासमा भएका छाडा चौपायाहरुकोलाई   कान्जी हाउस निर्माण गरि राख्नुको विकल्प नभएको भन्दै यसको लागि सम्बधीत निकाय, तथा विभिन्न सरोकारवालाहरुको विचमा संमन्वयकारी भुमिका जरुरी रहेको बताए ।

उनले कान्जी हाउस निर्माण गरी विशेष त्यसलाई पशु अध्ययन केन्द्र तथा  प्रारङ्गीक मल  उत्पादन गर्न सकिने बताए । उनले भने–‘आवास क्षेत्र भन्दा  केही टाढा कान्जी हाउस निर्माण गरी त्यहा नै  उपचार केन्द्र निर्माण गर्न सकिन्छ , अनि त्यहा व्यवसायीक रुपमा प्राङगारिक मल  उत्पादन समेत गर्न सकिन्छ । ’

उनले छाडा चौपायाहरुको  दिर्घकालिन व्यवस्थापनको लागि विशेष निती बनाएर अगाडी बढेमा सबैलाई फाईदा हुन्छ । उनले अहिले पशु सेवा कार्यालयमा बजेटको व्यवस्था नभएको भन्दै छाडा चौपायाको उपचारको लागि औषधी तथा प्रविधिक सहयोग गर्न  सक्छौ ।

Popular posts from this blog

यस बर्ष सय प्रकारका ब्रान्डीङ्ग उत्पादन बजारमा ल्याउदै छौं

कालिका उच्च माविको ५४ औं बार्षिक उत्सव, नेपालमै नमुना विद्यालय बन्न सुझाव

विषादी परीक्षण केन्द्र सञ्चालनमा ढिलाइ