रुपन्देहीका ७७ प्रतिशत घरधुरीमा शौचालय

कृष्ण खनाल

 बुटवल, असार ३० ।

सन् २०१७ सम्म रुपन्देहीलाई खुला मुक्त जिल्ला घोषणा गर्ने अभियान अन्र्तगत अहिले धमाधम शौचालय निर्माण गर्ने र  खुला दिशा मुक्त क्षेत्र घोषणा गर्ने कार्यक्रम जारी रहेको छ ।
आर्थिक बर्ष आर्थिक वर्ष २०७०÷०७१ मा १५ हजार शौचालय निर्माण गरिएको छ । सरसफाई गुरुयोजनापूरा गर्न शुरु गरिएको अभियान अन्र्तगत शौचालय निर्माणलाई तिब्रता समेत दिइएको छ ।
यो आर्थिक वर्षमा ४ वटा गाविस खुला दिसामुक्त समेत बनेका छन् । रुपन्देहीमा चालु आर्थिक वर्षको अन्त्यसम्म ७७ प्रतिशत घरमा शौचालयको पह“ुच पुगेको छ । जिल्लालाई सन् २०१७ सम्ममा खुला दिसामुक्त बनाउन अभियान सञ्चालन गरेको ६ वर्षको अवधिमा ७७ प्रतिशत घरमा चर्पी बनेका हुन । खुला दिशामुक्त बनाउने अभियान सुरु गर्ने अवधिमा जिल्लाका ४५ प्रतिशत घरमा मात्र शौचालय थिए ।

‘स्वच्छ गाउ“ सफा सहर स्वस्थ राष्ट्र हाम्रो रहर’ भन्ने मूल नाराका साथ नेपाल सरकारको गुरु योजना अनुसार सन् २०१७ सम्ममा नेपाललाई पूर्ण खुला दिशामुक्त बनाउने सरकारको अभियान छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रुपन्देहीले सोमबार बुटवलमा सञ्चारकर्मीहरुस“ग अन्तरक्रिया गरी उक्त तथ्याङक सार्वजनिक गरेको हो ।

कार्यक्रममा कार्यालयका इन्जिनियर धु्रव धितालले जिल्लालाई खुला दिशामुक्त बनाउने अभियानमा राष्ट्रिय लक्ष्य भन्दा माथि पुगे पनि जिल्लाका धेरै गाविसलाई दिशामुक्त बनाउन धेरै चुनौती रहेको बताए । उनले तराई क्षेत्रका धेरै गाविसलाई खुला दिशामुक्त बनाउन चुनौती थपिएको भन्दै अहिले सञ्चालित योजना परिर्वतन गरी नया“ योजनाबाट अभियानलाई तीव्र बनाउनुपर्ने बताए ।

हालसम्म रुपन्देहीमा साविकका १८ वटा गाविस र बुटवल नगरपालिकाका वडा नम्बर १४ र १५ मात्र खुला दिशामुक्त भएका छन् । जिल्लामा साविकका ६९ गाविस सहित दुई वटा नगरपालिका छन् । ८ लाख ८० हजार १ सय ९६ जनसङख्या रहेको जिल्लामा एक लाख ६३ हजार ९ सय १६ घरधुरी रहेकोमा १ लाख २६ हजार ७ सय १६ घरमा सौचालय बनिसकेका छन् ।
 
 धितालले भने अब करिव ३७ हजार २ सय घरमा मात्र चर्पी बनाउन बा“की छ । दक्षिणी भारतीय सिमावर्ती क्षेत्रका विष्णुपुरा, मर्यादापुर, तेनुहवा, वयरघाट, बोधबार, बोगडी, फरेना, सिपुवा, र चक्रनपकडी ९ गाविसमा १० प्रतिशत घरमा पनि शौचालय बनेका छैनन् ।

कार्यक्रममा अवधारणा पत्र प्रस्तुत गर्दे वास मिडिया फोरम रुपन्देहीका सह–सचिव लक्ष्मण पोखरेलले सरसफाई अभियानलाई अगाडि बढाउन पत्रकारहरुलाई साथमा लिएर अगाडि बढ्नुपर्ने बताए । खुला दिसामुक्त क्षेत्र घोषणा गरे पछि गाविसहरुको अनुगमन नहुदा पहिलेको अवस्थामा फर्किन सक्ने डर भएको भन्दो पोखरेलले निमित अनुगमनको व्यवस्था गर्न सुझाव दिए ।  सरसफाई अभियान शुरु भएको ६ वर्षसम्म पनि दक्षिणका केही गाविसमा १० प्रतिशत पनि शौचालय वन्न नसक्नु दुःखको कुरा भएको भन्दै उहाले सरकारी तथा गैरसरकारी निकायको ध्यान ति गाविसमा अभियान लिएर जानुपर्ने उनको धारणा रहेको छ ।


खानेपानी डिभिजनका इन्जिनियर देवि पाठकले खानेपानी योजनाको प्रगति विवरण पेश गर्नुभयो । रुपन्देहीा अहिले १५ वटा योजनाहरु सञ्चालनमा रहेको बताउदै उहाले योजनाहरु बजेट अभावले समयमा पुरा हुन नसकेको बताए ।  आवश्यकताका आधारमा योजना नपार्दा योजनाहरु खप्टिने गरेकाले समस्या भएको उनको तर्क रहेको छ ।  एउटै योजना सम्पन्न हुनका लागि १० वर्षसम्म लाग्ने गरेको उहाले जानकारी दिए ।

 राजनीतिक दलका नेताले गएको वर्ष रुपन्देहीमा ५ वटा नया योजना माग विना नै थोपेरका थिए । कार्यक्रममा खानेपानी डिभजन प्रमुख शंकरमणी ज्ञवालीले बोल्दै सरसफाई अभियानलाई सशक्त बनाउनका लागि पत्रकारहरुले सहयोग गर्नुपर्ने बताए ।
त्यस्तै पश्चिमाञ्चल ग्रामिण खानेपानी परियोजनाका वास सल्लाहकार उमाशंकर यादवले शौचालय वनाउने व्यक्तिहरुलाई पैसा दिनुको सट्टा पुरस्कार दिने गर्नुपर्ने बताए ।  पैसा दिने गर्दा शौचालय वनाउनमा आनाकानी गर्ने गरेका भन्दै अनुदानले शौचालय वनाउने प्रबृतिको अत्य गरेर नया अभियान थाल्नुपर्ने बताए ।
कार्यालयका प्राबिधिक इश्वरी आचार्यको सञ्चालनमा भएको कार्यक्रममा वास मिडिया फोरमका सचिव डायलसन अधिकारी, नेपाल पत्रकार महासंघका सचिव रुद्रहरी कुवंर, पत्रकारहरु यमलाल भुसाल, बीपी गौतम, केशव भण्डारी लगायतले सुझाव दिएका थिए ।

Popular posts from this blog

यस बर्ष सय प्रकारका ब्रान्डीङ्ग उत्पादन बजारमा ल्याउदै छौं

कालिका उच्च माविको ५४ औं बार्षिक उत्सव, नेपालमै नमुना विद्यालय बन्न सुझाव

विषादी परीक्षण केन्द्र सञ्चालनमा ढिलाइ