१ सय ७ किलोमिटर सडक ‘कालेपत्रो गर्न बाँकी’

कृष्ण खनाल
बुटवल, २९ मंसिर । 
 रुपन्देही जिल्ला सुगम र अन्य जिल्ला भन्दा विकसीत जिल्लाको रुपमा चिनिन्छ । तर रुपन्देहीमा अझैपनि १ सय ७ किलोमिटर सडक फुस्रो सडक अर्थात कालेपत्रे गर्न बाँकी छ । जुन  सडक जिल्ला विकास समितिले बनाएको सडक हो ।
 जिल्ला विकास समिति रुपन्देहीका अनुसार रुपन्देहीमा अझै १ सय ७ दशमलभ ४७ किलोमिटर सडक कालेपत्रो हुन सकेको छैन । जिल्ला विकास समिति रुपन्देही अन्र्तगतको जिल्ला प्राविधिक कार्यालयका ईन्जिीनियर हरि प्रसाद ओझाका अनुसार अहिले सम्म रुपन्देहीमा कुल १ सय ३ दशमलभ ६५ किलोमिटर सडक ओटासिल गरिएको छ भने १ सय ४६ दशमलभ ८७ किलोमिटर कालेपत्रो र ९ सय ४९ दशमलभ २४ किलोमिटर सडक  ग्राभेल गरिएको छ । उनी भन्छन्–‘अझै रुपन्देहीमा १ सय ७ .४७ किलोमिटर सडक कच्ची नै छ ।’ जुन तथ्यांक जिल्ला विकास समितिले आफ्नो बजेटमा निर्माण गरेको हो । यसको अलवा विभिन्न गरपालिका र स्थानिय उपभोक्ता स्वम्ले पनि सडक निर्माण गर्दै आएका छन् । 
गत आर्थिक बर्ष २०७१÷०७२ मा जिल्ला विकास समितिले सडक निर्माणको लागि करिव १० करोड ८० लाख  रकम खर्च गरेको छ । यद्यपी जिविसले  खर्च गरे अनुसार सडक उत्कृष्ठ नभएको सर्वसाधारणहरु बताउछन् । 
जिल्ला विकास  समितिले गत आर्थिक बर्षमा ३५ दशमलभ ७५ किलोमिटर सडक ग्रावेल गरेको छ भने  मात्र १३.३५ प किलोमिटर सडक कालेपत्रे गरेको छ । त्यस्तै सोही आर्थिक बर्षमा १ सय ७६  किलोमिटर सडक मर्मत संहार गरिएको जिल्ला विकास समितिको जिल्ला प्राविधिक शाखाको प्रगती विवरणमा उल्लेख छ । 
ईन्जीनियर झा भन्छन्–‘तिन किसमको सडकमा उक्त रकम खर्च गरिएको हो , यस बर्ष के कती सडक निर्माण गर्ने भन्ने विषयमा अवको केही महिनामा मात्र निर्कोल हुन्छ । ’
यता, जिल्ला विकास समितिको बार्षिक बजेट पुस्तिीकामा यस चालु आर्थिक बर्षमा पुर्वधार विकासको लागि २ अर्व ६ करोड ४१ लाख रुपैया बजेट विनियोजन गरेको छ । जसबाट सडक निर्माणको लागि बजेट विनियोजना हुने छ । 

Popular posts from this blog

यस बर्ष सय प्रकारका ब्रान्डीङ्ग उत्पादन बजारमा ल्याउदै छौं

कालिका उच्च माविको ५४ औं बार्षिक उत्सव, नेपालमै नमुना विद्यालय बन्न सुझाव

विषादी परीक्षण केन्द्र सञ्चालनमा ढिलाइ