आकाशबाट पानी पर्दा धारा सुख्खै

कृष्ण खनाल
बुटवल, २ असार ।
झम् झम पानी पर्दा पहाडी क्षेत्रका स्थानियहरुमा खुुसीको सिमा रहन्न् । गर्मिको समयमा आकाशवाट पानी पर्दा   गाउँघरका पानीका मुल ‘सर्सिएर’ पानि बढ्छ । तर रुपन्देहीको बुटवल वडा नम्बर ८, ९ र १० का स्थानियहरुलाई भने आकाशबाट पानी प¥योकी धारामा खानेपानी नआउनेहोकी भन्ने चिन्ता थपिन्छ ।
नेपाल खानेपानी संस्थान बुटवल शाखाबाट वितरण हुने खानेपानी बुटवलको वडा नम्बर ८ को मैत्री पथ, चाँदबारी, लगायतका क्षेत्र, वडा नम्बर १० को शुख्खानगर क्षेत्र र ९ को दिपनगर र शिवनगर क्षेत्रका उपभोक्ताहरुलाई झम् झम् पानी प¥योकी धारामा खानेपानी खानेपानी नै आउदैन । नेपाल खानेपानी संस्थान बुटवल शाखाले तिनाउ नदिबाट पानी तानेर उपभोक्ताहरुलाई वितरण गर्दै आएको छ । तर पानी ठुलो परेको दिन तिनाउ नदिनमा पानीको बहाव बढि भएको दिन धमिलो र लेदो पानी आउने भएको कारण खानेपानी संस्थानले उपभोक्ताहरुलाई खानेपानी नै वितरण गर्दैन ।

जसको कारण उपभोक्ताहरुलाई खानेपानीको समस्याले सताउने गरेको हो । बुटवल–८ ज्वोतिपथमा सुभश्री संगीता खाजा पसल सञ्चालन गरेका  उपभोक्ता राम प्रसाद खनाल भन्छन्–‘आकाशबाट पानी प¥यो की धारमा पानी नआउने चिन्ताले सताउछन् ।’  नियमित रुपमा धारामा पानी नआउने आएपनि धमिलो आउने गरेको भन्दै उनले पाल्पामा ठुलो पानी परेको कारण, धारमा पानी नै नआउने र आएपनि धमिलो र लेदो पानी आउने गरको बताए । 
यता, नेपाल खानपानी संस्था बुटवल शाखा प्रमुख मोहनदत्त भट्टका अनुसार केही महिना देखि बुटवलमा यस्तो प्रकृतिको समस्या देखिएको हो  ।  बुटवल–८, ९ र १० का अधिकांस क्षेत्रमा वोरिङ्गनभएको कारण तिनाउ नदि नै खानेपानीको प्रमुख स्रोतको रुपमा प्रयोग हुदै आएको छ  । बुटवल क्षेत्रमा पानी नपर्ने तर पाल्पा लागयतका क्षेत्रमा पानी पर्दा खोला धमिलो र लेदो भएको कारण त्यो समयमा खानेपानी संस्थालले तिनाउ नदिबाट पानी तान्ने काम बन्द गर्ने गरेको प्रमुख भट्टको भनाई रहेको  छ । ‘लेदो पानी आउछ, त्यो तान्ने कुरा भएन, फिल्टरिङ्ग गर्न समेत त्यसले समस्या पार्ने गरेको कारण, एक दिन विराएर भएपनि खानेपानी दिने गरेका छौ ।’–उनले भने । उपभोक्ताहरुलाई विहान पानी नदिएर साझ र साँझमा नदिएर विहानमा खानेपानी वितरण गर्दै आएको दावि गरे । 

खानेपानी संस्थाल बुटवलले तिनाउ खोलाबाट मात्रै दैनिक १ करोड लिटर तानेर वितरण गर्दै आएको छ ।  एक महिना देखि तिनाउ नदिमा निर्माण भएको तिनाउ जलविद्युत गृह मर्मत संहारको लागि बन्द गरिएको कारण पनि तिनाउ नदी सङ्लो भएको बेलामा पनि पानी तान्न समसया भएको संस्थाले जनाएको छ । ‘तिनाउ जलविद्युत मर्मतको लगि बन्द गरिएको छ, यताको विद्युत लो भोल्टेज भएको कारण मेसिन चल्न अफ्ठारो छ, त्यहि भएर पनि केही समस्या भएको हो ।’– प्रमुख भट्टले भने । 
पाल्पा लगायतका  क्षेत्रमा बर्षा भएर तिनाउ नदीको बहाव बढ्ने गरेको तर बुटवल क्षेत्रमा पानी कमपरेको कारण चिडिया खोलाको मुहान नपलाएको(पानी नबढेको) कारणले पनि केही समस्या भएको संस्थानको भनाई रहेको छ । यता, उपभोक्ताहरुले खानेपानी संस्थानले धमिलो पानी  विक्रि गर्ने गरको कारण, रुघा खोकी तथा ज्वारो समेत आउने गरेको भन्दै संस्थाप्रति गुनासो गरेका छन् । 
खानेपानी संस्थान बुटवलका अनुसार अहिले बुटवलमा झण्डै दुई करोड लिटर खानेपानीको माग रहेको छ । बुटवलमा तिनाउ नदीबाट दैनिक  ७० लाख लिटर र १३ वटा ट्युबवेल (बोरिङ्ग)बाट ८० लाख लिटर गरी १ करोड ५० लाख लिटर खानेपानी मात्र आपूति हुने गरेको छ । करिब १७ हजार धाराबाट दैनिक झण्डै १ लाख ४० रुपैया“ महसुल संकलन हुने बुटवल नगरपालिकामा १ सय ३ सार्वजनिक धारा वितरण  गरिएको भए पनि खानेपानीको समस्या भने गर्मीयाम सुरु भएलगत्तै बढ्ने गरेको छ ।  
बुटवल उप–महानगरपालिकामा १ लाख ५०  हजार जनसंख्या रहेको बुटवलमा अहिले दैनिक ३ करोड लिटर खानेपानीको माग छ । जसमा १ करोड ५० लाख लिटर पानी मात्र संस्थानले उपलब्ध गराएको छ भने १ करोड  ५० लाख लिटर पानी अपुग रहेको छ ।  
तस्वीर विवरण ः एक उपभोक्ताको घरमा आएको धमिलो पानी । तस्वीरः बुटवल टुडे । 


Popular posts from this blog

यस बर्ष सय प्रकारका ब्रान्डीङ्ग उत्पादन बजारमा ल्याउदै छौं

कालिका उच्च माविको ५४ औं बार्षिक उत्सव, नेपालमै नमुना विद्यालय बन्न सुझाव

विषादी परीक्षण केन्द्र सञ्चालनमा ढिलाइ