विद्युत महशुल नतिर्नेमा सरकारी कार्यालय अगाडी

बुटवल नगरपालिकाले ६ करोड तिरेन
कृष्ण खनाल
बुटवल, १२ साउन । 


सर्वसाधारण उपभोक्ताले समयमै विद्युत महशुल नतिर्दा जरिमाना लिने र तुरुन्त विद्युतको लाईन काट्ने नेपाल विद्युत प्राधिकरणले बर्षौ देखि विद्युत महशुल नतिर्ने सरकारी कार्यालयमा कुनै सिक्को भाँच्न सकेको छैन । 
बर्र्षाै देखि लाखौ रुपैयाँ विद्युत बक्यौता नतिर्ने सरकारी कार्यालहरुलाई कारवाहीको कुरा त परै जाओस् लाईन पनि कटिएको छैन । यस्तो प्रवित्तीलाई कतिपय विश्लेकहरुले ‘मुसो मार्न’ नसकेको उपमा समेत दिने गरेका छन् । 
नेपाल विद्युत प्राधिकरण बुटवल वितरण शाखा अन्र्तगतका ३ दर्जन भन्दा बढि सरकारी कार्यालयहरुले बर्षौ देखि विद्युतको महशुल बुझाएका छैन्न तर ति कार्यालयहरुले ढुक्कले विद्युत उपभोग गरिरहेका छन् ।
 प्राधिकरण बुटवल शाखा प्रमुख मुगिन्द्र ठाकुरले महशुल नतिर्ने ग्राहकको ६० दिन भित्र लाईन काट्ने गरेको बताउँछन् ।  उनको यो कुरा सर्वसाधारण विद्युत उपभोक्ताहरुमा लागू भएपनि सरकारी कार्यालयमा भने लागू हुुन सकेको छैन  । विद्युत महशुल नतिर्ने  जो सुकै उपभोक्ताको ६० दिनभित्र लाईट काटिने उनको कुरा पत्याउने कुनै पनि आधार देखिदैन । 
बुटवल नगरपालिकाले सडक बत्ती बापत र आफ्नो कार्यालयमा उपभोग हुने विद्युतको महशुल नतिरेको ५९ महिना अर्थात ४ बर्ष ११ महिनाको भईसकेको छ । अहिले सम्म नगरपालिकालाई कुनै निकायले  कारवाही गर्न सकेको छैन ।
आर्थिक बर्ष २०७०÷०७१ को असार मसान्तसम्म  बुुटवल नगरपालिकाले आफ्नो कार्यालयमा उपभोग हुने ५ करोड ३६ लाख ६ सय ७ सय ७५ रुपैयाँ ७० पैसा  र सडक बत्ती बापतको ६ करोड ३१ हजार ५ सय ६२ रुपैयाँ ५९ पैसा विद्युत बक्यौता बुझाउन बाँकीरहेको छ । 
नगरपालिकाले ग्राहक नम्बर००५.०२.८५१ रहेको ४५७.४५ केभीए विद्युत उपभोग गरेको छ । उसले ५९ महिना अर्थात ४ बर्ष ११ महिनाको महिनाको रु ५ करोड ३६ लाख ६ सय ७ सय ७५ रुपैयाँ ७० पैसा  विद्युत बक्यौता बुझाउन बाँकी रहेको नेपाल विद्युत प्राधिकरण बुटवल शाखाका लेखापाल किशोर घिमिरले जानकारी दिए । उनका अनुसार नगरपालिकाले सबैभन्दा बढि सडक वत्ती बापतको विद्युत बक्यौता बुझाएको छैन ।  नगरपालिकाले सडक बत्ती अन्र्तगत ग्राहक नंः ००२.०१.८५१ अन्र्तगत ३० एमपिएस  विद्युत उपभोग गरेको ५७ महिना अर्थात ४ बर्ष ८ महिनाको १ लाख ११ हजार ८ सय ४१ रुपैयाँ ९० पैसा, त्यस्तै ग्राहक नंः ०३३.२३.२०५ अन्र्तगत २० केभिए को ६४ महिना अर्थात ५ बर्ष ४ महिनाको कुल १ लाख ९९ हजार १ सय ४१ रुपैया, ग्राहक नम्बर ००५.०५.८५१ नम्बरको ३० एमपिएस ५० महिना अर्थात ४ बर्ष २ महिनाको कुल १ लाख ९ हजार ९ सय ९५ रुपैयाँ ४० पैसा रकम बुझाएको छैन । 
त्यस्तै ग्राहक नंः००५.१२.८५१ अन्र्तगत ३० एएमपिएस विद्युत उपभोग गरेको ५७ महिना अर्थात ४ बर्ष  ९ महिनाको कुल १ लाख ३१ हजार ८सय ९४ रुपैयाँ, ग्राहक नंः ००५.१३.८५२ अन्र्तगत ३० एमएपिएस विद्युत उपभोग गरेको ५० महिना अर्थात ४ बर्ष २ महिनाको कुल १ लाख ४५ हजार ३ सय ८७ रुपैया महशुल बुझाएको छैन । 
नगरपालिकाले नै  ग्राहक नंः००५.२३.८५१ अन्र्तगत ३० एमपिएस  विद्युत उपभोग  गरेको ५५ महिना अर्थाथ ४ बर्ष ७ महिनाको कुल १ लाख १ हजार ९ सय २८ रुपैया ७० पैसा बुझाएको छैन, त्यस्तै ग्राहक नम्बर ००५.२४.८५१ अन्र्तगत सडक बत्तीबापतको ३० ए एमपिएस विद्युत उपभोग गरेको  ४३ महिना अर्थात ३ बर्ष ७ महिनाको  कुल १ लाख ५३ हजार ३ सय ३९ रुपैया , ग्राहक नंः००१.१०.८५१ अन्र्तगत १ केभिए  सडक बत्ती अन्र्तगतको  ३८ महिना ३ बर्ष २ महिनाको २ लाख ४० हजार ९ सय १ रुपैयाँ ३० पैसा र ग्राहक नंः ००१.००३.८५१  अन्र्तगत १ केभिए विद्युत उपभोग गरेबापत ३८ महिना अर्थात ३ बर्ष २ महिनाको कुल १ लाख ४७ हजार ६१ रुपैयाँ ६० पैसा रकम  नेपाल विद्युत प्राधिकरणलाई बुझाउन बाकी रहेको छ । 
बुटवल नगरपालिका मात्र होईन, रुपन्देहीको पर्रोहा गाविस कार्यालयले पनि ग्राहक नंः ०१९.११.२०८ अन्र्तगत ४.८ केभिए विद्युत उपभोग गरेको ७६ महिना अर्थात ६ बर्ष ४ महिनाको कुल ६ लाख ४४ हजार १ सय ६४ रुपैयाँ ४० पैसा बुझाउन बाँकी रहेको छ । 
त्यस्तै ग्राहक नम्बर ००६.०६.८५१  रहेको अर्को केरवानी गाविस कार्यालयले पनि ५.५ केभिए विद्युत उपभोग गरेको ७५ महिना अर्थात ६ बर्ष ३ महिनाको ७ लाख २८ हजार २ सय ८४ रुपैया तिर्न बाँकी रहेको छ । 
त्यस्तै ग्राहक नम्बर ००२.२७.८५१ रहेको  पाल्पाको दोभान गाविसले पनि ३७ केभिए विद्युत उपभोग गरेको ७५ महिना अर्थात ६ बर्ष ३ महिनाको  १ लाख ५ हजार ८ सय ६२ रुपैयाँ ५८ पैसा  विद्युत बक्यौता बुझाउन बाँकी रहेको छ । 
त्यस्तै ग्राहक नंः ००३.२३.२०१ रहेको पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र बुटवलले पनि ६.६ केभिए विद्युत उपभोग गर्दै आएको १० महिनाको ५ लाख ४२ हजार २ सय ४६ रुपैयाँ २८ पैसा बुझाउन बाँकी रहेको छ । 
अर्को ग्राह  नम्बर ००३.२४.०३१  रहेका ५ एएमपिएस विद्युत उपभोग गर्दै आएका रुपसिंह थापाले पनि ८१ महिना अर्थात ६ बर्ष ९ महिनाको १ लाख ३७ हजार ६ सय २३ रुपैयाँ ३५ पैसा बुझाएका छैनन् ।
 ग्रहाक नंः ००५.०१.२०७ रहेको नेपाल बार एशोसियसन ले १.२५ केभिए विद्युत उपभोग गर्दै आएको ६ बर्ष १० महिना  १  लाख २९ हजार ६ सय ९०९ रुपैयां १९ पैसा रकम बुझाएको छैन् ।
त्यस्तै ००६.०६.८५१ ग्राहक नम्बर रहेको केरवानी गाविस कार्यालयले पनि ५.५ केभिए विद्युत उपभोग गर्दै आएको ७५ महिना अर्थात ६ बर्ष ३० महिनाको कुल ७ लाख २८ हजार २ सय ८४ रुपैया   विद्युत महशुल बुझाएको छैन् ।
त्यस्तै ग्राहक नंः ०१०.२९.५९३ रहेको बुटवल धागो कारखानाले ६.२५ केभिए विद्युुत उपभोग गर्दै आएकोमा ४३ महिना अर्थात ३ बर्ष ७ महिनाको कुल ३ लाख १२ हजार ३ सय ३३ रुपैयाँ ७४ पैसा  विद्युत महशुल बुझाउन बाँकी रहेको छ । 
 अर्को रुपन्देहीको गाविस ००१.०१.८५१ ग्राहक नम्बर रहेको देवदह गाविसले पनि १६.२५ केभिए  विद्युत उपभोग गर्दै आएको ७४ महिना अर्थात ६ बर्ष २ महिनाको कुल २१ लाख २२ हजार ४ सय २० रुपैयाँ बुझाउन बाँकी रहेको छ । 
 त्यस्तै सालझण्डी गाविसले २.५ केभिए विद्युत उपभोग गर्दैै आएको ७४ महिना अर्थात ६ बर्ष २ महिनाको कुल २ लाख ७४ हजार ३ सय ६ रुपैयाँ ८० पैसा बुझाएको छैन । अर्को गाविस दुधराक्ष गाविसले पनि २.५ केभिए विद्युत उपभोग गर्दै आएकोमा ६ बर्ष २ महिना अर्थात ७४ महिनाको कुल ३ लाख २६ हजार ५ सय ६० रुपैयाँ विद्युत महशुल बुझाएको छैन । 
अर्को गजेडी  गाविसले १.५ केभिए विद्युत उपभोग गर्दै आएकोमा ७५ महिना अर्थात ६ बर्ष ३ महिनाको कुल १ लाख ९८ हजार ६ सय ४२ रुपैयाँ बुझाएको छैन । 
उता, नेपाल विद्युत प्राधिकरण बुटवल शाखा प्रमुख मुगिन्द्र ठाकुरले विद्युत महशुल नबुझाउने उपभोक्ता(ग्राहक)को ६० दिनमा विद्युतको लाईन काटिदिने बताउँछन् । संवाददाता संगको कुराकानीमा उनले भने–‘कारवाही हुन्छ, ६० दिनमा हामीले लाईन काट्छौ ।’  केही समय अगाडी विद्युत ट्रिपङ्गको कारण  विद्युत महशुल नबुझाउने ग्राहकको लाईन काट्ने काम केही समय देखि रोकीएको र भोली देखि नै सुरु हुने बताए ।  उनले यसो बताई रहदा ६÷७ बर्ष देखि विद्युतको महशुल नतिर्ने सरकारी कार्यालहरु मस्तले चलिरहेका छन् । नत ति कार्यालयको लाईन नै काटिन्छ नत विद्युत बक्यौता तिर्नको लागि आग्रह नै गरिन्छ । 

तस्वीर विवरण
नेपाल विद्युत प्राधिकरण बुटवल शाखामा विद्युत मशुल बुझाउनको लागि प्रतिक्षारत ग्राहकहरु । पछिश्ल्लोसमयमा टोकन सिस्टम लागू गरेपछि  विद्युत महशुल बुझाउन केही सहज भएको छ । तस्वीरःकृष्ण खनाल÷बुटवल टुडे ।  

Popular posts from this blog

यस बर्ष सय प्रकारका ब्रान्डीङ्ग उत्पादन बजारमा ल्याउदै छौं

कालिका उच्च माविको ५४ औं बार्षिक उत्सव, नेपालमै नमुना विद्यालय बन्न सुझाव

विषादी परीक्षण केन्द्र सञ्चालनमा ढिलाइ