सुर्ती खाए प्रहरी फन्दामा !

कृष्ण खनाल 
बुटवल, १८ फागुन 
तपाईंको नियमित सुर्तीजन्य बस्तु सेवन गर्ने बानी छ ? यदि घर वाहिर निस्कदा सार्वाजनिक स्थानहरुमा सुर्तीजन्य बस्तुहरु सेवन गर्दै हुनुहुन्छ भने ख्याल गर्नुहोला । किनभने प्रहरीले तपाईंलाई सर्वाजनिक स्थानमा सुर्ती जन्य वस्तु सेवन गर्दै गर्दा अव जस्तो सुकै अवस्थामा पनि प्रहरीले नियन्त्रणम लिन सक्ने छ ।
बुटवलमा पछिल्लो समयमा शान्ती सुरक्षा सुदृढ बनाउनको लागि सुरु गरेको अभियान अन्र्तगत सार्वजनिक स्थानहरुमा सुर्ती जन्य वस्तु सेवन गर्ने व्याक्तिहरुलाई नियन्त्रणमा लिई अवश्यक कारवाही गर्ने प्रहरीले नयाँ रणनीति ल्याएको छ ।
ईलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय रामनगरले संयुक्त रुपमा आज(सोमबार) देखि शान्ती सुरक्षा अभियान अन्र्तगतका ६ वटा विषयमा विभिन्न सुधारका कामहरु लागु गर्दै छ ।
ईलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय बुटवलको संयुक्त टोलिले विभिन्न दुव्यर्वसनी नियन्त्रण गर्ने उदेश्यका साथ सार्वजनिक स्थानमा हो हल्ला गर्ने, शान्तीपूर्ण वातावरणमा असर पार्ने क्रियाकलाप गरेमा नियन्त्रणमा लिई तत्काल कारवाही गर्ने भएको हो ।
त्यस्तै प्रहरीले सार्वजनिक गरेको शान्ती सुरक्षा व्यवस्थित अभियानको दोस्रो बुँदामा सार्वजनिक स्थानहरुमा सुर्तीजन्य बस्तुहरु सेवन नियन्त्रण लागि ‘सुर्ती जन्य बस्तु सेवन नियन्त्रण प्रहरी दस्ता टोली खडा गरिएको छ ।’ भनेर उल्लेख गरिएको छ ।
सोही बुँदामा यसरी सार्वजनिक स्थानमा धुम्रपान गर्ने व्याक्तिलाई पहिलो पटक सम्झाई बुझाई गरिने र यदि दोस्रो पटक पनि उक्त प्रवृत्ती दोहोरिएमा सार्वजनिक ऐन अन्र्तगत मुद्वा समेत चलाउन सकिने जानाएको छ ।
त्यस्तै प्रहरीले सडकमा हिड्ने छाडा चौपाया नियन्त्रण गर्ने, यसको लागि विभिन्न संघ संस्था तथा कार्यालयहरु संग सहकार्य गर्ने भएको हो । बँुदा नम्बर ३ मा सवारी साधान दुर्घटना नियन्त्रण तथा न्यूनीकरणको लागि सहकार्य गर्दै निरन्तरता दिने उल्लेख गरेको छ ।
त्यस्तै मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने व्याक्तिहरुलाई दिउसो र रातको समयमा अस्थाई ‘चेक प्वाईन्ट’ खडा गरी कडाई गर्ने जनाएको छ । जुन कार्य विगतका दिनहरुमा पनि गर्दै आएको थियो । आगामी दिनमा यसलाई निरन्तता दिने प्रहरीले जनाएको छ ।
यती मात्र होईन प्रहरीले लामो कपाल पाल्ने तथा शरिरका विभिन्न स्थानहरुमा ट्याटु खोप्ने र शरिरका विभिन्न भागमा मुद्रा लगाउने व्याक्तिहरुलाई पनि निगरानीमा राखेर कारवाही गर्ने भएको छ ।
यसरी मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने व्याक्तिहरुलाई नियन्त्रणमा लिई अभिमुखिकरण गरी छोड्ने र उनीहरुले ५÷५ जना थप व्याक्तिहरुलाई ‘नो ड्रिंक एण्ड ड्रईभ’ को जनचेतना फैलाउनको लागि सुझाब दिने बताइएको छ ।
प्रहरीको बुँदा नम्बर ५ मा सिनेमा हल, ट्टाटु सेन्टर, चौतारी, अस्पताल परिषर, पार्क तथा पुल हाउसमा समेत सादा पोशाकमा प्रहरी परिचालन गरी निरन्तर निगरानी गर्ने जनाएको छ ।
बँुदा नम्बर ६ मा होटल, लज, रेष्टुरेष्टहरुको नियमित तथा छ्ड्के चोकजाँचलाई निरन्तरता दिने जनाएको छ ।
नेपालमा सूतिर्जन्य पदार्थ नियन्त्रण नियमन ऐन २०६८ अनुसार सार्वजनिक स्थानमा धुमपान गरेको पाइएमा पहिलोपटक सम्झाई बुझाई गर्ने र दोस्रोेपटक पनि धुमपान गरेको पाइएमा १ सय रुपिया“ जरिवाना गर्ने व्यवस्था गरेको ईलाका प्रहरी कार्यालय बुटवलका निमित्त प्रमुख प्रहरी निरिक्षक सोम थापाले जानकारी दिए ।
नेपाल सरकारको ऐनमा सरकारी कार्यालय हाता भित्र धुमपान सेवन निÈेधित लेखिएको सूचना टा“स नगरिएको पाइएमा पा“च हजार जरिवाना गर्ने व्यवस्था छ । त्यसैगरी गर्भवति महिला तथा १८ वर्È मुनिका बालवालिकाले सूतिर्जन्य पदार्थ बिक्री तथा खरिद गर्न नपाउने व्यवस्था गरिएको छ ।
त्यसै गरी प्रहरीले विभिन्न समयमा विभिन्न घटना रसंलग्न रही फरार रहेका विभिन्न व्याक्तिहरुलाई पक्राउ गर्ने अभियान तिब्र रुपमा अगाडी बढाएको छ ।

Popular posts from this blog

यस बर्ष सय प्रकारका ब्रान्डीङ्ग उत्पादन बजारमा ल्याउदै छौं

कालिका उच्च माविको ५४ औं बार्षिक उत्सव, नेपालमै नमुना विद्यालय बन्न सुझाव

विषादी परीक्षण केन्द्र सञ्चालनमा ढिलाइ