प्लाटिङ्गको करण घट्यो जिल्लाको उर्वर भुमि, धान उत्पादन ११ प्रतिशत घट्ने संकेत

कृष्ण खनाल
बुटवल, १८ कार्तिक । 
जिल्ला कृÈि विकास  कार्यालयका रुपन्देहीका अनुसार जिल्लाको कुल खेती योग्य जमिन मध्ये ७० हजार ५ सय हेक्टर Ôेत्रफलमा  मात्र खेती हुने गरेको छ  भने ८४ हजार हेक्टर खेतीयोग्य जमिन रहेको छ । 
खेती योग्य विस्तारै अवास क्षेत्रमा परिणत हुदै जाँदा कृषी क्षेत्र सम्बन्धी व्याक्तिहरुले चासो देखाएका छन् ।  जिल्ला स्तरिय कृषक संमन्वय समिति रुपन्देहीका कोषाध्यक्ष जगन्नाथ कुर्मीका अनुसार जिल्लाको मर्चवार बाहेक अहिले सबै क्षेत्रमा उर्वर भुमिहरु धमाधम प्लटिङ्ग भईरहेका छन् । 
केही समय पहिला मन्त्रीपरिष्दीय निर्णयबाट नेपाल भरका जग्गा प्लटिङ्गमा रोक लगाएको छ । तर समयमै मन्त्रीपरिषद्को निर्णय नआएको कारण रुपन्देहीमा उर्वरभुमिहरु धमाधम प्लटिङ्ग भईरहेका छन् । जसको असर  खाद्यान्नमा  उर्वर र धान खेतीको लागि  प्रमुख जिल्लाको रुपमा रहेका रुपन्देहीमा यसको प्रत्यक्ष असर परेको छ । 
जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका बाली विकास अधिकृत जय बहादुर महत्राका अनुसार प्लटिङ्ग र केही स्थान बाँजो भएको कारण यस बर्ष धान उत्पादन घट्ने भएको छ । 
उनका अनुसार आर्थिक बर्ष ०७०÷०७१ मा रुपन्देही जिल्लमा ७० हजार ५ सय हेक्टर क्षेत्रफलमा  धान खेती भएकोमा ३ लाख ५२ हजार ५ सय मेट्रिक टन धान उत्पादन भएको थियो । जसबाट प्रति हेक्टर ५ मेट्रिक टन उत्पादन भएको थियो । भने  आर्थिक बर्ष ०७१÷०७२ मा धान खेती भएको क्षेत्रफल ६९ हजार ६  सय हेक्टर क्षेत्रफलमा धान खेती भएको थियो । त्यसबाट ३ लाख ३२ हजार २ सय मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको छ । जसबाट ४.५०  मेट्रिक टन प्रतिहेक्टर धान उत्पादन हुने अनुमान गरिएको छ । 
यो तथ्यांकबाट अघिल्लो आर्थिक बर्षको तुलनामा ११.१४९ प्रतिशत धान कम उत्पादन हुने भएको छ । भने अघिल्लो बर्षको तुलनामा १.२७७ प्रतिशत क्षेत्रफल घटेको छ । 
जिल्ला कृर्षि विकास कार्यालय रुपन्देहीका प्रमुख बरिष्ठ कृर्षी अधिकृत कृष्ण भद्र अधिकारीका अनुसार मौसममा आएको परिवर्तनको कारण रुपन्देहीका केही  स्थानमा खेत बाँजो भएको कारण र खेती योग्य जमिन धमाधा प्लाटिङ्ग गरिएको कारण यस बर्ष धान उत्पादनमा कमी आउन सक्ने अनुमान गरिएको जानकारी दिए  । उनले भने–‘खेती योग्य जमिनमा धमाधम घरहरु निर्माण भएका छन्, जसले गर्दा पनि खेती कम हुने भएकोले धान उत्पादन घट्ने अनुमान गरिएको छ ।’
जिल्ला कृर्षि विकास कार्यालय रुपन्देहीका बालि विकास अधिकृत जय बहादुर महत्राले विष्णु पुरा र गजेडी लगायतका केही स्थानमा यस बर्ष समयमै धान खेती हुन नसक्दा बाँजो भएको कारणले पनि यस बर्ष धान खेती घट्ने अनुमान गरिएको बुटवल टुडेलाई  जानकारी दिए । जिल्ला कृर्षि विकास कार्यालय रुपन्देहीका यस बर्ष बर्षे धानको उत्पादन दरमा कम नआए पनि क्षेत्रफलमा कमी आएको कारण उत्पादन  कम भएको हो । 

रुपन्देही जिल्लाका कृÈि तथा वालि विज्ञान अनुसन्धान केन्द्रबाट  सिफारिस गरिएका राधा ४ सा“वा मनसुनी साबित्री राधा १७ सर्जु ५२ सर्जु ३९लगाएतका धान जिल्लाको हावापानी तथा माटो सुहाउदो हुन्छ । यसका साथै अन्य हाईब्रेड जातका धानको उत्पादन पनि राम्रो हुने भएकाले कृÈकहरुको रोजाइमा पर्ने गरेको कार्यालयले जनाएको छ । हाइब्रेड जातमा गोरखनाथ र मयुर तथा भारतसंग सिमाना जोडीएका गाविसहरुमा भारतीय विभिन्न हाइब्रेड जातका धानका विउ समेत रोप्ने गरेको पाइएको छ । 

कृÈि विकास कार्यालय रुपन्देहीको तथ्याङ अनुसार कुल  खेति योग्य जमिनको  ७२ हजार ५ सय हेक्टर क्षेत्रफलमा धान खेती  हुने गरेको छ । 

रुपन्देही जिल्लामा कुल कृÈि Ôेत्रको  ४७ हजार  हेक्टर Ôेत्रफलमा सिंचाहीको व्यवस्था राम्रो छ भने भने बाकीँमा आकाशे पानीको भरमा खेती गर्नु पर्छ । रुपन्देही जिल्लामा कुल  सिंचाही योग्य जमिन ६२ हजार ५९ हेक्टर रहेकोमा भुमिगत सिंचाईं प्रणाली अन्र्तगत १० हजार ६ सय २० हेक्टर क्षेत्रफलमा सिंचाईं   हुदैँ आएको छ । जसमा भैलुभुज(भैरहवा–लुम्बिनी भुमिगत जलस्रोत) को कार्याक्षेत्र समेटिएको छैन ।  

Popular posts from this blog

यस बर्ष सय प्रकारका ब्रान्डीङ्ग उत्पादन बजारमा ल्याउदै छौं

कालिका उच्च माविको ५४ औं बार्षिक उत्सव, नेपालमै नमुना विद्यालय बन्न सुझाव

विषादी परीक्षण केन्द्र सञ्चालनमा ढिलाइ