झण्डै ३ करोड लागतमा बहुउदेश्य कृषि फर्म


कृष्ण खनाल
बुटवल, २७ जेठ । 
रुपन्देहीको तामनगर–१४ मा एक कृषि उद्यमीले करिव ३ करोडको लागतमा  बहुउदेश्यिक कृषि पशु फर्म स्थापना गरेका छन् । सतगढी   खोला नम्बर दुईको नजिकै १० कठ्ठा क्षेत्रफलमा किसान सन्तोष पुनले बंगुर पालन, माछा पालन, मौरी पालन, कुखरा, र भैसी पालनको अलवा विभिन्न  जातका फलफुल र तरकारी खेती सुभारम्भ गरेका हुन । यस अघि साईनिङ्ग स्टार स्कुलमा अध्यायपन गराउदै आएका उनले शकुन्तला बहुउदेश्य कृषि पशु फर्म स्थापना गरी ५३ वटा बंगुर पालेका छन् । 
५ जातीका बंगुरपालेका उनले धराने कालो बंगुर, योर्कसायर, ह्यामसायर, टेमवर्क, ट्यरोर्क लगायतका बंगुर पालन गरेका हुन । ७ वटा माछा पोखरी रहेकोमा उनले अहिले विस्तार गरी ३ वटा माछा पोखरी बनाउदै छन् । उनी भन्छन्–‘व्यवसायीक रुपमा नमुना फर्म बनाउने योजनाको साथ अगाडी बढाएको छु ।’  वि.स.२०७२ चैत महिनामा सुरु गरेको कृषि फर्ममा अहिले सम्म  जग्गा सहित करिव ३ करोड लागनी गरेको उनको भनाई रहेको छ । 

मौरी, भैसी समेत पालन गरेका उनले निकट भविश्यमा व्यवसायीक रुपमा करिव १०० वटा बाख्रा पालन गर्ने योजना बनाएका छन् । व्यवसायीक रुपमा बंगुरको बजार राम्रो भएको भन्दै उनले अहिले सम्म  करिव ३ लाख रुपैया जति आम्दानी गरेको बताए । स्थानिय स्तरमा नै बंगुरको मासु खपत भएको भन्दै उनले बजारको लागि भौतारिने अवस्था नभएको बताए ।  उनले भने–‘बजारको लागि खासै समस्या छैन, स्थानिय स्तरमा नै खपत हुने गरेको छन, हामीले  बच्चा समेत विक्रि  गर्ने गरेका छौं ।’
फर्मको नजिकै घाँस खेती समेत गरेका उनले भैसी र बाख्राको लागि घाँस त्यहिबाट आपुर्ती गर्दै आएको बताउछन् । बंगुरको लागि नमुना  फर्मकोरुपमा विकास गर्ने योजना अनुरुपम उनले करिव ६० वटा सेड समेत निर्माण गरेका छन् । बंगुरको बच्चा, माउ र डाँगो राख्ने छुट्टा छुट्टै सेड निर्माण गरेका छ
न् । ५ जनाको  परिवारलाई त्यहि रोजगारी दिएका उनले नमुना फर्म बनाई कृषि तथा पशुको अध्यायनको लागि आउने विद्यार्थीहरुको लागि पाठशाला जस्तै बनाउन लागिएको बताए । शिक्षा क्षेत्रमा नीजी विद्यालयका अध्यायपन गराउदै आएका उनले कृषि क्षेत्रमा राम्रो संभावना भएको कारणले कृषिमा हात हालेको बताउछन् । भ्यानमा विहान विहान बंगुरको लागि आवश्यक पर्ने खाना बजारबाट पु¥याउनको लािग समेत उनले ड्राईभर राखेका छन् । पहिला अफै मोटरसाईकलमा बंगुरको लागि खाना(होटलहरुमा बचेको खाना) ओसार्ने गरेका उनले अहिले भ्यान मार्फ बोक्ने गरेको बताउछन् । ‘लाज मनिन्आफै  मोटरसाईकलमा कति महिना बंगुरको लागि खाना बोके ।’ आफै पनि त्यहि दाना बनाउने गरेका उनले थ्रि फेज लाईनको अभावको कारण थप समस्या भएको गुनासो गरेका छन् । उनीक श्रीमती एभर साईनिङ्ग बोडिङ्ग उमाविकीको भ्वाईस प्रिन्सीपल रहेकी छिन् भने सानो  छोरा समेत रहेका छ । जिल्ला पशु सेवा कार्यालय रुपन्देही मार्फत पोखरामा व्यवसायीक पशु पालन सम्बन्धी तालिम लिएर यस क्षेत्रमा हाता हालेको बताउने उनले अहिले सम्म कुनै पनि अनुदान पाउन नसकेको बताउछन् । उनी भन्छन्–‘जिल्ला कृषि विकास कार्यालय र पशु विकास कार्यालयबाट अनुदान पाउन सकेको छैन, तर प्राविधिक सल्लाह र  सुझाव बेला बेलामा पाएको छु ।’ कृषि क्षेत्रमा नेपालमा संभावना  रहेको भन्दै उनले  कृषिबाट नै परिर्वतन गर्न सकिने अठोटका साथ कृषिमा लागेको बताउछन् ।

Popular posts from this blog

यस बर्ष सय प्रकारका ब्रान्डीङ्ग उत्पादन बजारमा ल्याउदै छौं

कालिका उच्च माविको ५४ औं बार्षिक उत्सव, नेपालमै नमुना विद्यालय बन्न सुझाव

विषादी परीक्षण केन्द्र सञ्चालनमा ढिलाइ