आजबाट प्रवेशिका : लुम्बिनीबाट ५० हजार बढि विद्यार्थी सहभागी


कृष्ण खनाल
बुटवल, ४ फागुन । 
आजबाट एसएलसी परिक्षा  प्रवेशिका परिक्षा अर्थात एसएली सुरु हुदै छ । लुम्बिनी अञ्चलमा परिक्षाको  सबै तयारी  पुरा भएको विभिन्न जिल्लाका जिल्ला शिक्षा अधिकारीहरुले जानकारी दिएका छन् ।  जिल्ला–जिल्लामा परिक्षा मर्यादित बनाउनको लागि अचार संहिता र अनुगमन टोली समेत गठन गरिएको छ । केन्द्र, जिल्ला र स्थानिय स्तरबाट समेत अनुगमन हुने जनाइएको छ । परिक्षाको लागि जिल्लाका सबै परिक्षा केन्द्रहरुमा  प्रश्न–पत्र र उत्तर पुस्तीका सिट पुगीसकेको समेत जनाइएको छ । यस बर्षको प्रवेशिका परिक्षामा लुम्बिनी अञ्चलबाट ५० हजार बढि विद्यार्थीहरु सहभागी हुदै छन् । 
लुम्बिनी अञ्चलका ६ जिल्लाहरु कपिलवस्तु, रुपन्देही , नवलपरासी , पाल्पा, गुल्मी र अर्घाखाँचीबाट  ५० हजार ४ सय ९२ जना विद्यार्थीले एलएलसी परीक्षा सहभागी हुदै छन् ।  जसमा नियमित तर्फ ४० हजार ७ सय ५० रहेका छन् भने, आंशिक ९ हजार ७ सय ४२ जना रहेको बताइएको छ ।  
परिक्षार्थी मध्ये लुम्बिनी अञ्चलमा  सबैभन्दा बढी रुपन्देहीका  विद्यार्थीहरु सहभागी हुदै छन् ।  जिल्ला शिक्षा कार्यालय रुपन्देहीका जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापाका अनुसार यस बर्ष को प्रवेशिका परिक्षमा १४ हजार ८ सय ९० जना विद्यार्थीहरु सहभागी हुदै छन् । नियमिततर्फ १३ हजार १ सय ७८ र एक्जाम्टेड तर्फ  १ हजार ७ सय १२ जना परिक्षार्थी रहेका छन् ।  रुपन्देहीबाट १ सय ३२ संस्थागत विद्यालय हरु र  १ सय २९ सामुदायिक विद्यालयबाट विद्यार्थी परीक्षामा सहभागी हुदै छन् । जिल्लामा ५२ वटा परीक्षा केन्द्र निर्धारण गरिएको जिल्ला शिक्षा  अधिकारी थापाले जानकारी दिए । 
यस वर्षको एसएलसी परिक्षामा अर्घाखाँचीबाट ४ हजार ९ सय ३७ विद्यार्थी सहभागी हुदै छन् । नियमित तर्फ ३ हजार २सय ३५ एक्जाम्टेड तर्फ १ हजार ७ सय २ जना सहभागी हुदैछन् ।  नियमित तर्फ छात्रा १ हजार ७ सय ६७ एक्जाम्टेड तर्फ छात्रा १ हजार १ सय ४८ विद्यार्थी रहेको जिल्ला शिक्षा अधिकारी धनसिंह धामीले बताए । 
१६ परिक्षा केन्द्र रहेको अर्घाखाँचीमा १६ केन्द्रध्यक्ष,२२ सहायक केन्द्राध्यक्ष १ सय ९८ जना निरिक्षक, ६७ सहयोगी २ सय ४० सुरक्षाकर्मी खटाईएको जिशिअ धामीले जानाकारी दिए । यस पटक १ सय ६७ विद्यार्थी परिक्षा दिनबाट वञ्चित भएका छन् । परिक्षाको मापदण्ड पुरा नभएको भन्दै परिक्षा दिनबाट १ सय ३ जना छात्रा ६४ छात्र विद्यार्थी वञ्चित भएका हुन् । परिक्षाको सबै तयारी पुरा भएको जनाईएको छ ।  यस वर्षको परिक्षामा छात्राहरुको संख्या बढी रहेको छ ।
त्यस्तै कपिलवस्तुबाट ६ हजार ९ सय ५५ विद्यार्थी एसएलसी परीक्षामा सहभागी हु“दै छन् । जिल्ला शिक्षा कार्यालय कपिलवस्तुका अनुसार नियमिततर्फ ५ हजार २ सय १२ र एक्जाम्टेडतर्फ  १ हजार ७ सय ४३ जना विद्यार्थी सहभागी हुने बताएको छ । जिल्लाभरका कूल ६६ सामुदायिक, ३४ संस्थागत  विद्यालय सहभागी रहेका छन् ।  जिल्लामा २६ परीक्षा केन्द्र निर्धारण गरिएको छ । 
नवलपरासीबाट  १२ हजार ३० जना विद्यार्थी एसएलसी परीक्षामा सहभागी हुने जिल्ला शिक्षा कार्यालयले जनाएको छ । जसमा नियमिततर्फ १० हजार ४७ तथा एक्जाम्टेड तर्फ १ हजार ९ सय ८३ विद्यार्थी रहेको बताइएको छ । जिल्लामा ४० परीक्षा केन्द्र निर्धारण गरिएको छ ।  
पाल्पाबाट पाल्पा जिल्ला बाट ५ हजार ७ सय ९० जना परिक्षार्थीहरु सहभागि हने भएका छन । जसमा नियमित तर्फ ४ हजार ६ सय ८ जना र एक्जाम्टेड तर्फ १ हजार १ सय ८२ जना विधार्थी परिक्षामा सहभागी हुदैछन ।  जिल्लामा १०३ वटा सामुदायिक विधालय बाट नियमित तर्फ ४ हजार १ सय ६४ जना, एक्जाम्टेड तर्फ १ हजार १ सय ६६ जना गरी ५ हजार ३ सय ३० जना, र १३ वटा निजी तथा संस्थापक विधालय बाट नियमित तर्फ ४ सय ४४ जना र एक्जाम्टेड तर्फ १६ जना गरी ४ सय ६० जना विधार्थीहरुले एस एल सी परिक्षा दिदै छन ।
 यस बर्षको एस एल सी परिक्षामा पाल्पामा २३ वटा परिक्षा केन्द्रहरु निर्धारण गरिएको छ । निर्धारित २३ वटा केन्द्रमध्ये सवैभन्दा बढी दमकडा उच्च मावि मदनपोखरा बाट ४ सय १९ जना परिक्षार्थी र सवै भन्दा कम किसान उच्च मावि झडेवा १ सय ५७ जना विधार्थी परिक्षामा सहभागी हुदैछन । यस बर्ष देखी जिल्लाको मोहनकन्या उच्च मावि बाट कम्प्युटर र लक्ष्मी उच्च मावि बाट कृषि गरी २ वटा विधालय ६२ जना विधार्थीले प्राविधिक विषयमा र खुला विधालय बाट ५७ जना एस एल सी परिक्षा दिदै छन । यसै गरी दमकडा उच्च मावि बाट ३ जना छात्रा र १ जना छात्र ४ जना दृष्टिविहिन परिक्षामा सहभागि हुदैछन । 
गुल्मीबाट कुल ५ हजार ७ सय ४७ जना सहभागि हुने भएका छन् ।  त्यस मध्ये नियमिति तर्फ ४ हजार  ३ सय २५ जना र एक्जामटेड तर्फ १४ सय २२ जना सहभागि हुने छन् । ढकालले दिएको विवरण अनुसार यसपाली गुल्मीबाट परिक्षा दिनेमा छात्र भन्दा छात्राहरु बढि रहेका छन् । २ हजार २ सय १८ छात्र  एसएलसी परिक्षामा सहभागि हुने भएका छन भने छात्राहरुको सख्या २ हजार २ सय १८ अर्थात १ सय भन्दा बढी रहेका छन् ।      जिल्लाका कुल १ सय ३४ मावि र उच्च मावि सहभागी मध्ये १५ वटा मात्र संस्थागत विधालय हुनेछन् ।   जिल्लाभर कुल ३० वटा परिक्षा केन्द्र रहने सहायक जिल्ला शिक्षा अधिकारी ढकालले बताए । 
३० जना केन्द्रअध्यक्ष नियुक्त गरिसकिएको र ३१ जना सहायक केन्द्र अध्यक्ष २ सय ३५ जना निरीक्षकहरु र ७७ जना सहायक कर्मचारी मनोयनको प्रक्रियामा रहेको उनले बताए । त्यस्तै जिल्ला शिक्षा कार्यालयवाट ७ जना पदाधिकारी परिक्षा मर्यादित बनाउन खटाईसकिएको र परिक्षा शुरु भएपछि त्यस कार्यालयवाट १७ जना अधिकृतहरु र २१ वटा स्रोत केन्द्रका १६ जना स्रोत व्यक्ती पेशागत संगठनका ५५ जना अनुगमनमा खटिने छन् ।  
 त्यस्तै गुल्मीमा  सबैभन्दा बढी विधार्थी परिक्षामा सहभागी हुने केन्द्र श्रृङ्गगा जनता उच्च मावि केन्द्र बनेको छ । सबैभन्दा कम सहभागी चक्रेश्वर उच्च माध्यमिक विधालय शान्तिपुर केन्द्र हुनेछ । श्रृङ्गगाको केन्द्रमा ३ सय ५२ जना र शान्तिपुर केन्द्रमा १ सय १ जना सहभागी हुने भएका हुन् । विधालयमा नियमित हाजिर नहुने लगायतका मापदण्ड विपरित भएका १ सय २७ जना विधार्थीहरुले यसपाली एसएलसी परिक्षा दिन नपाउने भएका छन् । यसपालिका वालिका वलत्कारको अभियोगमा जिल्ला कारागारको थुनामा रहेका एक जना युवाले यसएलसी परिक्षा दिने भएका छन् ।  दुबै हात नभएका र दृष्टिविहिनहरुलाई एक एक जना सहयोगी दिने व्यवस्था मिलाईएको छ । 
यस वर्षको एसएलसी परीक्षा चैत ५ गतेदेखि १३ गतेसम्म हुने छ ।  यस वर्ष  देशभकार ५ लाख ७१ हजार ३ सय ९३ विद्यार्थीले एसएलसी दिदैछन, जसमा नियमिततर्फ ४ लाख २६ हजार २ सय १० र एक्जाम्टेडतर्फ १ लाख ४५ हजार १ सय ८३ जना रहेको परीक्षा नियन्त्रण कार्यालय काठमाडौंले जानकारी दिएको छ । 
आज पहिलो दिन अनिवार्य अंग्रेजी, चैत ६ मा अनिवार्य नेपाली, ८ गते अनिवार्य गणित, ९ गते अनिवार्य विज्ञान, १० गते अनिवार्य सामाजिक र ११ गते स्वास्थ्य जनसंख्या तथा वातावरण विÈयको परीÔा हुनेछ ।
ण्ण्ण्ण्ण्ण्ण्ण्ण् 

रुपन्देहीबाट पहिलो पटक टिएसएली
बुटवल, ४ चैत । सरकारले पहिलो पटक व्यवस्था गरेको टीएसएसलीमा यस बर्ष रुपन्देहीका ३ वटा विद्यालयहरुले सहभागीता जनाएका छन् । देशभरबाट ९९ वटा विद्यालयका विद्यार्थीहरु सहभागीता रहेकोमा रुपन्देहीबाट कालिका उच्च मावि बुटवल, नवरत्न उच्च मावि सेमलार  र नविन औद्योगीक  उच्च मावि बुटवलबाट विद्यार्थीह १  सय २० जना विद्यार्थीहरु सहभागी हुदै छन् । ग्रेडिङ्ग प्रणाली अनुसार परिक्षाको प्राप्ताङ्ग दिईने रुपन्देही जिल्लाका जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापाले जानकारी दिए । 
कुन जिल्लाबाट कति ?
जिल्ला नियमित एग्जाम्टेड जम्मा 
रुपन्देही       १३,०१७८    १,७१२   १४,८९०  
कपिलवस्तु ५,२१२ १,७४३ ६,९५५
नवलपरासी १०,०४७ १,९८३ १२०३० 
पाल्पा        ४,६०८  १,१८२   ५,७९० 
गुल्मी        ४,३२६  १,४ २०   ५,७४७
अर्घाखाँची  ३,०३५   १,७० २      ४,९३७


Popular posts from this blog

यस बर्ष सय प्रकारका ब्रान्डीङ्ग उत्पादन बजारमा ल्याउदै छौं

कालिका उच्च माविको ५४ औं बार्षिक उत्सव, नेपालमै नमुना विद्यालय बन्न सुझाव

विषादी परीक्षण केन्द्र सञ्चालनमा ढिलाइ