सामुहिक कृषि खेतीमा आर्कषण बढ्दो


कृष्ण खनाल
बुटवल,१३ फागुन ।
पछिल्लो समयमा अन्य व्यक्तिको जग्गा भाडा(लिज)मा लिएर कृषी प्राणाली अपनाउनेको संख्या बढ्दै गएको छ । सानो लगानीमा यसरी गरिएको कृषि प्राणालीबाट मनग्य आम्दानी हुन  थालेपछि किसानहरु यस तर्फ आर्कषित हुदै गएका छन् । केही समय पहिला मात्र पाल्पा जिल्लाको दोभान गाविस–६का किसानहरुले सामुहिक खेती  प्राणाली सुरु गरेका छन् । गत बर्ष बोटेगाउ कृषि सहकारी संस्था स्थापना गरी उनीहरुले सामुहिक तरकारी खती तर्फ अगाडी बढेका हुन । बोटेगाउ कृषि सहकारी संस्थाका सल्लाहकार पदमलाल  शाक्यका अनुसार  वि.स.२०७० सालमा त्यहका स्थानिय व्याक्तिहरुको सक्रियतामा २८ जना कृषकहरुले सामुहिक व्यवसायीक खेती सुरु गरेका हुन । पहिलो चरणको खेती गरी आम्दानी समेत गरेका समुहका व्याक्तिहरुले आफै नै खनजोत, गोडमेल र खेतीबालीको स्यारसुसार गर्दै आएका छन् । बोटेगाउ कृषि सहकारी संस्थाका अध्यक्ष सुर्यबहादुर बगाले अनुसार ३८ जना कृषकहरुले १३ रोपनी जग्गा  बार्षिक ४५ हजार रुपैया बुझाउने गरी भाडा(लिज)मा ल्याएका हुन । गत बर्ष करेला, लौका, घिरम्ला, बन्दागोभि, काउली लगायतका तरकारी जन्य कृषिबस्तु उत्पादन गरेका किसानहरुले सानो लगानीबाट यस्तो कामको सुरुवात गरेका हुन । 
अध्यक्षबगाले भन्छन्–‘करिव १ लाख २० हजार जती लगानी गरेका छौ, श्रमदान सबै हामी सहकारीका      व्याक्तिहरु नै मिलेर गर्दै आएका छौं । ’
यस बर्ष टमाटर, काउली, बन्दा लागयतका तरकारी रोप्ने तरकखर गर्दै गरेका उनीभन्दै थिए–‘सिंचाहीको लागि अहिले खासै समस्या छैन, तर हिउदामा थोपा सिंचाही प्राणाली ल्याउने तरखरमा छौं ।’ पहिलो चरणमा ३ रोपनी क्षेत्रफलमा थोपा सिंचाही क ार्यक्रम अगाडी बढाउने गरी छलफल भएको उनको भनाई छ । 

संस्थाका सल्लाहकार पदमलाल शाक्य  सामुहिक कृषि कर्मको अलवा माछा फर्म स्थापना गरेका छन् । ५० वटा बाख्रा पालन समेत गरेका उनले कृषि रिसोर्टको परिकल्पना अगाडी बढाएको बताउछन् । उनी भन्छन्–‘अबको ८ बर्षमा कृषि रिर्सोट परा उने अभियानमा लागथेको छु ।’ अहिले ५ रोपनी क्षेत्रफलमा  माछा पालन सुरु गरेका उनले ५ वटा बंगुर समेत पालन गरेका छन् । भविश्यमा बंगुरपालन, माहुरी पालन र च्याउ फर्म समते स्थापना गर्ने योजनामा रहेको  उनको भनाई रहेको छ । 
सामुहिक कृषि सहकारीको अभियान अगाडी बढाएका संस्थाका अध्यक्ष  सुर्य बहादुर बगालेले सामुहिक कृषि खेतीबाट समाजमा जागरुक बनाउदै गएको बताउछन् । उनी भन्छन्–‘समुहमा बसेर कृषि   कर्म गर्नुपर्दछ भन्ने बानीको विकास हुदै गएको छ, हामीले गरेको कामको अन्यले पनि सिको गरुन र खेती योग्य जमिन बाजो नहोस् भन्ने हाम्रो धारणा हो ।’
संस्थाका कोषाध्यक्ष नरबहादुर क्षेत्रीका अनुसार पहिलो पटक १  सिजनबाट १ लाख ११ हजार रुपैया संस्थाले आम्दानी गर्न सफल भएको छ ।  उनी भन्छन्–‘पहिलो सिजनमा टमाटर र खर्बुजाबाट मात्र ४० हजार जती आम्दानी गरेका थियौं ।’
भविश्यमा सामुहिक खेतीमा नमुना गाउको रुपमा पहिचान दिलाउने गरी अगाडी बढेको अध्यक्ष बगालेको भनाई रहेको छ । अव बैशाख महिनामा  प्लाष्टिकको टनले र थोपा सिंचाही अभियान सुरुवात गर्ने योजना रहेको उनको भनाई छ । यसको अलवा दोभान बजारमा विक्रि केन्द्र राख्ने योजना संस्थाले बनाएको छ । सडकमा ओहोर–दोहोर गर्ने व्याक्तिहरुले पुर्णरुपमा अर्गानिक तरकारी खरिद विक्री गरी आम्दानी गर्न सकुन भन्ने उदेश्यका साथ यस्तो प्रकृतीको विक्रि केन्द्र सस्थापन गर्ने लक्ष्य राखिएको संस्थाकी सचिव भिमा श्रेष्ठको भनाई रहेको छ ।  उनका अनुसार गत बर्ष पनि आलुमा रोग नलागेको र पानीले पनि असर नगरेको कारण आम्दानी राम्रो भएको उनको भनाई रहेको छ । 
ण्ण्ण्ण्ण्ण्

Popular posts from this blog

यस बर्ष सय प्रकारका ब्रान्डीङ्ग उत्पादन बजारमा ल्याउदै छौं

कालिका उच्च माविको ५४ औं बार्षिक उत्सव, नेपालमै नमुना विद्यालय बन्न सुझाव

विषादी परीक्षण केन्द्र सञ्चालनमा ढिलाइ