प्रतिकुल मौसमको कारण ७ करोडको क्षती

कृष्ण खनाल
बुटवल, १५ फागुन ।

  प्रतिकुल मौसमको कारण रुपन्देहीको कृषकले ७ करोड रुपैयाको बराबरको क्षती व्यहोर्नु परेको छ । जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका अनुसार फागुन  ६ गते राती अकत्मात परेको   असिनाको कारण  कृषकहरुले लगाएको गहुँ, तोरी, आलु, मकै, सुर्यमुखी र तरकारीमा गरी ७ करोड ५८ लाख १ हजार ९ सय ४० रुपैया घाटा लागेको हो ।
रुपन्देहीका २ वटा नगरपालिका तिलोत्तमा र देवदह नगरपालिका गरी अन्य ८ वटा गाविसमा असिनाले बढि मात्रामा क्षती पु¥याएको जिल्ला कृषि विकास कार्यालयले गरेको सर्वेक्षणमा देखाएको छ ।  असिनाले किसानले लगाएको तोरीमा सबैभन्दा बढि क्षती पु¥याएको छ भने गहु र तरकारीममा पनि ६० प्रतिशत भन्दा बढि क्षती पुगेको छ ।
कृर्षि विकास कार्यालय भैरहवाका बाली विकास अधिकृत जयबहादुर महत्राका अनुसार  तिलोत्तमा नगरपालिका र देवदह नगरपालिकामा किसानहरुले लगाएको तोरी पुर्णरुपमा नष्ट भएको छ । भने अन्य गाविसका विभिन्न स्थानका ६० प्रतिशत भन्दा बढि क्षती पुगेको छ ।
बाली विकास अधिकृत महत्रा भन्छन्–‘तोरीको पकेट क्षेत्र मानिएको क्षेत्रमा बढि क्षती पुगेको छ भने तरकारीमा आलुमा बढि मात्रमा क्षती पुगेको छ ।’ यसको अलवा बन्दागोभी, टमाटर,  काउलीलगायतका तरकारीमा पनि क्षती पुगेको छ ।
 जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीको पट्खौली  गाविसमा १० हेक्टरमा लगाइएको तोरी ६० प्रतिशत क्षती पुगेको छ । कुल ६ मेटिक टन क्षतीपुगेको र किसानले ६ लाख मुल्य बराबरको नोक्सानी व्यहोर्नु परेको छ । जिल्ला कृर्षि विकास कार्यालयको  तथ्यांक अनुसार उक्त गाविसमा  १५ हेक्टरमा लगाइएको गहुको ५२.५ मेट्रिक टन उत्पादन हुने अपेक्षा गरिएकोमा ४० प्रतिशत नोक्सान पुगेको छ । जसमा २१ मेट्रिकटन किसानले असिनाको कारण गुमाएर करिव ५ ८  लाख ८ हजार रुपैयाको क्षती व्यहोर्नु परेको छ ।
सोही गाविसमा २५ हेक्टर क्षेत्रफलमा लगाएको तरकारी ५० प्रतिशत नोक्सानी पुगेको छ । किसानले १ सय ७५  टन  तरकारी  असिनाको कारण गुमाएका छन् जसबाट ३५ लाख रुपैया गुमाएका छन् ।
रुपन्देहीकै  छोटकीरामनगर गाविसमा १० हेक्टर क्षेत्रफलमा लगाइएको तोरी प्रति हेक्टर १ मेट्रिकटन का दरले  १० मेट्रिकटन उत्पादन हुने अपेक्षा गरिएकोमा  ६५ प्रतिशत क्षती पुगेको छ । जसबाट कुल ६५ लाख नोक्सान भएको छ । त्यस्तै सोही गाविसमा गहु २८ मेट्रिक टन नोक्सानबाट कुल ७ लाख ८४ हजार, तरकारी ३ सय ५० मेट्रिक टनबाट कुल ७० लाख नोक्सान पुगेको छ ।
सिक्टन गाविसमा  ६८ लाखको ६८  मेट्रिक टन, तरकारी  १ करोड ७३ लाख ६० हजार मुल्यको ८ सय ६८  मेट्रिक टन नोक्सान भएको छ ।  देवदह नगरपालिकामा ५ करोड ३० लाखको ५३ मेट्रिक टन तोरी, १९ लाख ६ हजार मुल्य बराबरको ७ मेट्रिक टन गहु र ५६ लाख मुल्य बराबरको २८ मेट्रिक टन नोक्सान भएको छ ।
तिलोत्तमा नगरपालिकामा २ लाख  मुल्य बराबरको २ मेट्रिक टन तोरी, २ लाख १० हजार मुल्य बराबरको २.६२५  मेट्रिक टन सुर्युमुखी, ९८ लाख मुल्य बराबरको ४९  मेट्रिक टन तरकारीमा नोक्सान पुगेको छ । त्यस्तै सुर्यपुरा गाविसमा २८ लाख ३ हजार १ सय ४०  रुपैया बराबरको १०.८९ मेट्रिक टन मकैमा क्षती पुगेको छ भने बसन्तपुर गाविसमा ४२ लाख मुल्यको २१ मेट्रिक टन तरकारी नोक्सान भएको छ ।
मानपकडी गाविसमा १९ लाख २५ हजार बराबरको १९.२५ मेट्रिक टन तोरी, १ करो २६ लाख मुल्य बराबरको ६ सय ३० मेट्रिक टन तरकारी नोक्सान भएको छ ।
मानमटेरिया गाविसमा  १९ लाख २५ हजार मुल्यको १९.२५ मेट्रिक टन तोरी सोही गाविसमा ६३ लाख बरबरको ३ सय १५ मेट्रिक टन तरकारी नोक्सान भएको छ । हर्नेया गाविसमा ९० लाख मुल्य बराबरको ९मेट्रिक टन तोरी, ४२ लाख मुल्य बराबरको २१ मेट्रिक टन तरकारी नष्ट भएको छ ।
तस्वीरःरुपन्देहीको मानपकडी गाविसका किसानले फलाएको तरकारीमा  असिनाको कारण असरले सुकेको  तरकारी । तस्वीरःकृष्ण खनाल÷बुटवल




Popular posts from this blog

यस बर्ष सय प्रकारका ब्रान्डीङ्ग उत्पादन बजारमा ल्याउदै छौं

कालिका उच्च माविको ५४ औं बार्षिक उत्सव, नेपालमै नमुना विद्यालय बन्न सुझाव

विषादी परीक्षण केन्द्र सञ्चालनमा ढिलाइ