पशु चिकित्सको आन्दोलन ले लाखौ किसान मर्कामा


कृष्ण खनाल
बुटवल, १९ चैत ।
रुपन्देहीको मोतिपुरका कुखुरापालक किसान राम बहादुर थापाको पोल्ट्री फर्ममा अहिले ९ सय कुखुरा तयारी अवस्थामा रहेका छन् ।  कु
खुरा बजारमा पठाउनको लागि तयार भएपनिउनले कुखुरा बेच्न पाएका छैनन् । उनले पोल्ट्री फर्ममा उत्पादन भएका कुखुरा बाहिर पठाउन पाएका  छैनन् भने बाहिरबाट चल्ला समेत ल्याउन सकेका छैनन् । जसको कारण हो पशु चिकित्सकहरुको आन्दोलन ।
  नेपाल पशु चिकित्सा परीÈद (भेटेरिनरी काउन्सिल) ऐन २०५५ ले पशुचिकित्सा विज्ञानमा कम्तिमा स्नातक उर्तीण व्यक्तिलाई मात्र काउन्सिलमा दर्तागर्ने र त्यसरी दर्ता भएका चिकित्सकबाट गठन भएको कार्य समितिले देशभरका पशु चिकित्सक र शिÔालयको नियमन गर्ने व्यवस्था गरेको छ । जुन व्यवस्था परिर्वतन गरेर भेटेरिनरी जेटी जेटीएलाई पनि काउन्सिलमै राख्न खोजिएको छ ।  पशु चिकित्सहरुले उक्त प्रवधान खारेजी हुनुपर्ने भन्दै सम्पूर्ण कामकाज ठप्प पारेका छन् । जसको कारण खुकुरा पालक किसान मात्र नभई पशुपालक किसान देखि दाना उत्पादक कम्पनी र व्यवसायीहरु समेत प्रत्येक्ष मारमा परेका छन् ।  

कुनैपनि पोल्ट्री फर्मबाट कुखुरा बाहिर पठाउँदा वा फर्ममा बाहिरबाट चल्ला ल्याउँदा अनिवार्य रुपमा किसानले पशु चिकित्सले परिक्षण गरेर प्रमाणीत गर्नुपर्दछ । यसको साथै  बाहिरी देशबाट ल्याउने कुनै पनि पशु पंक्षि ल्याउदा पशु क्वारेन्टाईन गर्नु पर्दछ । जुन काम समेत अहिले चिकित्सकहरुले ठप्प पारेका छन् भने कुनै कुनै चिकित्सकले आंशिक रुपमा काम गरिरहेका छन् ।
पशु चिकित्सको आन्दोलनको कारण  चिकित्सकले सेवा बन्द गरेको गर्दा यस क्षेत्र लगायत देशभरका किसानहरु मर्कामा परेका छन् ।  किसान  राम बहादुर थापा भन्छन्–‘न तयारी भएको कुखुरा बाहिर पठाउन पाइएको छ ,  न बाहिरबाट चल्ला  ल्याउन सकिएको छ, दाना समेत ल्याउनको लागि समस्या भएको छ ।’ उनी थप्छन्–‘आन्दोलनको कारण थपपिडा बढेको छ , चाडै नै निकास निस्कीएमा हामी किसानलाई राहात हुने थियो ।’
दानाउत्पादक संघका केन्द्रीय सदस्य तथा ह्याचरी व्यवसायी भिमलाल पाण्डेले पशु चिकित्सको कारण आफुहरु दोहोरो मारमा परेको बताए । उनले चाडो भन्दा चाडो निकास निकाल्नको लागि सरकार संग माग समेत गरे । बुटवल–८ नेपालगञ्ज रोडमा रहेको शरी सप्लार्यका सञ्चालक दानाव्यवसायी गोपाल पाण्डेका अनुसार किसानहरुले बाहिरबाट चल्ला ल्याउनको लागि समेत पशु भिकित्सकहरुले प्रमाणीत नगरीदिएको काण किसान संगै आफ्नो व्यवसयाय पनि प्रभावित भएको बताए । उनले भने–‘किसानले तयार गरेको कुखुरा बेच्न पाएपो नयाँ चल्ला ल्याउछन्, अनि त्यसको लागि दाना समेत सप्लायई हुन्छ  तर त्यसको नहुदा मासु व्यवसायी, दाना  उत्पादन गर्ने उद्योगी समेत मर्कामा परेका छन् । ’
यता,
जिल्ला पशु सेवा कार्यालय पाल्पा कार्यरत पशु चिकित्सक तथा नेपाल भेटनरी एशोसियनका  जिल्ला सदस्य डा. उत्तम आचार्यले आफुहरुको माग पुरा नभएसम्म आन्दोलनका कार्यक्रम जारी रहने बताए  ।  उनले चैत १७ गते आकत्समि सेवावाहेकका अन्य सेवा ठप्प पार्ने केन्द्रीय निर्णय अनुसार २२ गते सम्म जारी राखेको र अहिले केही दिनको लागि आन्दोलका केही चरण स्थगीत गरिएको बताए । उनले भने–‘यो सरकारले  आन्दोलन र हडताल नगरेसम्म नसुन्दो रहेछ त्यहि भएर हामी आन्दोलनमा छौ ।’
पसु चिकित्सा परीÈद (भेटेरीनरी काउन्सिल) ऐन परिवर्तन गर्न लागेको विरोधमा पशु चिकित्सकहरुले आन्दोलनका कार्यक्रम जारी राखेका हुन । उनीहरुले पशु खोप, स्वास्थ्य प्रमाण–पत्र र क्वारेन्टाइन प्रमाणिकरण गर्ने काम समेत ठप्प पारेका छन् ।
अहिले कृर्षि मन्त्री वैदेशिक भ्रमणमा रहेकोले केही दिन आन्दोलनका कार्यक्रम केहीलचिलो गरिएको र पुर्णरुपमा आन्दोलनका कार्यक्रमहरु नरोकिएको पशु चिकित्सकहरुको  भनाई रहेको छ । आफुभन्दा कम योग्यताका पशु स्वास्थ्य प्राविधिकलाई पशु चिकित्सा परीÈदमा राख्न सरकारले ऐन परिवर्तन गर्न लागेको भन्दै पशु चिकित्सकहरु आन्दोलित भएका हुन् ।  फागुन २७ मा मन्त्री परीÈदले पारित गरेर संसदमा पठाउन तयारी गरेको सो विधयेक तत्काल फिर्ता लिन उनीहरुको माग छ ।

Popular posts from this blog

यस बर्ष सय प्रकारका ब्रान्डीङ्ग उत्पादन बजारमा ल्याउदै छौं

कालिका उच्च माविको ५४ औं बार्षिक उत्सव, नेपालमै नमुना विद्यालय बन्न सुझाव

विषादी परीक्षण केन्द्र सञ्चालनमा ढिलाइ