छोरीबुहारीले पढ्ने क्याम्पस !

कृष्ण खनाल
बुटवल, २९ माघ ।
 चेलीवेटीलाई प्रविणता प्रमाणपत्र तह (+२ ) 
news butwal today 071/10/29 
पास गरेपछि विहबारी गरेर पठाउने चलन अझै पनि हाम्रो समाजमा कायम छ । तर रुन्देहीको एक क्याम्पसमा छात्रहरुको तुलनामा छात्रा अर्थात छोरी बुहारीको संख्या ४ गुण बढि रहेको छ । छात्रहरुको तुलनामा सबैभन्दा छात्राले अध्ययन गर्ने क्याम्पस रुपन्देहीमा रहेको छ ।  
नेपालमै सबैभन्दा बढि प्रतिशत छोरी बुहारीहरु अध्यन गर्ने  क्याम्पसको ‘यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पस’ सौ. फर्साटिकर–७ रुपन्देहीले पहिचान बनाएको छ । 
उक्त क्याम्पसमा कुल विद्यार्थीहरुको संख्याको ७६ प्रतिशत छोरी बुहारीहरुले अध्ययन गर्ने क्याम्पसले जनाएको छ । 
वि.स.२०५९ सालमा महायज्ञ लगाएर यज्ञबाट उठेको शेसबाट स्थापना भएको  उक्त क्याम्पसमा ७६ प्रतिशत  छात्रा विद्यार्थीहरुले अध्ययन गर्दै आएका छन् । रोचक कुरा उक्त क्याम्पसको लागि जग्गा कसैबाट किनिएको होईन   ।  प्राचार्य खगुपती न्यौपानेका अनुसार सौ. फर्साटिकर–७ रमवापुरमा स्थापना भएको उक्त क्याम्पसलाई वि.स.२०५९ सालमा पहिलो महायज्ञ गर्दा स्थानिय दुधनाथ थारुले १ विगाहा क्षेत्रफलको जग्गा उपलब्ध गराएका थिए ।  त्यस्तै सोही महायज्ञमा रामलखन चौधरीले ५ कठ्ठा जग्गा दान गरेका थिए ।  वि.स.२०६१ सालमा फर्साटिकर उच्च माविमा ३५ जना विद्यार्थीहरुबाट सुरु गरिएको क्याम्पसमा अहिले ५ सय ४३ जना विद्यार्थीहरु अध्यायन गरिरहेका छन् । 
campus 
commety 
त्यस्तै सो क्याम्पस सञ्चालनको लागि दोस्रो पटक वि.स.२०६९ सालमा अर्को महायज्ञ सञ्चालन गरिएको थियो । सो महायज्ञमा पनि पहिला दान गरेका दुधनाथ थारुले पुनः १ विगाहा जग्गा दान गरेका थिए । भने सोही बर्ष नै सुक्रप्रसाद चौधरीले १ कठ्ठा ६ धुर, कृष्ण प्रसाद घिमिरेले १० धुर जग्गा प्रदान गरेका थिए । अर्थात दानबाट नै सञ्चालन भएको उक्त क्याम्पसको जग्गाग अहिले ८ विगाहा ६ कठ्ठा रहेको छ ।  
 क्याम्पस कम्पाउण्डमा भने २ विगाहा ५ कठ्ठमा ३१ कोठाको आधुनिक सुविधा सम्पन्न भवन निर्माण गरिएको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष  सोमनाथ शर्माले जानकारी दिए । 
उनी भन्छन्–‘पूर्ण रुपमा समुदायको साथ पाएर हामी यो स्थान सम्म आएका हौ, निकट भविश्यमा कृषि क्याम्पसको रुपमा समेत स्थापना गर्ने सोँच हाम्रो रहेको छ ।’ अहिले उक्त क्याम्पसमा एमए, एमएड र एमविएस का कक्षाहरु सञ्चालनमा छन् ।  स्नातक तहमा बि.ए., बिएड्, वि.बि.एस्का कक्षा सञ्चालन रहेका छन् । 
भवन निर्माणको लागि राष्ट्रय अनुदान आयोगबाट ३७ लाख ५० हजार र अन्य जिल्ला विकास समितिले बार्षिक रुपमा ३ देखि ४ लाख सम्म अनुदान दिने गरेको छ । करिव २ करोडको लागतमा  पछिल्लो समयमा ३१ कोठा र एउटा सभाहल सहितको आधुनिक भवन समेत क्याम्पसले  निर्माण गरेको छ । 
क्याम्पस स्तरमा रुपन्देहीमै अब्बल क्याम्पसको रुपमा पहिचान बनाउन सफल भएको क्याम्पसको दावि रहेको छ । गत बर्षमात्र स्नातकोत्तर तहमा अध्ययनसुरु गरेको  क्याम्पसमा २१ जना विद्यार्थी सहभागी रहेका थिए । उक्त क्याम्पसको नेपालमै सबैभन्दा बढि क्याम्पस सभा सदस्यहरु रहेका छन् । 
कुल १ हजार १ सय ४५ जना सदस्यहरु रहेको क्याम्पसको सभा प्रत्येक ४ बर्षमा आयोजना हुदै आएको छ । ग्रामिण क्षेत्रमा स्थापना भएर राम्रो पहिचान बनाउन सफल भएको उक्त क्याम्पसका अनुसार अहिले सम्म डिप्लोमा उत्र्तीण गरेका ३ सय २७ जना विद्यार्थीहरु सबै रोजगार रहेको क्याम्पसको दावि रहेको छ । उक्त क्याम्पसमा ३६  जना प्रध्यापकहरु रहेका छन् भने ४ जना कर्म चारीहरु रहेका छन् । 
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्
क्याम्पस सभाको तयारी पुरा 
बुटवल, २९ माघ । रुपन्देहीको ग्रामिण  क्षेत्रमा स्थापना भएको  यज्ञोदय दुधरान थारु बहुमुखी क्याम्पसको १२ औं क्याम्पस सभा तथा  चौथो अधिवेस र क्याम्पसको नवनिर्मित भवन समुद्घाटन कार्यक्रमको तयारी पुरा भएको छ । क्याम्पसले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरि  सबै तयारी पुरा भएको जनाकारी दिएको हो । उक्त कार्यक्रमका लागि  प्रधानमन्त्री शुुसिल कोईराला आउने  कार्यक्रम रहेको छ । फागुन १ गते विहान ११ बजे हुने कार्यक्रममा  क्याम्पसलाई जग्गा दान गर्ने दानविरहरुलाई सम्मान र नवनिर्मीत क्याम्पस भवनको समुद्घाटन  प्रधानमन्त्रीबाट हुने विद्यालयका प्राचार्य खगुपती न्यौपानेले जानकारी दिए । विद्यालयका अध्यक्ष सोमनाथ शर्माका अनुसार सोही अवसरमा विभिन्न सास्कृतीक कार्यक्रम, विभिन्न खेलकुद कार्यक्रममा विजेतहरुलाई  पुरस्कार वितरण र प्रध्यापक र उत्कृष्ठ विद्यार्थीहरुलाई पुरस्कृत गर्ने कार्यक्रम रहेको छ । फागुन १ गते क्याम्पस सभाको उद्घाटन कार्यक्रम र खुला सत्र हुने र फागुन २ गते चौथो अधिवेसन तथा बन्द सत्र आयोजना हुने क्याम्पसले जानकारी दिएको हो । 
तस्वीरः क्याम्पस सभाको बारेमा  जानकारी दिदै विद्यालयका प्रचार्य, अध्यक्ष लगायत पधाधिकारीहरु । तस्वीरःकृष्ण खनाल





Popular posts from this blog

यस बर्ष सय प्रकारका ब्रान्डीङ्ग उत्पादन बजारमा ल्याउदै छौं

कालिका उच्च माविको ५४ औं बार्षिक उत्सव, नेपालमै नमुना विद्यालय बन्न सुझाव

विषादी परीक्षण केन्द्र सञ्चालनमा ढिलाइ