बुटवल उप–महानगरपालिकाको वेभ साईट, नाम फेरियो, तथ्यांक फेरिएन

कृष्ण खनाल
बुटवल, २९ मंसिर । 
www.butwalmun.org.np (डब्लुडब्लुडब्लु.बुटवलमुन.ओआरजी.एनपी)यो वेभसाईट लगअन गर्ने जो कोही प्रयोगकर्ताले सुरुमा मा यहालाई स्वागत छ भनेर लेखिएको सन्देश पाउनुहुनेछ । केही समय अगाडी मन्त्री परिषद्ीय निर्णयबाट  साविकको बुटवल नगरपालिकामा मोतिपुर गाविस र सेमलार गाविस गाभेर बुटवल उपमहानगर पालिका निर्माण गरिएको हो । बुटवल नगरपालिका उप–महानगरपालिका भएको  २ हप्ता वितेको छ । तर बुटवल उप–महानगरपालिका जनाउने उक्त वेभसाईटको माथिल्लो  तहमा ‘बुटवल उप महानगर पालिका, बुटवल रुपन्देही’ बाहेक अन्य कुरा फेरिएको छैन । केही समय पहिला कार्याकारी अधिकृतको रुपमा आएका धुव्र बहादुर खड्को तस्वीर र नेमप्लेट बाहेक अन्य कुरा फेरिएको छैन । 
रोचक कुरा त के छ भने उप–महानगरपालिकाको वेभसाईटमा नगर परिचय क्याटगरीको तथ्यांकिय जानकारी सेक्मेन्टमा सबै तथ्यांक पुराना नै रहेका छन् । पछिल्लो जनगणना नेपालमा २०६८ अनुसार बुटवल नगरपालिकामा  २९ हजार ६ सय ८७ घरधुरीरहेका छन् भने कुल जनसंख्या १ लाख २० हजार ९ सय ८२ जना रहेको छ । जसमा  पुरुषको संख्या ६० हजार ८ सय ७० र महिलाको संख्या ६० हजार १ सय १२ जना रहेको छ । 
तर बुटवल नगरपालिको वेभसाईडमा नगरभित्रको जनसंख्या १ लाख  ७  हजार ७ सय ५५ जना उल्लेख गरेको छ । उक्त वेभसाईटमा महिलाको कुल जनसंख्या  ३४ हजार २ सय ५६ र  पुरुÈको जनसंख्या  ३६ हजार ४६ जना उल्लेख गरेको छ । जुन जनसंख्या राष्ट्रिय जनगणनाको तथ्यांकसंग मेला खादैन । अर्थात बुटवल उप महानगर पालिकाले वेभ साईटमा झुटो विवरण राखेको छ । जनगणना २०६८ को हवला  दिदै घरधुरीको  संख्या १९ हजार २ सय ३ जनाएपनि जनगणनाको आधिकारीक वेभसाईट www.cbs.gov.np
मा बुटवल नगरपालिमा रहेका घरधुरीको संख्या २९ हजार ६ सय ८७ घरधुरीरहेको  उल्लेख गरेको छ । जुन कुरा नगरपालिकाको वेभसाईटमा गलत छ ।
अर्को तर्फ उपमहानगर पालिकाको वेभसाईट अग्रेजी भर्जन र नेपाली भर्जन दुबैमा उल्लेख गरिएको भएपनि अग्रेजी भर्जनमा भएका सबै लिंक तथा क्याटेगरीमा पुरानै तथ्यांक राखिएको छ । नगरपालिकाका कार्यकारी अधिकृतको बाहेक अन्य कर्मचारीको नाम र कार्यविवरण अंग्रेजी भर्जनको वेभसाईटमा खुलाइएको छ । सोही वेभसाईटमा रोचक कुरा के छ भने नेपाली नारीहरुको तीज पर्व समाप्त भएको ४ महिना वित्दा समेत ‘वेस्ट वेईसेस  टु अल नेप्लीज सीस्टर्स फर द तीज २०७१ ’ ‘ह्याप्पी तिज २०७१’ उल्लेख गरिएको छ । सोही अनूरुप नेपाली भर्जनमा ‘विजया दशमी तथा दिपावली एवं बकर इद र छठ पर्व २०७१ को पावन अवसरमा  नगरबासीहरुमा हादिर्क मंगलमय शुभकामना व्यक्त गर्दछौ ।’ भनेर उल्लेख गरिएको छ । 
नेपालमा गणतन्त्र स्थापना भएको  ८ बर्ष लागे पनि नगरपालिकाको वेभसाईडमा तिलोत्तमा पार्कको नाम र तस्वीरः विरेन्द्र उद्यान’ भनेर नाम सहित तस्वीर उल्लेख गरिएको छ ।  अहिले गाभिएको मोतिपुरमा नेपालको जनगणना  २०६८ अनुसार कुल घर धुरीको संख्या २ हजार २ सय ५९रहेको छ । कुल जनसंख्या १० हजार १ सय ९८ जना रहेका छन ।  जसमा पुरुषको संख्या  ५ हजार ८ सय २३ जना र महिलाको संख्या  ५ हजार ३ सय ७५  जना रहेका छ ।
त्यस्तै अर्को गाविस समेलारमा कुल घरधुरी संख्या  २ हजार १ सय ७६  रहेको छ । कुल जनसंख्या १० हजार ८२ रहेकोमा पुरुषको जनसंख्या ४ हजार ६ सय ५७ जना र महिलाको जनसंख्या ५ हजार ४ सय २५ रहेको छ ।
सिद्धार्थनगरको पनि उस्तै 
रुपन्देहीको अर्को नगरपालिका सिद्धार्थनगर नगरपालिको वेभसाईटको हालत पनि उस्तै छ । www.siddrthanagar.org.np  नामको उक्त वेभसाईटमा  २०६७ सालबाट अपडेट छैन । उक्त वेभसाईडको नगर संक्षिप्त परिचय क्यार्टगरीमा जनसंख्याको विवरण (२०६७)कै उल्लेख गरेको छ ।  पछिल्लो जनगणना २०६८ अनुसार सिद्धार्थनगर नगरपालिकामा कुल जनसंख्या ६४ हजार ५ सय ६६ जना रहेकोमा उक्त वेभसाईटमा भने जम्मा  जनसंख्याः १ लाख ०८ हजार ५ सय ५८ जना रहेकोउल्लेख गरिएको छ । वेभसाईटमा कुल महिलाको संख्या    ५२ हजार ८ सय ६६ र पुरुको संख्या  ५५ हजार ६ सय ९२ जना उल्लेख गरिएको छ । जुन विवरण राष्ट्रिय  जनगणना २०६८ अनुसार फरक रहेको पाईन्छ ।   सूचना प्रविधिको युगमा यसरी प्रयोग हुने गलत तथ्यांकीय जानकारीको कारण सूचना प्रािवधिको प्रयोगबाट लाभ लिन खोज्ने उपभोक्ताहरु मर्कामा पर्ने गरेका छन् । 
तस्वीर संलग्न छ । 

Popular posts from this blog

यस बर्ष सय प्रकारका ब्रान्डीङ्ग उत्पादन बजारमा ल्याउदै छौं

कालिका उच्च माविको ५४ औं बार्षिक उत्सव, नेपालमै नमुना विद्यालय बन्न सुझाव

विषादी परीक्षण केन्द्र सञ्चालनमा ढिलाइ