निकट भविश्यमा व्यवसायीक‘कन्ट्राक्ट फर्म खोल्दै छौं ।’


कलाधर पन्थी
अध्यक्ष रारा कृषि सहकारी संस्था लिमिटेड,बुटवल
गुल्मीको वाग्ला गाविस–१ स्थायी घर भएका कलाधर पन्थी वि.स.२०५८ साल देखि बुटवलमा बस्न थालेका हुन । स्वरोजगार ठेला युनियनको जिल्ला  कमिटिको सचिव , लुम्बिनी फलफुल तथा तरकारी व्यवसायी संघको ९ बर्ष महासचिव भएर काम गरे । कृषि उपज थोक बजार सञ्चालक समितिको ४ बर्ष अध्यक्ष भएर समेत काम गरिसकेका छन् । एसएलसी पास गरेका पन्थी अहिले रारा कृषि सहकारी संस्था लिमिटेड बुटवलको अध्यक्ष छन् । तिनै अध्यक्ष पन्थी संग सहकारीका विविध विषयमा केन्द्रीत रहि बुटवल टुडे कर्मी कृष्ण खनालले गरेको कुराकानी । 

सहकारीको स्थापना कहिले गर्नुभयो ? 
– वि.स.२०६६ साल मंसिर महिनामा स्था पना गरेका हौं । 

सहकारी स्थापना गर्दा कति सदस्य ? 
–१२ जना  सदस्यबाट दैनिक १० रुपैयाबाट संकलन गरेर सुरु गरेका  हौ । 

कृषि सहकारीको अवधारणा कसरी आयो? 
–हामी संग जोडिएका अधिकांस साथिहरु दुग्ध व्यवसाय गर्ने हुनुहुन्थ्यो भने हामी फलफुलको व्यापार गर्दथ्यौ । सोही अनुसार एउटा समुह र सहकारी स्थापना गर्नुपर्दछ भन्ने धारणाको विकास भएर हामी यो कृषि क्षेत्रमा लागेका हौ । हाम्रो कृषि क्षेत्रमा नै कर्म भएको कारणले हामी कृषि सह कारीमा आयौं 

सहकारीमा कस्तो कस्तो प्रकृतिका सदस्यहरु हुनुहुन्छ ? 
–हाम्रो सहकारीमा अधिकांस सदस्यहरु कृषि क्षेत्रमा आवद्व भएको हुनुहुन्छ । केही कृषि जन्यदुग्द उत्पादना, फुलफुल विक्रि वितरण र कृषि जन्य  बस्तु उत्पादनमा लाग्नु भएको छ भने कुनै उत्पादित बस्तु बजारीकरणको लागि लाग्नु भएको छ  र केही   साथीहरु व्यवसायीक रुपमा समेत लागेका सददस्यहरु हुनुहुन्छ । 

मर्जको अवधारण कसरी आयो ? 
–हामी दुई वटा कृषि सहकारीहरु एउटै उदेश्य लिएर अगाडी बढिरहेको अवस्था थियो । सेमलारमा रहेको चिराग कृषि सहकारी संस्था र हाम्रो रारा कृषि सहकारी संस्थाको उदेश्य एउटै भएको कारण एक आपसमा सहयोगी भावना राखेर अगाडी बढ्नुपर्दछ भन्ने   उदेश्यले  एकिकरण गरेका छौ । चिराग कृषि  सहकारी संस्थाले कृषि जन्य बस्तु उत्पादन गर्दै आएको थियो भने हामी रारा कृषि सहकारीमा आवद्ध सदस्यहरुले कृषि जन्य उत्पादनलाई व्यवसायीकरण र बजारी करण गर्दै आएका थियौ । अहिले दुई वटा सहकारी मर्ज भएर २ सय ८२ जना सदस्यहरु आवद्व भएका  छौं । 

अवको योजना के छ ? 
–हामी बुटवलमा  र समेलारमा रहेको कृषि सहकारी एक  आपसमा मर्ज भएपछि अव व्यवसायीक रुपमा कृषि कन्ट्रयाक्ट फर्म स्थापना गर्ने सोँच बनाएका छौं । बुटवलमा भएका साथीहरुले   उत्पादित कृषि जन्य बस्तुको बजारीकरण गर्ने र समेलारमा भएका साथीहरुले कृषि जन्य बस्तुको उत्पादन गर्ने गरी अवधारणा विकास गरेका छौ । हामीलाई  उक्त कृषि फर्मको लागि  लगानी गर्नको आर्थिक अभाव छैन । निकट विभश्यमा नै उपयुक्त जग्गा छनौट गरि कृषि उपज केन्द्र बुटवलाई ३ महिना सम्म पुग्ने तरकारी जन्य उत्पादन र  करिव ६ महिना सम्म  दुग्ध जन्य उत्पादनले थेग्ने गरी वृहत अवधारणाका साथ फर्म स्थापना गर्ने लक्ष्य रहेको छ । 

अहिले सहकारीको पुजी कती छ ? 

–३ करोड २५ लाख रुपैया हाम्रो पुँजी  पुगेको छ । त्यसमा शेयर सदस्यहरुको शेयर पुजी ७१ लाख ५० हजार रुपैया रहेको छ । हामी प्रति शेयर १०० रुपैयाको रुपमा विक्रि गरेका छौ । अहिले हाम्रो सदस्यहरुले धेरैमा २५ हजार रुपैया सम्मको लिनु भएको छ । हामी मासिक १ हजार रुपैयाँ बचत र २० रुपैया रकम शेर सदस्यहरुको जटिल उपचार र दुर्घटना  उद्धार कोषमा  राखेका छौ । 

सहकारीले कुन कुन क्षेत्रमा लगानी गरेको छ ? 
–हामीले ९० प्रतिशत लगानी कृषि क्षेत्रमा छ । केरा खेती, फलफुल खेती र विक्रि वितरण यसको साथै दुग्धजन्य उत्पादनमा लगानी गरेका छौ । अहिले सहकारीका सदस्यहरुले व्यक्तिगत रुपमा रकम लगेर लगानी गर्नुभएको छ भने आव हामी शेयर सदस्यहरुको विचमा एक आपसमा सम्झौता गराएर सामुहिक रुपमा कृषि  क्षेत्रमा लागनी गर्नुपर्दछ भन्ने योजनामा  अगाडी बढेका छौ । यसको गर्दा किसानको लागत रकम कम पर्न जाने हाम्रो आँकलन हो  । यसको साथै  सरकारले ल्याएको अवधारण एक क्षेत्र एक उत्पादनमा समेत  लागानी गर्ने योजना अगाडी बढाएका छौ । 

कन्ट्राक्ट फारमिङ्ग कस्तो फारमिङ्ग हो  ? 
–हामी नजिकको बजारलाई कुन सिजमा के कती मात्रामा बस्तु चाहिन्छ, कती लाग्छ भन्ने विषयमा उत्पादीत बस्तु लिएर निश्चित  रकम लिएर विक्रि वितरण गर्ने योजना नौ कन्ट्राक्ट फामिङ्ग हो । हामीले आजको भोली नै यो फामिङ्ग सुरु गर्नुभन्दा पनि निकट भविश्यमा नै यस्तो प्रकृतिको फार्म स्थापना गर्ने योजना अगाडी बढाएका छौ । 

सरकारी निकायबाट कस्तो सहयोग पाउनुभएको छ ? 
–खासै सहयोग नै भनेर नगद सहयोग पाएका छैनौ । तर प्राविधिक रुपमा बेला बेलामा सहयोग र सद्भाव भएका छौ । रुपन्देही जिल्ला दुग्ध उत्पादनको लागि नमुना जिल्लाको रुपमा बन्न सक्छ भन्ने मेरो भनाई छ । यस अलवा केरा खेतीको लागि पनि संभावना छ । हामी केरा केती र दु ग्ध क्षेत्रमा लगानी गर्ने दिर्घकालिन योजना अगाडी बढाएका छौ । 

नाम कृषि तर काम अर्कै गर्ने सहकारीलाई के भन्नुहुन्छ ? 
–सरकारबाट पाउने अनुदानको लोभमा कृषि सहकारी दर्ता गर्ने कार्य गलत हो । हामीले अहिले स म्म  कुनै पनि अनुदान लिएका छैनौ । सरकारले आर्थिक नगद भन्दा पनि प्राविधिक सहयोग गर्नुपर्दछ । उक्त क्षेत्रमा कस्तो बस्तु उत्पादन हुन्छ, के कस्ता उपकारण आवश्यक छ ? भन्ने विषयमा निरर्कौल गरी प्राविधिक सहयोग सरकारबाट हुनुपर्दछ भन्ने मेरो भनाई छ ।सरकारले  उत्पादित कृषि उजलाई विक्रीको लागि  ठाउ ठाउमा बजारीकरणको व्यवस्थापान गर्नुआपरिहार्य रहेको छ । 


अन्त्यमा,
युवा बर्ग विदेश पलायन हुनुभनेको बाध्याता हो । कृषिमा  प्रस्त्र संभावना भए पनि जोखिम युक्त क्षेत्र हो । नेपालमा श्रम, पुजी र जमिनको तालमेल मिलेको छैन । नेपालमा श्रम हुने संगै पुजी छैन, पुजी हुने संग श्रम गर्ने ईच्छा शक्ति छैन जस्ले गर्दा अफ्ठारो परेको छ । उत्पादित कृषि जन्य उत्पादनको बजार अभाव छ । नेपालमा कोल्ड स्टोर छैन, जसले गर्दा किसानले उत्पादन गरेका कृषि जन्य उत्पादनहरुलाई राज्यले नगदी अनुदान भन्दा पनि विभिन्न प्रसोधन केन्द्र तथा कोल्ड स्टोर निर्माण गर्नुपर्दछ ।  प्रमुख भनेको कृषि जन्य उत्पादनमा बजारीकरणमा जोड दिनुपर्दछ । नेपालको आर्थिक विकासको मेरुदण्ड भनेको कृषिको विकासको लागि पुजी, श्रम र जमिनको तालमेल  मिल्नु आवश्यक छ अनिमात्र देशले आर्थिक विकासमा  फड्को मार्न सक्छ  । 

Popular posts from this blog

यस बर्ष सय प्रकारका ब्रान्डीङ्ग उत्पादन बजारमा ल्याउदै छौं

कालिका उच्च माविको ५४ औं बार्षिक उत्सव, नेपालमै नमुना विद्यालय बन्न सुझाव

विषादी परीक्षण केन्द्र सञ्चालनमा ढिलाइ