फोरलेन सडकमा आफुखुसी -याम


ट्राफिक प्रहरीको ध्यान नपुगेको पैदल यात्रीको गुनासो  
कृष्ण खनाल
बुटवल, २८ मंसिर । 

निर्माणपुरा नहुँदै भत्कीन सुरु भएको बुटवलको फोरलेन सडक व्यापारीहरुको बलमिच्याईंको कारण थप जिर्ण बन्ने खतरा बढेको छ । 
आफ्नो व्यापारीक प्रतिष्ठान अगाडी उनिहरुले सडक सडक मापदण्ड विपरीत आफुखसी फलामको ¥याम राखेका कारण सड्क जिर्ण बन्ने खतरा बढेको हो । यही कारणले फुटपाथमा हिड्ने पैदल यात्री समेत असुरक्षित बन्ने गरेका छन् । तर सडक सुरक्षाको लागि भन्दै ‘लेन सुरक्षा’ अभियान सुरु गरेको ट्राफिक प्रहरीको भने यसतर्फ ध्यान पुग्न सकेको छैन् । 
खासगरी मोटरसाईक, रिक्सा तथा साना गाडीहरु कुनै पनि फुटपाथबाट हिडाउन पाईदैन । तर बुटवलका अधिकांस व्यापारीहरुले आफु अनुकुलताको लागि व्यवसायीक प्रष्ठिान अगाडी आफै फलामको ¥याम राखेर फुटपाथमा गाडी गुडाउने देखि लिएर फुटपाथमै माल सामान ढुवानी गराउने गरेको पाईएको छ । 
आवश्यक स्थानमा मात्र सडक विभागले आफै सिमेन्टको ¥यामको व्यवस्था गरेको भएपनि अत्यावश्यक वाहेक अन्य स्थानमा यस्तो प्रकारको ¥ययामा राखेको छैन । तर बुटवल क्षेत्रका साथै आसपासका बजार क्षेत्रको अधिकांस सडकको दायाँ बायाँ फुटपाथमा व्यापारीहरुले फलामको ¥याम राख्ने गरेका छन् । जसको कारण फुटपाथमा पैदलयात्रीहरु त्रासमा हिड्न बाध्य भएको बताउछन् । 

बुटवलको नयाँबसपार्क देखि अस्पताल लाईन आउने क्रममा आईतबार एउटा मोटरसाईकलले फुटपाथमा पैदल हिड्दै गरेकी गुल्मीकी सावित्रा न्यौपानेलाई झण्डै ठक्कर दिएन । उनी अन्य सर्बसाधारण जस्तै  बायाँ तर्फको फुटपाथबाट हिड्दै थिईन् । तर अगाडीबाट हुईकीएर आएको मोटरसाईकलले झण्टै ठक्कर दिएन । उनी भन्दैथिईन्–‘फुटपाथमा पनि हिड्न गाह््रो रैछ यहाँ, नियम पनि के हो खै ।’ 
फुटपाथको जहा खोही स्थानमा व्यापारीहरुले फलामको (¥याम) ¥यालीङ्ग राखिदिएको कारण पैदयात्रुहरु दुर्घटनाको जोखिममा परेका छन् । फुटपाथबाटै सना सवारीसाधनहरु हुईकिन थालेपछि बुटवलको व्यस्त बजारमा फुटपाथमा राखिएका अधिकांस सिमेन्टका ‘स्लाव’ भाँचीएका छन् । 
केही समय पहिला बुटवलमा ट्राफिक प्रमुखको रुपमा रहेका विभुतीराज पाण्डेले फुटपाथ खाली गराउने अभियान सुरु गरेका थिए । उनले यसरी अवैधरुपमा राखिएका फलाममा ¥याङ्ग र फुटपाथ अतिक्रमण गरि राखिएका ठेला तथा पसल हटाएका थिए  । एसपी पाण्डे सरुवा भई गएपछि आएका अन्य ट्राफिक प्रहरी प्रमुखहरुको यसतर्फ नजर पुग्न सकेको छैन् । 
सडक सुरक्षाको लागि भन्दै ‘लेन सुरक्षा’ अभियान सुरु गरेका  अहिलेका पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी उपरीक्षक प्रकाश अधिकारीले यस तर्फ ध्यान दिनुपर्ने सर्वसाधारणहरुको भनाई रहेको छ । 
सडक डिभिजन कार्यालय बुटवल संगको सम्झौता अनुसार ठेकेदार कम्पनीले गाडीबाट  समान लोड अनलोड गर्ने स्थानमा २० सेन्टीमिटर तथा पैदलयात्रुहरुको लागि १० सेन्टीमिटर गोलाई भएको ‘स्ल्याब’ राखेर फुटपाथ निर्माण गरिएको छ । 
तर ठाउ“–ठाउ“ मापदण्ड विपरित भार थेग्न नसक्ने र पैदल यात्रुको लागि ‘स्टेमेट’ गरेर बनाईएको सडकमा ठुला–ठुला भारका गाडीहरु चढाउने तथा ओराल्ने गरेको कारण सडक पेटी जिर्ण बन्दै गएको छ ।
सडक डिभिजन कार्यालय बुटवलमा  प्रमुख मेघराज मरासेनीले–‘मापदण्ड विपरित व्यापारीहरुले फलामको गाडी चढाउने भ¥याङ्गको प्रयोग गरेर ठुला ठुला भारका ट्रक, बस तथा ट्रिपरहरु समेत चढाउने गरेको कारण सडक पेटी भत्कीएको बताउछन् । उनले निकट भविश्यमा नै ट्राफिक प्रहरीको संमन्वयमा नियम विपरित राखिएका कुनै पनि सामाग्री हटाउने जानकारी दिए । 

Popular posts from this blog

यस बर्ष सय प्रकारका ब्रान्डीङ्ग उत्पादन बजारमा ल्याउदै छौं

कालिका उच्च माविको ५४ औं बार्षिक उत्सव, नेपालमै नमुना विद्यालय बन्न सुझाव

विषादी परीक्षण केन्द्र सञ्चालनमा ढिलाइ