निःशुल्क औषधीको अभाव

कृष्ण खनाल
बुटवल, १ मंसिर । 


भारतले गरेको नाकाबन्दीको कारण पश्चिमाञ्चलमा नेपाल सरकारले प्रदान गर्ने ४० प्रकारका निःशुल्क औषधी अभाव हुने संकेत देखिएको छ । नेपाल सरकार स्वाथ्य मन्त्रालय अन्र्तगतको क्षेत्रीय मेडिकल स्टोर बुटवलका अनुसार अहिले स्टकमा रहेको करिव ५० प्रतिशत औषधीको अभाव सुरु भईसकेको छ । क्षेत्रीय मेडिकल स्टोर्स बुटवलका प्रमुख नारद प्रसाद साहनीका अनुसार नेपाल सरकारले उपलब्ध गराउँदै आएको औषधी मध्ये करिव ५० प्रतिशत औषधीको अभाव सुरु भएको हो । 
अहिले नेपाल सरकार स्वाथ्य तथा जनसंख्या मन्त्रालयको औषधी आपुर्ती  विभागबाट यस क्षेत्रका विगत महिनाको तुलनामा करिव आधा मात्र औषधी आपुर्ती हुदै आएको छ । जसको कारणले गर्दा पश्चिमाञ्चल विकास क्षेत्रका १६ वटा जिल्लामा जाने औषधीको आपुर्ती परिमाण पनि आधाले कमी आएको छ । पश्चिमाञ्द क्षेत्रीय मेडिकल स्टार्स प्रमुख सहानी भन्छन्–‘केन्द्रबाट औषधी आएको छैन, जसको कारणले गर्दा जिल्ला जिल्लामा पनि औषधी पहिलाको भन्दा आधा मात्र पठाएका छौं ।

भारतले गरेको नाकाबन्दीको कारण ईन्धन अभाव हुँदा केन्द्रमा रहेको औषधी ढुवानीमा समेत समस्या देखिएकोले थप औषधी अभाव हुने संकेत देखिएको हो । क्षेत्रीय मेडिकल स्टोर बुटवलका प्रमुख साहनीले थपे–‘अहिले आईरन चक्की, जिङ्ग चक्की, केही एन्टीबायटीक विसीजी खोप, जिवनजल लगायतका अधिकांस निःशुल्क उपलब्ध हुने औषधी अभाव सुरु भएको छ ।’ 
नेपाल सरकारले यस बर्ष देखि ७० प्रकारका औषधी निःशुल्क रुपमा उपलब्ध गराने घोषणा गरेको थियो । तर व्यवाहरमा पुर्णरुपमा अहिले सम्म पनि कार्यान्वयन हुन सकेको छैन । अहिले नेपाल सरकारले जम्मा ४० प्रकारका औषधी मात्र निःशुल्क रुपमा उपलब्ध गराउदै आएको छ । 
यस भन्दा पहिला पनि नेपाल सरकारले जिल्लाबाट आएको माग अनुसार आईरन चक्की उपलब्ध गराउन सकेको थिएन । झनै अहिले भारतले गरेको नाकाबन्दीको कारण औषधी ढुवानी र आयातमा समस्या देखिएपछि गर्भवती र सुत्केरी महिला ले खाने आईरन चक्की झनै अभाव भएको छ ।  
पश्चिमाञ्चल विकास क्षेत्रमा प्रत्येक महिना करिव २ हजार प्रति आईरन चक्कीको माग हुने गर्दछ । तर क्षेत्रीय मेडिकल स्टोर्सले जम्मा १००0 वटा मात्र पठाउने गरेको थियो । तर यस पाली झनै आपुर्ती घटाएको छ ।  
पश्चिमाञ्चल बिकाश क्षेत्रका १६  जिल्लामा औषधी बितरणको काम गदै आएको पश्चिमाञ्चल क्षेत्रीय मेडिकल स्टोर बुटवलले स्टोरमा भएको औषधीले मात्र लामो समय धान्न नसक्ने र केन्द्रीय औषधी आपुर्ति व्यवस्था बिभागले पुरानै माग अनुसार आपुर्ति दिन नसकेकाले जिल्लाले मागे अनुसारको औषधी दिन नसकेको जनाएको छ । 
यसरी सरकारले उपलब्ध गराउदै आएको औषधी जिल्ला जनस्वाथ्य कार्यालय मार्फत जिल्ला अस्पताल, स्वाथ्य चौकी, ईलाका स्वाथ्य चौकी, प्रथमिक स्वाथ्य चौकी लगायतका सरकारी निकायबाट निःशुल्क रुपमा वितरण गर्दै आएको छ । 
तर सरकाले गरिब, विपन्नहरुलाई प्रदान गर्ने औषधी समेत अभाव हुँदा यसको प्रत्यक्ष प्रभाव विपन्न समुहदायमा पर्ने देखिन्छ । यसको अलवा नेपाल सरकारले मात्र आपुर्तीको व्यवस्था मिलाएको  टीवी(क्षयरोग)को औषधी र विसिजी खोप नीजी मेडिकल तथा क्लिनीकहरुमा पाउन मुस्कील छ । पाइएपनि अति महङ्गो पर्ने भएकोले यसको पहुँमा पुग्नको लागि समेत थप समस्या हुने देखिन्छ ।  सरकारी संस्थाको पहुचमा नभएका गाउँ–गाउँमा रहेको जनताहरु नेपाल सरकारले निःशुल्क रुपमा प्रदान गर्ने औषधी नपाउँदा झनै समस्यमा पर्ने देखिएको छ । 




Popular posts from this blog

यस बर्ष सय प्रकारका ब्रान्डीङ्ग उत्पादन बजारमा ल्याउदै छौं

कालिका उच्च माविको ५४ औं बार्षिक उत्सव, नेपालमै नमुना विद्यालय बन्न सुझाव

विषादी परीक्षण केन्द्र सञ्चालनमा ढिलाइ