ल्यडफिल्ड साइड ‘व्यवस्थिती कम्पोष्ट मल उद्योग’


कृष्ण खनाल
बुटवल, २० फागुन । 

बुटवल उपमहानगर पालिकाको महत्वकाक्षि योजनाको रुपमा रहेको ल्यडफिल्ड सार्ईट(फोहर मैला प्रसोधन केन्द्र)लाई व्यवस्थीत कम्पोष्ट मल उद्योगको रुपमा विकास गरिने गरी कार्य अगाडी बढाइएको छ । बुटवल उपमहानर पालिकाका प्रमुख कार्यकारी अधिकृत धुब्र बहादुर खड्काले ड्रिम पोजेक्टको रुपमा रहेको यो आयोजनालाई व्यवसायीक रुपमा कम्पोष्ट मल उत्पादन गर्ने उद्योगको रुपमा विकास गर्न लागिएको जानकारी दिए । नेपाल सरकार शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभाग अन्र्तगतको शहर एकिकृत शहरी वातावरण सुधार परियोजना अन्र्तगत एशियाल विकास बैंको ऋण स्रम्झौतामा उक्त योजना अगाडी बढाइएको हो । बुटवल–९ शिवनगरको सामुदायिक वन भनभने खेलाको दाया किनारामा ८.८४ हेक्टर जमिनमा फोहर प्रसोधन केन्द्र निर्माण गरिदै छ । जसको लागि २.६ हेक्टर क्षेत्रफल ओगट्ने प्रसोधन केन्द्रको क्षमता ११३५६४.६ घनमिटर रहेको बुटवल उपमहानर पालिकाले जनाएको छ । 
सन् २००१६ बाट सुरु हुने परियोजनाको लागि बुटवल उपमहानरपालिकाले दैनिक रुपमा संकलन गर्ने फोहरलाइ भिन्दा भिन्दै  रङ्गको भाडामा संकलन गरी सानो गाडी मार्फत फोहर प्रसोधन केन्द्रमा लैजाने व्यवस्था गरिएको छ । भौतिक संरचना र ल्याडफिल्ड साइडको लागि  कुल ३७७५९९०२०.७२ लागत रकम छुटइएको छ । यसरी निर्माण गरिएको ल्यडफिल्ड साईड ११.८ बर्ष सम्म हुने उपमहानगरपालिकाले जनाएको छ । 
स्थानिय समुदाय देखि टाढा भएको कारण जनस्वाथ्यमा यसले कुनै पनि प्रकारको असर नपार्ने गरी स्टेमेट डिजाईन गरिएको बुटवल उपमहनगर पालिकाले जनाएको छ । फोहोर प्रसोधन केन्द्रमा १०० जनलाई रोजगारीको समेत व्यवस्था हुने जनाइएको छ ।  उक्त साईट निर्माणको लागि १ करोड २३ लाख १५ हजार ६ सय ९० रुपैयाँ लागत  स्टेमेट गरिएको छ । वातावरणीय प्रभाव नपर्ने गरी निर्माण गर्न लागिएको उक्त परियोजनाको केही समय पहिला स्थानियहरुले विरोध समेत गरेका थिए ।  तर नगरपालिकाले सहरी  वातावरण देखि १ किलोमिटर ८० मिटर टाढा रहेको कारण यसले कुनै पनि असर नपर्ने बताए । गन्धरहित दिगोरुपमा ल्यडफिल्ड साईट निर्माण गर्न लागिएको  नगरपालिकाले जनाएको छ । 

बुटवलमा हाल दैनिक ५३ टन फोहर उत्सर्जन हुने र बनाउन लागिएको प्रशोधन केन्द्रको क्षमता ७० टन छ । जहाँ १५ बर्षभन्दा बढी समयलाई व्यवस्थापन गर्न कुनै कठिनाई नहुने उपमहनागर पालिकाको दाबी छ । संकलित फोहरमध्ये ६४ प्रतिशत कम्पोष्ट प्लान्टमा जाने तथा २८ प्रतिसत पुनः प्रयोग हुनेछ । आयोजनाका प्राविधिक बिषयमा परियोजनाका परामर्शदाताका टिम लिडर केदारमान श्रेष्ठले फोहोर प्रसोधन केन्द्रको काम शुरु भएको जानकारी दिएका छन । 
ण्ण्ण्

Popular posts from this blog

यस बर्ष सय प्रकारका ब्रान्डीङ्ग उत्पादन बजारमा ल्याउदै छौं

कालिका उच्च माविको ५४ औं बार्षिक उत्सव, नेपालमै नमुना विद्यालय बन्न सुझाव

विषादी परीक्षण केन्द्र सञ्चालनमा ढिलाइ