कृषि मेलाको तयारीमा बुटवलका व्यवसायी

बुटवल उद्योग बणिज्य संघको आयोजनामा यहि माघ २२ देखि २७ गते सम्म बुटवलमा कृषि मेला–२०७२ आयोजना हुँदैछ । विगतका बर्षहरूमा जस्तै यस बर्ष पनि विशिष्टकृत मेलाको रूपमा कृषि मेला आयोजना हुन लागेको हो । यस क्षेत्रमा कमै मात्रामा हुने विशिष्टिकृत मेला बुटवल उद्योग बाणिज्य संघले निरन्तरता दिएको छ । कृषि मेला आयोजना हुनु आफैमा चुनौतिपूर्ण कार्य हो । यस क्षेत्रमा आयोजना हुने विशिष्टिकृत मेलाले विशेष महहत्व राखेको छ । यसपटकको मेलालाई बैकल्पीक ऊर्जा प्रवद्र्धनको लागि पहिलो प्राथमिकतामा राखेको आयोजक संस्थाले जनाएको छ । मेलाको तयारी कहाँ पुग्यो त ? यस विषयमा मेला संयोजक, सह संयोजक तथा बस्तुगत समितिका संयोजकहरू सँग बुटवल टुडे कर्मी कृष्ण खनालले गरेको कुराकानी ।

‘कृषि मेला आफैमा विशेष मेला हो’

महेशमान सिंह
अध्यक्ष तथा संयोजक सातौं कृषि मेला–२०७२ 
बुटवल उद्योग बाणिज्य संघले विगतका बर्षहरूमा पनि विशिष्टिकृत मेला आयोजना गरेको थियो । यो बर्ष पनि मेला आयोजना हुँदैछ । बुटवलमा पहिलो पटक बुटवल उद्योग बाणिज्य संघले आयोजना गरेपछि यस क्षेत्रमा विशिष्टिकृत मेला आयोजना हुँदै आएका छन् । यस क्षेत्रमा हामीहरूले पहिलो पटक जुत्ता मेला आयोजना ग¥यौं । जुन आगामी दिनमा निरन्तता दिनेछांै । त्यस्तै अबको केही समयमा मोवाईल उप समितिले मोवाईल मेला पनि आयोजना गर्दैछौं ।तिन महिनामा अर्को विशिष्टिकृत मेला आयोजना गरेर बुटवलबाट नयाँ सन्देश प्रवाह गर्ने छौं । विशिष्टिकृत मेला आयोजना गर्नु आफैमा चुनौती हो । यो मेला नाफा कमाउने भन्दा पनि कृषि क्षेत्रमा खासगरी कृषकको उत्थानको लागि केही फाईदा पु¥याउने उद्देश्य हो । 



कृषकलाई उचित सम्मान
सुरेन्द्र प्रसाद श्रेष्ठ
पूर्व अध्यक्ष तथा संयोजक–मूल्यांकन एवं उपहार व्यवस्थापन
मेला आयोजना आफैमा चुनौतिपूर्ण हो । अहिलेसम्म स्टल सहभागीतामा पनि उत्साहजनक छ । १ सय १५ स्टल मध्ये अहिलेसम्म करिव ८० स्टल बुकिङ्ग भैसकेको छ । यसको अलावा बैकल्पीक उर्जा प्रवद्र्धन र नेपाल सरकारको एक गाउँ एक उत्पादनका टिम सहित २५÷३० वटा स्टल आउनेछ । मूल्यांकन तथा उपहार व्यवस्थापन समितिको काम मेला सुरु भएपछि हुने भएकोले अहिले सम्म हामी मिटिङ्ग बसेर विभिन्न सिमाहरू निर्धारण गरेका छौ । कृषक तथा उद्यमी व्यवसायीहरूको सहभागीतालाई हामी विभिन्न कुराबाट मूल्यांकन गरेर उत्कृष्टताको आधारमा पुरस्कार दिने हो । एउटा हामी स्टलगत रूपमा दिन्छौ भने अर्कोतर्फ उत्पादनगत रूपमा पनि हामीले दिनेछौं । विभिन्न विधागत रूपमा पनि, मकै, काउली लगायतका दर्जनबढि कृषिजन्य उत्पादनहरूको प्राविधिक टोली र अधिकृतहरूको टोलिले मूल्यांकन गरेर हामी पुरस्कार प्रदान गर्ने हो । यसपटक हामी व्यवसायी र कृषक दुवै पाटोलाई हेरेर पुरस्कार प्रदान गर्ने सोंचमा छौं । 

प्रदर्शनसँगै बिक्री वितरण पनि हुनेछ
खेम बहादुर हमाल
बरिष्ठ उपाध्यक्ष तथा सह–संयोजक, कार्यसम्पादन समिति
तयारी अन्तिम चरणमा पुगेको छ । अहिले सम्म हामीले जिल्ला कृषि विकास कार्यालय अन्तर्गतका विभिन्न कृषि सेवा केन्द्र अन्र्तगतका कृषि समुहसँग भेटघाट कार्यक्रम पुरा गरेका छौ । यसको अलवा हामी कृषकहरू संग भेटघाट गर्ने कृषि जन्य उत्पादन प्रतियोगीतात्मक रूपमा प्रदर्शनको लागि आग्रह गरेका छौ । यसको साथै मेला हामी विभिन्न कृषि जन्य उत्पादनहरू, फलफूल, माछा, अण्डा पनि हामी विक्रि वितरणका लागि राख्नेछौ । मेलामा उपभोक्ताहरूले कृषिजन्य उत्पादन प्रत्यक्ष रूपमा विक्री वितरणको व्यवस्थापन गरेका छौ । उत्पादनहरू कृषक र उपभोक्ताका विचमा प्रत्यक्ष किनबेचको वातावरण सृजना हुनेछ । 

मेला विशिष्टिकृत हुनेछ  
उज्ज्वल कसजु
बाणिज्य उपाध्यक्ष तथा उप संयोजक,कार्यसम्पादन समिति
खासगरी मेला आयोजना पहिला देखि नै बुटवल उद्योग बाणिज्य संघले निरन्तर गर्दै आएको छ । मेरो मातहतमा सुरक्षा व्यवस्थापन, विद्युत तथा साउण्ड सिस्टम व्यवस्थापन र श्रव्य दृश्य प्रसारण व्यवस्थापन समिति हो । जसको काम अगाडी बढेको छ । सुरक्षाको लागि हामी ईलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालयमा निवेदन पेश गरि आवश्यक सहयोग मागेका छौ । यसको अलवा सेकुरेटी कम्पनीहरूबाट पनि हामी सुरक्षाकर्मीहरूको व्यवस्थापन गर्ने छौं । यो मेलामा विगतका मेला भन्दा पनि सुरक्षामा मजबुद बनाउने योजना हाम्रो हो । मेलामा सिसीटीभी क्यामेरा समेत जडान गर्ने योजना हामीले बनाएका छौं । श्रव्य दृश्यको काम र साउन्ड सिस्टमको काम समेत कोटेशन भएको छ । समग्र मेलाको तयारी तिब्र रूपमा अगाडी बढेको छ । कृषि मेला विशिष्टिकृत मेला भएको कारणले पनि विशेष महत्व बोकेको छ । 

मेलाले विशेष सन्देश प्रवाह गर्ने छ 
हरिप्रसाद अर्याल
महासचिव तथा संयोजक सचिवालय व्यवस्थापन उप–समिति
मेला विगतका बर्षहरूमा जस्तै यस बर्ष पनि निरन्तरता दिएको हो । खासगरी विगतमा पनि यस्तो प्रकारको विशिष्टकृत मेला आयोजना गरिएको कारणले गर्दा पनि हामीलाई तयारीको लागि र प्रक्रियागत कुरामा कुनै अफ्ठारो छैन । मेरो मातहतमा प्रचार प्रसार व्यवस्थापन, सचिवालय व्यवस्थापन, मञ्च तथा स्वागतद्वार व्यवस्थापन र व्याच प्रमाणपत्र र उपहार व्यवस्थापन उपसमितिहरु रहेको कारणले गर्दा उपसमितिहरूको काम पनि तिब्ररूपमा अगाडी बढेको छ । यसको साथ मेलाको गेट कृषिजन्य उत्पादनहरूलाई राखेर यहाँ कृषि मेला आयोजना हँुदै रहेछ है भन्ने जानकारी दिने खालको बनाउने सोचमा छौं । जिल्ला, नगर उद्योग बाणिज्य संघमा पत्राचार गर्ने काम पनि सम्पन्न भइसकेको छ । 

उत्पादनको प्रवद्र्वन र बजारीकरण
अनिल प्र्रसाद श्रेष्ठ
उद्योग उपाध्यक्ष तथा उपसंयोजक कार्यसम्पादन समिति
यो मेला आफैमा गौरवको मेला हो । विगतका दिनहरुमा बुटवल उद्योग बाणिज्य संघले विभिन्न प्रकृतीका मेला तथा महोत्सवहरू आयोजना गर्दै आएको छ । यस पटक पनि यो कृषि मेला आयोजना गरिएकोले कृषि मेला आफैमा गौरवको विषय हो । यो मेला सफल बनाउनको लागि सबैले भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता छ । हामीले खासगरी नाफा मुलक भन्दा पनि कृषि क्षेत्रको विकासको लागि यो मेला आयोजना गरेका हौं । मेलाबाट यस क्षेत्रको कृषिजन्य उत्पादनको प्रवद्र्धन र बजारीकरणमा यसले टेवा पु¥याउनेछ । 

नाफा भन्दा पनि कृषि क्षेत्रको विकास
दिनेश प्रसाद श्रेष्ठ
कोषाध्यक्ष तथा संयोजक, आर्थिक व्यवस्थापन उप–समिति
विगत लामो समय देखि नै उद्योग बाणिज्य संघले मात्र विशिष्टिकृत मेला आयोजना गर्दै आएको छ । यस बर्ष पनि हामीले यसलाई निरन्तरता दिएका हौ । १ सय २५ वटा स्टल हाम्रो रहने कुरा छ । खासगरी उद्योग बाणिज्य संघले आफ्नो संस्थाको आर्थिक उपार्जन भन्दा पनि कृषि क्षेत्रको विकासमा हामीले मेला आयोजना गर्र्दै आएका हौं । सरकारको ‘एक गाउँ एक उत्पादन’ कार्यक्रम अन्र्तगतका स्टलहरूको पनि सहभागीता हुनेछ । हामीले कतीपय स्टलहरू निःशुल्क पनि व्यवस्थापन गरेका छौं भने केही व्यवसायीक स्टलहरूको न्युनतम रकम लिएका छौ । बुटवल उद्योग बाणिज्य संघले यो मेलामा करिव २० लाख रूपैयाँ जती लगानी हुने अनुमान गरेको छ । खासगरी नाफा आर्जन भन्दा पनि कृषि क्षेत्रको विकासमा टेवा पु¥याउनको लागि मेला आयोजना गरिएको हो । 

कृषिको विकासमा पनि योगदान
अनुपमान सैजुु
संयोजक, सहभागी उत्प्रेरक एवं स्टल व्यवस्थापन उपसमिति
कृषि मेला अन्य औद्योगीक व्यापार मेला जस्तो मेला होईन, यो विशिष्टिकृत मेला हो । जुन आयोजना गर्नु आफैमा चुनौति पनि छ । तर हामी चुनौतिको बाबजुत कृषिक्षेत्रको विकासमा पनि केही योगदान दिनुपर्छ भनेर लागेका छौ । मेलामा अहिले सम्म सहभागी स्टलहरूको संख्या उत्साहजनक छ । एक गाउँ एक उत्पादनको कुराहरू समेत मेलामा प्रर्दशनमा राखिनुको साथै विक्रि वितरणको समेत व्यवस्थापन गरेका छौ । यसको अलवा हामीले कृषि गाउँको रूपमा पनि मेलामा स्टलहरू सहभागी हुँदैछ । कृषकहरूलाई माटो परिक्षण देखि लिएर जेटीए तथा कृषि विज्ञको टोलीबाट तालिम समेत प्रदान गर्ने कार्यक्रम रहेको छ । े

स्थायी संरचना भए राम्रो
मोहनलाल जोसी
संयोजक, स्टल निर्माण व्यवस्थापन उपसमिति
पहिलो चरणमा १ सय २५ वटा स्टलको हामी तयारी गरेका छौं । जुन बढ्न पनि सक्छ । अहिले सम्म स्टलमा धेरै जसो कामहरू पुरा भएका छन् । खासगरी स्टल निर्माणको काम सबै पुरा भएको छ । स्टलमा टेन्ट लगाउने काम भैरहेको छ । मेला आयोजना हुन भन्दा १÷२ दिन अगाडी मात्र सबै टेन्ट र स्टलको काम पुरा हुने भएकाले तयारीमा जुटेका छौ । स्थायी प्रकृतीको संरचना नभएको कारण अस्थायी संरचना निर्माण गर्दा केही लागत बढ्दो छ । 

किसान र उपभोक्ताका
 बीचमा अन्तक्र्रिया
बसन्त ढकाल
संयोजक, कृषक समुह परिचालन तथा प्रतियोगिता व्यवस्थापन समिति
कृषि मेलाको तयारी तिब्र रूपमा अगाडी बढेको छ । खासगरी जिल्ला कृषि विकास काार्यालय रूपन्देही र यसको मातहतमा रहेका विभिन्न कृषक समुहहरू सँग भेटघाट गर्ने छलफल तथा अन्तरक्रिया गर्ने कामहरु सम्पन्न भएका छन् । यसको साथै हामी रूपन्देहीको देवदह नगरपालिका क्षेत्रका किसान, त्यस्तै सेमलार, मोतिपुर र मानपकडी लगायतका स्थानका कृषकहरूलाई भेटेर प्रतियोगीतामा सहभागीताको लागि आग्रह गरेका छौ । यस क्षेत्रमा नै पहिलो पटक माटो परिक्षणको लागि आउने ‘मोवाईल माटो परिक्षण मेसिन’ मेलामा राख्नेछौ । जसमा माटो परिक्षणको लागि किसानहरूलाई सहभागीताको लागि आग्रह समेत गरेका छौ । यसको अलवा विभिन्न प्रतियोगीताहरू खासगरी आमा समुह, विद्यालय र कृषक समुहहरूको विचमा नितान्त कृषि दोहोरी गीत प्रतियोगीता आयोजना गर्नेछौं । उत्पादन गर्ने किसान र उपभोक्ताका विचमा विभिन्न अन्तरक्रिया कार्यक्रम समेत आयोजना गर्ने योजना रहेको छ । 

मेलाको तयारी उत्साहजनक छ
कमल प्रसाद पौडेल
सचिव तथा सौजन्य तथा समारोह व्यवस्थापन उप समिति
मेलाको तयार तीब्र नै छ । खासगरी मेरो मातहतका टिकट व्यवस्थापन उपसमिति, आन्तरिक सञ्चार तथा प्राथमिक उपचार र पार्किङ्ग समिति, खानेपानी तथा सरसफाई व्यवस्थापन समिति हो । जसको काम अगाडी बढेको छ । हामी पानी शुद्ध बोरिङ्गको पानी खुवाउने योजनामा छौ भने प्राथमिक उपचारको लागि बुटवल हस्पिटल प्रालिसँग कुरा भएको छ । यसको अलवा टिकटको लागि हामी आम सर्वसाधारणलाई २० र विद्यार्थीहरूलाई १० रूपैयाँ व्यवस्थापन गरिएको छ । किसान, उद्योग बाणिज्य संघमा आवद्व सदस्यहरूलाई निःशुल्क प्रवेशको व्यवस्थापन गरिएको छ । 

मनोरन्जन अन्य मेला भन्दा कम हुन्न 
टंक गैरे
संयोजक, सांस्कृतिक कार्यक्रम उपसमिति
यस पटक मेलामा हामीले सांस्कृतिक कार्यक्रममा फरक गर्ने योजनामा छ । हामीले यस क्षेत्रमा पहिलो पटक विद्यालयका विद्यार्थीहरूको सहभागीतामा कृषि दोहोरीगीत प्रतियोगीता आयोजना गर्दै छौ । यसको अलवा खुल्ला नृत्य प्रतियोगीता आयोजना गर्दै छौ भने स्थानीय कलाकारहरूलाई पहिलो प्राथमिकता दिएर विविधि सांस्कृतिक कार्यक्रम गर्ने छौ । चर्चित एक जना पुरुष र एक जना महिला कलाकारको प्रत्येक दिन फरक फरक विशेष सांस्कृतीक प्रस्तुती हुनेछ । मनोरञ्जनको लागि कुनै पनि सामग्रीको कमी हुने छैन । 
प्रांगारिक उत्पादनमा केन्द्रीत छांै 

सुनिलकृष्ण श्रेष्ठ
संयोजक, तालिम तथा गोष्ठी उपसमिति
यो कृषि मेलाले विशेष सन्देश दिनुपर्दछ भन्ने मेरो धारणा हो । यसको लागि हामीले मेलामा के कस्तो कृषि तालिम कृषकलाई प्रदान गर्न सक्छौ भन्ने विषयमा अवधारणा बनाई रहेका छौ । खासगरी डेरी जन्य उत्पादनहरूको तालिम दिने । प्रांङ्गागरिक उत्पादन के कसरी गर्न सकिन्छ भन्ने विषयमा हामीले बढि प्राथमिकता दिनेछौ । कृषकहरूलाई कसरी उत्पादन गर्दा कृषिजन्य बस्तु प्रांगारिक बनाउन सकिन्छ भन्ने विषयमा बढि केन्द्रीत छौ । यस्तै मेलामा आएका किसानले आफुले केही न केही सिकेर मात्र घर जाओस् भन्ने मान्यता हामीले लिएका छौ । यस्तै कृषिजन्य उत्पादनको विषयमा तालिम संगै विभिन्न राम्रा, उदाहरणीय र सफलताका कथाहरूको विषयमा गोष्ठि आयोजना गरेर किसानहरूलाई जानकारी दिने योजनामा छौ । 

मेला बुटवलबासीको गौरव
मुक्ति प्रसाद अधिकारी
संयोजक, खानेपानी तथा सरसफाई व्यवस्थापन उपसमिति
बुटवल उद्योग बाणिज्य संघ बुटवलले आयोजना गर्ने कृषि मेला बुटवलको गौरव हो भने बुटवल उवासंघको एउटा इतिहास हो । कृषिलाई प्रोत्साहान गर्न बुटवल उद्योग बाणिज्य संघले आयोजना गरेको यो मेला आफैमा महत्वपूर्ण हो यसलाई सबैले सहयोग पु¥याएर सहयोग गर्नुपर्दछ । मेरो जिम्मेबारीमा खानेपानी र सरफाई परेको छ  । म बुटवल खानेपानी संस्थान र औद्यौगीक क्षेत्र व्यवस्थापन लिमिटेड सँग पनि सहयोग याचना गरेका छौ । कृषि मेला हामी सबैको गौरव भएकाले यसलाई सफल बनाउनको लागि सबैको साथ र सहयोगको अपेक्षा समेत गरेको छु । 

प्रसार प्रसारको काम तीब्र 
विमलराज भट्राई
संयोजक, प्रचारप्रसार व्यवस्थापन उपसमिति
बुटवल उद्योग बाणिज्य संघले जुन मेला आयोजना गरेको छ त्यो महत्वपूूर्ण मेला हो । विगतका बर्षहरूमा दशै सस्तो बजार, औद्योगीक प्रदर्शनी, कृषि मेला आयोजना गरेको यसको ईतिहास छ । यस पटकको कृषि मेलाको तयारी अहिले तिब्र गतीमा रहेको छ । विभिन्न सञ्चार माध्यमहरूबाट प्रचार प्रसारका कामहरू अगाडी बढाएका छौ । यसको अलवा बुटवल उद्योग बाणिज्य संघको सामाजिक सञ्जालहरू फेसबुकबाट समेत यसको प्रचार प्रसार अगाडी बढेको छ । हामी नाफा कमाउनको लागि भन्दा पनि किसानहरूको क्षमता अभिवृद्धि र आर्थिक उपार्जनको लागि टेवा पु¥याउने हाम्रो लक्ष्य हो । 

परिचय पत्र व्यवस्थापनको काम जारी
मनोज ध्वजु
संयोजक, परिचपत्र व्यवस्थापन उपसमिति
मेला पहिलाको जस्तै हो । खासगरी पहिलाको परिचय पत्र व्यवस्थापनको लागि काम अगाडी बढेको छ । पहिला जस्तै परिचय व्यवस्थापनको काम अगाडि बढेको हो । मेला आयोजक कमिटि, उपसमितिहरू सबै मेलामा सहभागी स्टलहरूको पनि परिचय पत्र व्यवस्थापन गरेका छौ । पत्रकार परिचयपत्रको आधारमा भित्र प्रवेशको व्यवस्था मिलाइएको छ भने बुटवल उवासंघका पदाधिकारीहरूलाई सदस्यता कार्डको आधारमा हामीले प्रवेशको व्यवस्था मिलाएका छौ । 

भिडियो डकुमेन्ट्रीहरू पनि देखाउँछौं 
कमला पोखरेल
संयोजक, कृषि सूचना केन्द्र व्यवस्थापन उप समिति
मेलामा छुट्टै कृषि सुचना केन्द्रको स्टल व्यवस्थापन गरेका छौ । त्यहाँ विभिन्न खालका कृषि सम्बन्धी ब्रोसर, पुस्तक, बुकलेटहरू राखिन्छ । भिडियो डकुमेन्ट्रीहरू देखाउने कार्यक्रम तय गरिएको छ । कृषि र कृषकका सफलताका कथा, कृषि जन्य उत्पादन सम्बन्धी विभिन्न भिडियो डकुमेन्ट्री देखाउने छौं यसको तयारी अहिले भैरहेको छ । 

सबै काम पुरा भएको छ
जाकिर हुसेन
विद्युत व्यवस्थापन तथा साउण्ड सिस्टम व्यवस्थापन समिति
मेलाको लागि चाहिने आवश्यक विद्युतको व्यवस्था पहिला नै भएको छ । यस्को साथै हामीले कार्यक्रमको लागि साउन्ड सिस्टमको व्यवस्थापन गरेका छौ । साउण्ड सिस्टमको लागि राजेन्द्र साउण्ड सिस्टमलाई जिम्मा दिएका छौ । विद्युतको काम सुरु भैसक्यो केही दिनमा साउण्ड सिस्टम जोड्ने योजनामा छौ । विद्युत र साउण्ड सिस्टमको लागि डिजल लगायत करिव डेढ देखि २ लाख रूपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । 

मेलामा सुरक्षा व्यवस्था चुस्त हुन्छ
बाबुराम वि.क
संयोजक, सुरक्षा व्यवस्थापन उप–समिति
मेलामा सुरक्षाको लागि कुनै पनि कमी हुन दिने छैनौ । हामी आन्तरिक रूपमा सेकुरेटी गाडीहरूको पनि व्यवस्थापन गरेका छौ भने दिन र रातमा पनि सुरक्षा गार्डको व्यवस्थापन गरेका छौ । सुरक्षाको लागि मेला स्थलमा सिसीटीभी क्यामेरा जडान गर्ने छौ । यसको अलवा हामीले ईलाका प्रहरी कार्यलय, वडा प्रहरी कार्यलय, पश्चिम क्षेत्रीय तालिम केन्द्रबाट र आर्मिबाट पनि सुरक्षाको लागि हामीले सहयोग मागेका छौ । उहाँहरू सबै सल्लाहकार समितिमा पनि हुनुहुन्छ । मेलामा सुरक्षा व्यवस्था चुस्त हुन्छ । 

संघ संस्थाको सहयोग राम्रो छ 
नविन श्रेष्ठ
संयोजक, सौजन्य व्यवस्थापन उपसमिति
मेलाको लागि विभिन्न व्यानर तथा गेट लगायतको प्रायोजक, सह प्रायोजकहरू खोज्ने काम पुरा भएको छ । करिब ६० वटा विभिन्न विधामा प्रायोजक, सौजन्य विधा रहेकोमा ३० वटा जती फाईनल भएको छ । विभिन्न संघ संस्था, बैंक तथा वित्त संस्थाबाट समेत सहयोग राम्र्रो पाएका छांै । अहिले सम्मको प्रगती विवरण राम्रो छ । 

गत बर्षकै दरमा टिकट व्यवस्थापन भएको छ
नरिश्वर पौडेल
संयोजक, टिकट व्यवस्थापन उपसमिति
मेलाको लागि गत बर्षकै दरमा टिकट व्यवस्थापन भएको छ । गत बर्ष जस्तै यस बर्षपनि सर्वसाधारणहरूको लागि २० रूपैयाँ र विद्यार्थीको लागि परिचय पत्रको आधारमा १० रूपैयाँ टिकटको व्यवस्था गरेका छांै । करिव ५० हजारले मेला अवलोकन गर्नुहुनेछ भन्ने हाम्रो अपेक्षा हो । सोही अनुसार नै टिकट व्यवस्थापनको काम अगाडी बढेको छ । टिकट छाप्ने काम अन्तिम चरणमा पुगेको छ । 

उच्च क्वालिटीको सामग्री 
दिनेश श्रेष्ठ
संयोजक, श्रव्य दृष्य प्रसारण तथा फोटो व्यवस्थापन उपसमिति
तयारी भव्य रूपमा अगाडी बढेको छ । यसको लागि कोटेसन आह्वान गरिएको थियो । जसमा अहिले सम्म ३ वटा जती कोटेशन परेको छ । कोटेशनको फाईनल हुने क्रममा छ । यो पटकको मेला उच्च गुणस्तरमा श्रव्य दृश्यको सामग्री प्रकाशन र प्रशारणमा जोड दिएका छौ । अहिले सम्मको तयारी राम्रो छ । यो मेला हाम्रो मेला हो त्यै भएर हाम्रो बुटवल राम्रो बुटवलको रूपमा अगाडी बढाएका छौ । 

बैकल्पीक ऊर्जामय बनाउँछौ 
कसिस श्रेष्ठ
संयोजक, बैकल्पीक उर्जा व्यवस्थापन उपसमिति
मेलालाई बैकल्पीक उर्जामय बनाउनको लागि हामी लागिपरेका छांै । जसको लागि जिल्ला विकास समितिमा यसको बैठक समेत आयोजना हुँदैछ । हामीले यस पटक बैकल्पीक उर्जामा सोलार ईनर्जीको कुरा अगाडी बढाएका छांै । जसको स्टल आउने कुरा फिक्स भएको छ । अन्य बैकल्पीक उर्जाको लागि पनि काठमाडौमा पहल भएको छ । हामीले दाङ्गमा उत्पादन भएको सल्लाको खोटोबाट पेट्रोल उत्पादन गर्ने प्रविधि प्रदर्शनमा राख्ने योजनामा छौ । यस्तै हामीले प्लाष्टिकबाट डिजल उत्पादन गर्ने प्रविधि समेत यहाँ प्रदर्शनमा राख्ने कोसीस गरेका छौ । जनचेतानको लागि सस्तो व्याजदरमा बैकको समेत व्यवस्थापन हुनेछ । 

स्वागतद्वार कृषि विशेष हुनेछ 
भेषराज गैरे
संयोजक, मञ्च व्यवस्थापन तथा स्वागतद्वारा उपसमिति
मेलाको तयारी भव्य रूपमा अगाडी बढिरहेको छ । मञ्च तथा स्वागद्वारा विशेष बनाउने योजनामा छौ । माघ १९ गते सम्ममा सबै काम पुरा गर्ने योजमा छौं । हामी मञ्चलाई कृषिको झल्को दिने खालको बनाउने योजनामा छौ । यसको साथै प्याराग्लाडिङ्गको पनि व्यवस्थापन गर्ने योजनामा छौं हेरौ के हुन्छ । 

ब्याच निर्माणको काम सम्पन्न 
मिना प्रधान
संयोजक, व्याच प्रमाणपत्र, उपहार व्यवस्थापन समिति
अहिलेसम्म मेरो संयोजकत्वमा रहेको समितिको तयारी पुरा भएको छ । व्याच बनाउने काम सबै सक्कीएको छ भने प्रमाणपत्र के कती मात्रामा गर्ने भन्ने अझै निस्र्कौल नभएकोले त्यसको काम केही बाँकी छ । तर अन्य काम पुरा भएको छ । 

मेला उद्घाटन कृषिमय
लोकनाथ पाण्डे
संयोजक, सचिवालय व्य., समुद्घाटन तथा सामान व्यवस्थापन समिति 
मेलाको तयारी भव्य छ । यसको साथै मेलाको सचिवालय स्थापना गरी मेला परिसर बुटवल मण्डपबाट नै काम कारबाही अगाडी बढेको छ

। त्यहाँबाट नै अहिले सबै काम पुरा भएको छ । यसको साथै मेला उद्घाटन र समापन कार्यक्रममा हामीले विशेष कृषिमय बनाउने योजनामा रहेका छौं ।

पार्किङ्गको समस्या हुनेछैन
रितेश सिलवाल
संयोजक, आन्तरिक सञ्चार तथा प्राथमिक उपचार र पार्किङ्ग 
पार्किङ्गको लागि अहिले सम्म खासै ठोस काम भएको छैन । अहिले काठमाडौमा भएको कारण मैले ठोस काम अगाडी बढाउन सकेको छैन । बुटवलमा आएपछि सानो टेण्डर आह्वान गरेर पार्किङ्गको काम अगाडी बढाउने योजना छौं । प्राथमिक उपचारको लागि बुटवल हस्पिटल प्रालिसँग कुरा भएको छ । त्यहिँबाट नै काम हुने छ ।

Popular posts from this blog

यस बर्ष सय प्रकारका ब्रान्डीङ्ग उत्पादन बजारमा ल्याउदै छौं

कालिका उच्च माविको ५४ औं बार्षिक उत्सव, नेपालमै नमुना विद्यालय बन्न सुझाव

विषादी परीक्षण केन्द्र सञ्चालनमा ढिलाइ